Tuesday 14 Ashwin, 2071 |
Menu

समाज

softworica

बौद्धमा आत्मदाह गर्नेको शिक्षण अस्पतालमा मृत्यु

  • मङ्गलबार २२ श्रावण, २०७०
  • केपी ढुगाना
  • DISQUS_COMMENTS
(0 votes)

काठमाडौं - बौद्ध स्तुपा नजिकैको सेतो गुम्बामा बत्ती बाल्ने ठाउँमा एक व्यक्तिले आफूलाई आगो लगाएका छन्। उनको शिक्षण अस्पतालमा मृत्यु भएको छ। आगो लागेलगत्तै उनलाई ओम अस्पताल लगिएको थियो। त्यहाँबाट शिक्षण अस्पताल पठाइएको थियो। आगो लगाउने व्यक्ति लामो समयदेखि बौद्ध क्षेत्रमा माग्दै हिँड्ने गरेको र मानसिक सन्तुलन ठिक नभएको भन्दै घटना 'फ्रि तिब्बत' गतिविधिसँग नजोडिएको पनि हुनसक्ने प्रहरीले जनाएको छ।

एसएसपी सुवोध घिमिरेले भने, 'आत्मदाह गर्ने बौद्धमार्गी भए पनि यो घटना फ्री तिब्बतसँग नजोडिएको देखिन्छ किनकी यो घटनामा मिडियामा प्रचार गर्ने उद्देश्य देखिएको छैन।' उनका अनुसार तिब्बती गतिविधिहरु प्रचारमुखी रहँदै आएका छन्। 'प्रहरीले आत्महत्या र तिब्बती गतिविधि दुबै आधारमा अनुसन्धान सुरु गरेको छ,' घिमिरेले भने।


यसअघि आत्मदाह गर्दा मिडिया बोलाउने र सार्वजनिक स्थानमा देखिने गरी आत्मदाह गर्ने गरेका थिए।

गत फागुन २ गते पनि बौद्धको रेस्टुरेन्टमा एक तिब्बतीले आफूलाई आगो लगाएका थिए। उपचारका क्रममा मृत्यु भएका तिब्बती आत्मदाह गर्ने १०० फ्रि तिब्बत कार्यकर्ता थिए। यो आत्मदाहपछि बौद्ध क्षेत्रमा प्रहरी सक्रियता बढाइएको भएपनि तिब्बती गतिविधि जारी छ।

हेलो सरकारको निर्देशन अवज्ञा, पाँच मन्त्रालयको सुनुवाइ शून्य

काठमाडौं- जनताको गुनासा सुन्नका लागि स्थापना गरिएको 'हेलो सरकार' कक्षले दिएको निर्देशन पछिल्ला दिनमा कार्यान्वयन हुन छाडेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना भएको कक्षमा आएका गुनासा सुनुवाइका लागि विभिन्न...

‘एग्रोब्रिज' राखेर ट्र्याक सञ्चालनमा

सिन्धुपाल्चोक– मुलुकमै पहिलोपटक ‘एग्रोब्रिज' राखेर नेपाली सेनाले खोलेको सडक ट्र्याक सञ्चालनमा आएको छ। सेनाले टोलीले डेढ महिनाभन्दा बढी समय लगाएर खोलेको ११ किमि लामो खाडीचौर–ड्याम–टेकानपुर–धुस्कुन ट्र्याक प्रधानसेनापति गौरवशमशेर जबराले सोमबार...

बाढीले बगाएका ३ बालबालिकाको सेनाद्धारा उद्धार

चितवन-पूर्वी चितवनको खैरहनीमा बाढीले बगाएका तीन बालबालिकाको नेपाली सेनाले सकुसल उद्धार गरेको छ। खैरहनी नगरपालिकामा पर्ने रसौली खोलामा पौडी खेल्दै गर्दा एक्कासी आएको बाढीले बगाएका यहाँका तीन बालकालिकालाई सेनाको विपद् व्यवस्थापन...

रौतहटमा बसको ठक्करबाट एक को मृत्यु

रौतहट-पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका-८ पौराइ जंगलमा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

चुरे संरक्षण गुरुयोजना तयारी

काठमाडौ-राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले 'चुरे–तराई मधेस संरक्षण गुरुयोजना' को पूर्वतयारी सुरु गरेको छ। समितिले सोमबार गोष्ठी गरेर गुरुयोजना बनाउने प्रक्रिया, समावेश गर्नुपर्ने मुख्य विषयवस्तु, ढा"चा, कार्यान्वयन निकाय र...

दशैँले बढ्यो राजधानीमा चहलपहल

काठमाडौं— दशैँको शुरुवातीसँगै राजधानीका मुख्य बजार क्षेत्र र व्यापारीक मलहरुमा उपभोक्ताको चहलपहल बढ्दै गैरहेको छ। दशैँको किनमेलका कारण राजधानीको मुख्य व्यापारीक क्षेत्र न्युरोड, असन क्षेत्रमा सबैभन्दा बढी भिडभाड बढेको छ।

चाबहिलबाट ६ जुवाडे पक्राउ

काठमाडौं–महानगरीय प्रहरी अपराध महशाखाले चावहिलको एक घरमा छापा मारेर जुवा खेलेको अरोपमा ६ जनालाई पक्राउ गरेको छ। महाशाखाले २ लाख रुपैंया र ३ लाखको चेकर जुवा खेल्न प्रयोग गरिएको २९...

हाँडीगाउँ र डाँफेमार्गमा ७ लाख बढी चोरी

काठमाडौँ–काठमाडौँ महानगरपालिका–३५ सहयोगी डाँफेमार्गको एक घरबाट ६ लाख बराबरका धनमाल चोरी भएको छ। नवराज गौतमको कोठाबाट ४ लाख ५० हजार रुपैयाँ, विभिन्न सुनका गहना तथा सोही घरमा डेरा गरी बस्ने...