Tuesday 17 Chaitra, 2071 |
Menu

समाज

HUB

किपट खोसिएको विरोधमा बन्द

  • मङ्गलबार २२ श्रावण, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
भद्रपुर - राष्ट्रिय जनमुक्ति पार्टीको जनवर्गीय सङ्गठन लिम्बूवान राज्य परिषद्ले आज पूर्वका नौ जिल्लामा गरेको बन्दको प्रभाव मेची अञ्चलमा बिहानैदेखि देखापरेको छ। बन्दका कारण पूर्वपश्चिम राजमार्ग, कोसी राजमार्ग र मेची राजमार्गमा कुनै पनि यातायातका साधन चलेका छैनन् भने त्यस क्षेत्रका कलकारखाना र शिक्षण संस्थासमेत ठप्प भएका छन्।

विसं १८३१ मा आजकै दिन अर्थात साउन २२ गते पृथ्वीनारायण शाहले लिम्बूवान क्षेत्र नियन्त्रणमा लिएपछि लिम्बूवानीसँग जग्गाको कर उठाउनका लागि किपटको व्यवस्था गरिए थियो। सोअनुसार करको १६ आनामध्ये ६ आना लिम्बूवानले राख्ने र १० आना सरकारलाई बुझाउने सम्झौता भएको थियो।

विसं २०२१ मा राजा महेन्द्रले भूमिसुधार लागू गरेपछि किपट व्यवस्थासमेत खोसिएको विरोधमा सम्झनास्वरुप आज पूर्वका नौ जिल्ला बन्द गरिएको हो।

यसैगरी सत्र राजनीतिक दल सम्मिलित पूर्वाञ्चल विश्वविद्यालय सङ्घर्ष समितिद्वारा आज १२ बजेसम्मका लागि आह्वान गरिएको विराटनगर बन्दका कारण जनजीवत प्रभावित भएको छ।

पूर्वाञ्चल विश्वविद्यालयका भ्रष्ट पदाधिकारीको राजीनामाको माग गर्दै गरिएको बन्दका कारण उद्योग, कलकारखाना, सार्वजनिक यातायातका साधन सञ्चालन भएका छैनन् भने विराटनगर बजार बिहानदेखि बन्द भएको छ।

सामुदायिक एवम् निजी विद्यालय भने सुचारुरूपले सञ्चालन भएका छन्।

पूर्वाञ्चल विश्वविद्यालय सुधारका लागि दबाबस्वरूप आधा दिनको बन्दको आह्वान गरिएको नेकपा (एमाले) मोरङका अध्यक्ष महेश रेग्मीले बताए।

बलात्कारको आरोपमा प्रहरी हवल्दार पक्राउ

गौशाला-बलात्कार गरेको आरोपमा महोत्तरीमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दरबन्दी रहेका प्रहरी हवल्दार वृजकिशोर यादव रहेको प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।

४० तोला चाँदीसहित एक भारतीय पक्राउ

सप्तरी – भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठीबाट अवैध चाँदीसहित एक भारतीय नागरिकलाई ४० तोला अबैध चाँदीसहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

मोटरबाटोले खुम्चिँदै अन्नपूर्ण फेरो

मोटरबाटोले खुम्चिँदै अन्नपूर्ण फेरो

पोखरा-कुनै बेला अन्नपूर्ण फेरोको पदयात्रा अवधि करिब तीन साताको थियो। पर्यटकहरू लमजुङ सदरमुकाम बेँसीसहरबाट हिँडेको तीन सातापछि मनाङ, मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँ पार गर्दै कास्कीको बिरेठाँटी निस्कन्थे।

केसीको समर्थनमा अस्पतालबाहिरै उपचार

केसीको समर्थनमा अस्पतालबाहिरै उपचार

दाङ-घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल परिसर सोमबार बिहान १० बजे नै बिरामीले भरिभराउ थियो। कार्ड लिएर अस्पतालका ‘वार्ड' अगाडि लाइन बसेका बिरामी डाक्टरको व्यग्र प्रतीक्षामा थिए।

दलित विद्यार्थी डेराबाट निष्कासित

काठमाडौं-तल्लो जातको मान्छेलाई डेरा बस्न नदिने भन्दै एक दलित विद्यार्थीलाई राजधानीका एक घरबेटीले निकालेका छन्। आइतबार स्युचाटारकी घरबेटी तथा स्वास्थ्य स्वयंसेविका जमुना भट्टराईले डेरा सम्झौता गरिसकेका लमजुङका विद्यार्थी गणेश परियारलाई...

‘होहल्लाले आत्तियो गैंडा'

‘होहल्लाले आत्तियो गैंडा'

काठमाडौं-चर्को घाममा दिनभरि कालोपत्रे सडकमा भौंतारिरहेको गैंडाको भिडियोले उनी विचलित भए। एउटा दृश्यले त यति बिझायो, उनले हत्तपत्त भिडियो नै बन्द गरे। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडा सोमबार हेटौंडाको मध्यसडकमा...

युवती र बालिकामाथि सामूहिक बलात्कार

युवती र बालिकामाथि सामूहिक बलात्कार

काठमाडौं-देशव्यापी रूपमा ‘बेटी बचाउ' अभियान चलिरहँदा पछिल्लो एक साताभित्रै दुई जनामाथि सामूहिक बलात्कार भएको पाइएको छ। बाँके, कोहलपुरमा पाँचवर्षीया बालिकामाथि विद्यालय हाताभित्रै बलात्कार भएको छ भने सर्लाहीमा शौच गर्न गएकी...

सर्वसाधारण उर्लिए, संघ पनि रिलेअनशनमा

सर्वसाधारण उर्लिए, संघ पनि रिलेअनशनमा

काठमाडौं– स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका विकृतिविरुद्ध दसबुँदे माग राख्दै डा. गोविन्द केसीले आमरण अनशन थालेको नवौं दिन सोमबार सयौं रेजिडेन्ट डाक्टर, विद्यार्थी तथा सर्वसाधारणले टिचिङ अस्पताल परिसरमा उपस्थित भएर...