Tuesday 12 Jestha, 2072 |
Menu

समाज

अपहरणमा परेका दुई बालक १२ घण्टापछि मुक्त

  • मङ्गलबार २२ श्रावण, २०७०
  • देवेन्द्र बस्नेत
  • DISQUS_COMMENTS
(0 votes)
दाङ - एक समुहको अपहरणमा परेका दाङका दुई स्कुले बालक करिब १२ घण्टापछि अपहरण मुक्त भएका छन्। तुलसीपुर ८ दुधेनाका स्कुले वालक ९ बर्षीय केशव वली र शुलभ भण्डारी सोमबार दिउँसो देखि अपहरणमा परेका थिए। उनीहरुलाई प्रहरीले जिल्ला स्थित पत्रे खेलामा पल्टिरहेको अवस्थामा मंगलबार बिहान दुई बजेतिर फेला पारेको थियो।

प्रहरीले अपहरणकारीले उनीहरुलाई त्यहिँ छोडेर भागेको आशंका गरेको छ।
स्थानीय शान्ति दीप स्कुलमा अध्ययनरत उनीहरु सोमबार बेलुका अबेर सम्म पनि नफर्कीएपछि घरपरिवारले प्रहरीलाई जानकारी गराएका थिए। तर उनीहरु कोही आफन्तकोमा गएको हुन सक्ने भन्दै प्रहरीले वेलुका अबेर सम्म पनि अपहरण भए/नभएको बारे पत्ता लगाउन सकेको थिएन। परिवारको जानकारीका आधारमा गाउँकै शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेपछि अपहरण भएको खुलेको हो।

प्रहरीले अपहरणको योजनामा संलग्न स्थानिय इन्द्रबहादुर विकलाई नियन्त्रणमा लिएको हो। उनले फिरौती रकम माग गर्ने उद्देश्यले वालकको अपहरण गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्। 'पक्राउ परेको व्यक्तिले अपहरण भएको स्वीकार गरेपछि बल्ल अपहरण भएको भन्ने प्रमाणित भएको हो,'इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश डाँगीले नागरिकसँग भने 'अनि हामीहरु त्यसै अनुरुप खोजीमा लाग्यौँ।'

रातभर खोजी कार्य जारी राखेको प्रहरीले ती वालकहरुलाई खोलामा सुतीरहेको अवस्थामा भेटाएको थियो। अपहरित वालकका अनुसार मोटरसाइकलमा गएका दुई युवाले उनीहरुलाई बुवाले बोलाएको भन्दै मोटरसाईकलमा चढाएर बेपत्ता पारेका थिए। उनिहरुले चक्लेट तथा चाउचाउ खुवाएर लगेको समेत प्रहरी समक्ष बताएका छन्।


अपहरित वालकहरु सकुसल भेटिएपनि अपहरणमा संलग्नहरु भने फरार छन्।

कालीगण्डकी अब खतरामुक्त, पहिरो खस्ने भने रोकिएन

कालीगण्डकी अब खतरामुक्त, पहिरो खस्ने भने रोकिएन

बेनी (म्याग्दी)-बैसरीको पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी नदी अब खतरामुक्त अवस्थामा रहेको छ। पहिरो खस्ने क्रम जारी रहेको भए पनि अब कुनै जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको छ।

फिल्ड अस्पताल सेनालाई

काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले २ वटा मोबाइल फिल्ड अस्पताल नेपाली सेनालाई हस्तान्तरण गरेका छन् । जगदल गण छाउनीमा सोमबार आयोजित कार्यक्रममा उनले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई...

जलाउन ठिक पारेकाे बालिकाको शव प्रहरीले नियन्त्रणमा लियाे

वीरगन्ज–पर्साको सुर्वणपुरमा एक १२ वर्षे बालिकाको शव अभिभावकले जलाउन लागेेको बेला चिताबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ। सेढवा –६ घर भई सुर्वणपुर –७ बाघमोर्चा बस्ने शुरेश महतो कम्करकी १२ वर्षीया छोरी...

पुजारीद्वारा ६ वर्षीया बालिकाको बलात्कार

वीरगन्ज –वीरगन्ज –२८ सिर्सियास्थित रामजानकी मन्दिरका पुजारीलाई एक जना ६ वर्षे बालिकाको बलात्काको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बाराको बड्की फुलवरिया –६ घर भएका पुजारी ४५ वर्षीय मनक भगत मालीले...

अाइफोन र डेलको ल्यापटप चोर्ने पक्राउ

काठमाडाैं- प्रहरीले नयाँ बसपार्क, बालाजु क्षेत्रमा चोरी गर्ने पाँच जनालाइ पक्राउ गरेको छ। गेस्ट हाउसमा काम गर्ने उनीहरूले माैका मिलाएर जिन्सी तथा नगद सामान चोर्ने गरेको प्रहरी अनुसन्धानबाट खुेलेको छ।

दिउसो टेन्ट तातेर बस्न गाह्रो, राति सर्पको त्रास

दिउसो टेन्ट तातेर बस्न गाह्रो, राति सर्पको त्रास

लमजुङ- भूकम्पका कारण क्षति पुगेपछि बिरामीको उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल परिसरमा टाँगिएको टेन्टहरु प्रयोगमा आउन सकेनन्। उपचार कक्षमा क्षति पुगेपछि अस्पताल प्रशासनले आफ्नै परिसरमा ८ वटा कोरियन टेन्ट...

पत्रकार छत्याललाई पितृशोक

नेपालगन्ज–नागरिक दैनिकका धनगढी संवाददाता दिलबहादुर छत्याललाई पितृशोक परेको छ।

कुशकाे शव बनाएर दाहसंस्कार

काठमाडाैँ– “इच्छामृत्यु” भन्दै आत्महत्या गरेका सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीको शव साेमबार त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ। उनको शव ‘सुसाइट नोट’मा उल्लेख भएबमोजिम सो अस्पताललाई हस्तान्तरणपछि हिन्दू धार्मिक...