Sunday 24 Magh, 2072 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

विदेशमा पढेका इन्जिनयर नेपालमा अमान्य

  • सोमबार ३ भाद्र, २०७०
  • रुबी रौनियार
  • DISQUS_COMMENTS
(0 votes)
विदेशमा पढेका इन्जिनयर नेपालमा अमान्य
काठमाडौं– के तपाई इन्जिनियरिङ्ग अध्ययन गर्न विदेशी विश्वविद्यालय जाँदै हुनुहुन्छ? यदि जाँदै हुनुहुन्छ भने एक पटक नेपाल इन्जिनियरीङ्ग परिषदसँग अनिवार्य सम्पर्क गर्नुस्। परिषदले मान्यताप्राप्त अन्तरार्ष्ट्रिय विश्वविद्यालयबाट पढेकालाई मात्र काम गर्ने लाइसेन्स दिने निर्णय गरेको छ। लाखौं लाख खर्च गरी विदेशी विश्वविद्यालयबाट उपाधि प्राप्त गरे पनि परिषदले लाइसेन्स दिएन भने नेपालमा इन्जिनियरिङ काम गर्न पाइने छैन।
nepalipatro-nagarik
'इन्जिनियरिङ क्षेत्रमा गुणस्तरमा सुधार ल्याउन परिषदबाट मान्यता नपाएका विदेशी विश्वविद्यालयको उपाधिलाई हामीले नेपालको निम्ति मान्यता निर्णय गरेका छौं', परिषदका अध्यक्ष शालिग्राम सिंहले नागरिकन्युजसँग भने, 'त्यस्ता इन्जिनियरको नाम हाम्रो परिषदमा दर्ता गर्ने छैनौं र लाइसेन्स पनि दिने छैनौं।'

सम्बन्धित विश्वविद्यालयको पाठ्यक्रम, पाठ्यभार, संकाय, प्रयोगशाला लगायतका आधारमा मन्यता दिएको उनले जानकारी दिए। परिषदले विद्यार्थी तथा तिनका अभिभावकलाई सूचित गर्न मान्यताप्राप्त अन्तरार्ष्ट्रिय विश्वविद्यालयहरुको नामावली समेत सार्वजनिक गरेको छ। सिंहका अनुसार ३८ देशका ५ सय १० विश्वविद्यालयले परिषदको मान्यता पाएका छन्। सबभन्दा बढी भारतीय विश्वविद्यालय छन्।

भारत, चीन र बंगलादेशमा गएका विद्यार्थीले पूर्वाधार नपुगेका इन्जिनयरिङ कलेजमा पढेर फर्किने गरेको फेला परेपछि परिषदले यस्तो निर्णय गरेको हो। 'यसले इन्जिनियरहरुको दक्षतामै प्रश्नचिन्ह हाम्रो सामु खडा भयो', अध्यक्ष सिंहले भने, 'त्यही भएर परिषदले अभिभावक तथा विद्यार्थीलाई मार्का नपरोस् भनेरै विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जानुपूर्व नेपाल इन्जिनियरिङ्ग परिषदको अनुमति अनिवार्य गरेको हो।'

परिषद मान्यता पाउनेहरुमा भारतका १ सय ३७, चीनका ३६, रुसका ८० ,रसियन फेड्रेसनका २९, अमेरिकाका ४१, युकेका २२, जापानका ११, अष्ट्रेलियाका १४, जर्मनीका ११, युक्रेनका ३५, नेदरल्याण्डका ३ विश्वविद्यालयले परिषदको मान्यता पाएका छन्। यसैगरी फिलिपिन्सका २० ,क्यानेडाका ६, बांगलादेशका १३, पाकिस्तानको १२, बुल्गेरियाका २, योगोस्लाभियाका ५, चेकोस्नोभियाका ४, न्युज्लैण्डका ३, हंगेरीका ४, पोलायण्डका २, रोमानिया २, बर्माका २ र मलेशियाका १ विश्वविद्यालयले परिषदबाट मान्यता पाएका छन्।

