Friday 15 Shrawn, 2072 |
Menu

समाज

ist-cc

मेनपावर मालिकलाई अपहरण गर्ने धम्की दिएर फिरौती असुल्ने २ जना पक्राउ

(0 votes)
काठमाडौं — मेनपावर मालिकलाई अपहरण गर्ने धम्की दिएर फिरौती रकम माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट कल्याणपुर­७ घर भई हाल गंगबु बस्ने ३० बर्षीय देवन ओझा र नुवाकोट बिदुर नगरपालिका­९ घर भइ हाल बालाजु बस्ने २१ बर्षीय विकेश बानियालाई प्रहरीले पक्राउ गरेको हो।


उनीहरुले काठमाडौं महानगरपालिका­२९ सामाखुशी गंगबु­२ बानियाँटार बस्ने ४२ बर्षीय पुष्प बहादुर खड्काले संचालन गरेको बृज एकाई इण्टरनेशनल मेन पावरका सञ्चालकलाई अपहरण गर्ने धम्की दिई नगद ६० हजार फिरौती रकम माग गरेका थिए।

अपरहण र फिरौतीका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

पोखरा-बागलुङ राजमार्ग २८ घण्टापछि एकतर्फी खुल्यो

पोखरा-बागलुङ राजमार्ग २८ घण्टापछि एकतर्फी खुल्यो

पर्वत- वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको पोखरा-बागलुङ राजमार्ग २८ घण्टापछि एकतर्फीरुपमा सञ्चालनमा आएको छ। तिलाहार-९ स्थित बेनेनी र अधेरी खोलामा बगाएको सडकलाई भित्ता काटेर डाइभर्सन बनाएर शुक्रबार बिहानबाट यातायात सञ्चालनमा...

एक किलो सुनसहित साली-भेना पक्राउ

रसुवा- रसुवाको धुन्चेबाट अवैधरुपमा ल्याइएको एक किलो सुनसहित दुई जनालाई नेपाली सेना नारायण दल गणले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा जिल्ला गोल्जुङ-५ की १६ वर्षकी सीता तामाङ र सोही...

हिन्दू राज्य माग गर्दै दाङ बन्द

दाङ- हिन्दू राज्यको माग गर्दै हिन्दू धर्म पक्षधरहरुले दाङ बन्द गरेका छन्। हिन्दू धर्मको पक्षमा रहेका १४ संघसंस्था सम्मिलित स्वधर्म संस्कृति संरक्षण अभियानले शुक्रबार एकदिन दाङ बन्द गरेको हो।

फेरि सत्याग्रह गर्ने डा. केसीको घोषणा

काठमाडौं- चिकित्सा क्षेत्रको विकृतिविरुद्ध लड्दै आएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले सरकार पुराना सम्झौता कार्यान्वयन गर्न इमान्दार नभएकाले आफू अर्को सत्याग्रहको नजिक पुगेको बताएका छन्।

साझा बसमा महानगरको १० करोड

काठमाडौं- रात्रि बस सञ्चालन असफल भएपछि काठमाडौं महानगरपालिकाले दुई वर्षदेखि सेवा विस्तार गर्न नसकेको साझा बसमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। महानगरवासीलाई रातिसम्मको सेवा दिन निजी व्यवसायीले सहकार्य...

योगी पुनर्स्थापन गर्न अल्टिमेटम

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको गाडीले सडक जाम गराएको तस्बिर लिँदा जागिर खोसिएका सञ्चारकर्मी सन्दिप योगीलाई पुनर्स्थापन गर्न इमेज च्यानलका सञ्चारकर्मीले माग गरेका छन्।

चेपाङ बस्तीमा भागाभाग

चेपाङ बस्तीमा भागाभाग

शक्तिखोर (चितवन)- चितवनमा पहिरोले चेपाङ गाउँमा बुधबार राति भागाभाग भएको छ। पहिरो खस्न थालेपछि पहाडी इलाकाबाट भागेर स्थानीय शक्तिखोर आएका छन्। बिहीबार दिउँसो शक्तिखोरमा अलपत्र अवस्थामा भेटिएका उनीहरुले भागेर ज्यान...

चार घन्टामा २८९ मिलिमिटर वर्षा

चार घन्टामा २८९ मिलिमिटर वर्षा

पोखरा- अत्यधिक वर्षाकै कारण बुधबार राति कास्कीलगायत जिल्लामा पहिरो गएको मौसमविदको भनाइ छ। पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयका अनुुसार पोखराबाट करिब ३० किलोमिटर टाढाको लुम्लेमा २४ घन्टा अवधिमा २ सय ८९...