10 Shrawn, 2071 |
Menu

समाज

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, सानीभेरी नदीमा बगेर एक बेपत्ता

  • मङ्गलबार २२ श्रावण, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
रुकुम - जिल्लाको स्यालापाखामा भएको ट्र्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। सदरमुकाम खलङ्गाबाट स्यालापाखाको सिस्नेरीतर्फ जाँदै गरेको ना४त ५१८० नम्बरको ट्र्याक्टर स्यालापाखा वडा नं २, झाँक्रीखोलामा पल्टिँदा चालक आठविसकोट गाविसका २२ वर्षीय विशाल आग्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी सहचालक स्यालापाखा गाविसका १५ वर्षीय राजु विक घाइते भएका छन्। टाउको र खुट्टामा चोट लागेका विकको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। 

गएराति १ बजे भएको दुर्घटनाको कारणबारे केही खुलेको छैन। ट्र्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको थियो। 

यसैगरी माछा मार्न सानीभेरीमा गएको बेला नदीले बगाउँदा रुकुमकै सिम्ली गाविसका–१ जना बेपत्ता भएका छन्। 

सोमबार दिउँसो जाल हाल्न सानीभेरी पुगेका वडा नं ४ सहरेका ४२ वर्षीय कृपे रावत बेपत्ता भएका हुन्। जाल हाल्ने क्रममा सिम्ली–४ कै सहरे जिउलाबाट रावत बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन्। बेपत्ता रावतको खोजी जारी राखिएको बताइएको छ।

नदीमा डुबेर बालिकाको मृत्यु

दाङ– राप्ती नदीमा डुबेर दाङमा शनिबार एक बालिकाको मृत्यु भएको छ। नुहाउने क्रममा नदीमा डुब्दा देउखुरी लालमटिया–३ की ६ वर्षीया उमा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पत्नीलाई खुकुरी प्रहार गर्ने पति पक्राउ

खोटाङ– खोटाङमा पत्नीलाई खुकुरी प्रहार गर्ने पति पक्राउ परेका छन्। २१ वर्षीय पत्नी कला राईलाई खुकुरी प्रहार गरी घाइते बनाएकोमा चिप्रिङ–८ का २२ वर्षीय शुभ राईलाई प्रहरीले पक्राउ गरेको हो।

गिरिजाप्रसादका छोरा सुरेशको निधन

काठमाडौं - पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका छोरा सुरेशको आज बिहान निधन भएको छ। हर्ट अट्याकले बिहान ९:३० बजे मुखबाट रगत निस्कन थालेपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो।

कीर्ते छाप तथा दस्तखत गरेकोमा वर्कर्स कार्यकर्ताविरुद्ध मुद्दा

खोटाङ – प्रहरी चौकी आक्रमण, लुटपाट तथा चन्दा आतंक मच्याएको आरोपमा खोटाङमा पक्राउ परेका किरात जनवादी वर्कर्स पार्टीका कार्यकर्ताविरुद्ध कीर्ते सरकारी छाप तथा दस्तखत अन्तर्गतको मुद्धा दर्ता भएको छ।

झुन्डिएको अवस्थामा नव विवाहिताको शव

गौशाला- महोत्तरी जिल्लाको रतौली गाविसमा शुक्रबार झुन्डिएको अवस्थामा एक नव विवाहिताको शव बरामद भएको छ।

हाइवेको खानामा दलाली

हाइवेको खानामा दलाली

मुग्लीन (चितवन)-उपभोक्ता हित संरक्षण मञ्च गोरखाका अध्यक्ष किशोरजंग थापा हरेक महिना चारदेखि छपटक पृथ्वी राजमार्ग हुँदै काठमाडौं ओहोरदोहोर गर्छन्। तर, उनी हत्तपत्त हाइवेका होटल छिर्दैनन्।

उच्च शिक्षा निर्देशिका संशोधन तयारी

काठमाडौं-विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षालयलाई व्यवस्थित गर्न शिक्षा मन्त्रालयले उच्च शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०५९ संशोधन गर्ने तयारी गरेको छ।

बन्द भए क्रसर उद्योग

बन्द भए क्रसर उद्योग

दाङ-मापदण्डविपरीत सञ्चालित यहाँका सबै क्रसर उद्योग हाल बन्द भएका छन्। जिल्ला प्रशासन कार्यालयले तत्काल बन्द गर्न चेतावनीसहितको पत्र पठाएसँगै नियमविपरीत चुरे तथा नदी उत्खननमा संलग्न ढुंगागिट्टी व्यवसायीले उद्योग बन्द गरेका...