यसैगरी स्वीट्जरल्याण्ड १, लेबनान १, स्लोभानिया १, थाइल्याण्ड २, इराक १, डेनमार्क १, किरगिज रिपब्लिक १, टर्कीका १, अस्ट्रियका १, श्रीलंका १,सिंगापुरका १, साइप्रस १, क्युबाका र फिनल्याण्डका १ विश्वविद्यालयले नेपाली विद्यार्थी पठनपाठन गराउन नेपाल इन्जिनियरिङ्ग परिषदको मान्यता लिएका छन् ।

अध्यक्ष सिंहका अनुसार परिषदले सम्बन्धन दिएका विदेशी विश्वविद्यालयबाट उपाधि प्राप्त गरेका इन्जिनियरहरुले मात्र अबदेखि इन्जिनियरिङ्गको लाइसेन्स पाउने छन्। वर्षेनी ५ हजार नेपाली विद्यार्थीहरु विदेशी विश्वविद्यालयबाट इन्जिनियरिङ्गको उपाधि प्राप्त गर्ने गर्छन्। ती मध्ये आधा विद्यार्थी परिषदको मापदण्ड बाहिरका छन्।

प्रतिक्रिया

सिरहा सप्तरीमा यातायात सञ्चालन

सिरहा सप्तरीमा यातायात सञ्चालन

लहान–शुक्रबारबाट वीरगञ्ज नाका खुलेसँगै सिरहा र सप्तरीमा सार्वजनिक यातायात आइतबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । सगरमाथा यातायात व्यवसायी संघ सिरहाले औपचारिक निर्णय गर्दै सगरमाथा अञ्चलभर सार्वजनिक बस सञ्चालन गरेको...

उदयपुरमा 'महिनावारी शिक्षा' चलाइने

उदयपुर- विद्यालयमा छात्राको अनुपस्थिति शून्य गराउन 'महिनावारी शिक्षा' सञ्चालन गरिने भएको छ। महिनावारीको समस्यालाई ध्यानमा राखेर किशोरी लक्ष्ति कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रमको लागि जिल्लाका दुईवटा गाविस छनौट गरिएको...

चितुवा पीडितलाई सोलार

चितुवा पीडितलाई सोलार

बैतडी- चितुवाको आक्रमणबाट घाइते परिवारलाई जिल्ला वन कार्यालयले सोलार वितरण गरेको छ। जिल्लाको विशालपुर, उदयदेव, रोडिदेवल र गुजर गाबिसका ८ जना घाइते परिवारलाई ३० वाट क्षमताको सोलार वितरण गरेको हो।

स्कुलको छतबाट खसेर एक बालिकाको मृत्यु

महोत्तरी- रामगोपालपुर-१ स्थित ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुलको छतबाट खस्दा एक बालिकाको मृत्यु भएको छ। हतिसर्वा देनपट्टीटोल बस्ने शम्भु चौधरीको १० वर्षीया छोरी समिक्षा चौधरीको विद्यालयकै छतबाट खस्दा मृत्यु भएको जिल्ला...

पूजामा हिडेका व्यक्ति जङ्गलमा मृत फेला

रामपुर (पाल्पा)-रिङ्गनेरह–५ रोडेनको जङ्गलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

दुई वर्षअघि म्याद नाघेका बिस्कुट बजारमा

खोटाङ– खोटाङमा भारी मात्रामा म्याद नाघेका उपभोग्य वस्तु जफत भएको छ । बिहीबार सदरमुकाम दिक्तेल बजारमा गरिएको अनुगमनका क्रममा प्रशासनले २० पसलबाट म्याद नाघेका उपभोग्य सामान जफत गरेको हो।

तेरिया मगर बेल्जियममा सम्मानित

तेरिया मगर बेल्जियममा सम्मानित

काठमाडौ— विश्व मगर सङ्घ बेल्जियमको निमन्त्रणामा बेल्जियम पुगेकी 'डान्स इन्डिया डान्स लिटिल मास्टर–२०१४' की विजेता तथा लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानकी 'बालिका शान्ति दूत' तेरिया फौजा मगर बेल्जियममा सम्मानित भएकी छन्...

ह्योल्मो जातिको अलग्गै पात्रो

काठमाडौं– बौद्धधर्मालम्वी ह्योल्मो जातिको अलग्गै पात्रो सार्वजनिक भएको छ । सोनाम ल्होेछारको अवसर पारेर नेपाल ह्योल्मो वेपा संघले पात्रो सार्वजनिक गरेको हो।