Friday 14 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

कोशीमा डुंगा पल्टिँदा २ को मृत्यु, ७० भन्दा बढी बेपत्ता

  • सोमबार २१ श्रावण, २०७०
  • महेश्वर चामलिङ राई
  • Be the first to comment!
(0 votes)

उदयपुर— जिल्लाको पूर्वी भेगको चताराघाटस्थित सप्तकोसीमा सोमबार दिउँसो डुङ्गा पल्टदा दुई जनाको मृत्यु भएको छ। ७० भन्दा बढी बेपत्ता छन्। सुनसरीको बराहक्षेत्रबाट उदयपुरको मैनामैनीतर्फ आउँदै गरेको डुंगामा ९० भन्दा बढी यात्रु सवार थिए।  डुङ्गा मैनामैनी ९ स्थित चताराघाटमा ३:१५ बजे पल्टिएपछि सबै यात्रु नदीमा डुबेका थिए।

nepali-patro-may
पारीबाट आएको डुङ्गा कोसीको बीच भागमा आइपुग्दा एक्कासि बढेको पानीको छालले पल्टाउन खोजेपछि आतिएका यात्रु किनारमा आइपुग्ने बेलामा हाम्फालेको प्रत्यक्षदर्शीले बताएका छन्। कोसीमा डुबेर बेपत्ता भएका सबै यात्रुमध्ये दुई जना महिलाको  १०० मिटर तल तैरिएर अवस्थामा प्रहरीले फेला पारेको छ। इलाका प्रहरी रामपुरका निरीक्षक महेन्द्र थापाका अनुसार बाढीले डुङ्गा लरबराउन थालेपछि पल्ट्यो भन्दै यात्रु हाम्फाल्न थाल्दा झन् असन्तुलन भई डुंगा पल्टिएको थियो।


मृतकमध्ये रामपुर ठोक्शिला ३ की अन्दाजी ३४ वर्षीया पार्वती खड्का रहेको खुलेको छ। अर्को शवको सनाखत हुन सकेको छैन।

हाम्फाल्नेमध्ये पाँचजनाको स्थानीयले जिवितै उद्धार गरेका छन्। अन्य यात्रु बेपत्ता भएकाले खोजी कार्य जारी रहेको निरीक्षक थापाले बताए। उद्धारका लागि इप्रका ठोक्शिला, इप्रका बेल्टार र सदरमुकामबाट पनि टोली खटाइएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक अजय भट्टराईले नागरिकन्युजलाई बताए। प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठसहित सुरक्षा निकाय प्रमुखको टोली पनि घट्नास्थलतर्फ गएको छ ।


घट्नास्थल सदरमुकाम गाईघाटदेखि लगभग ८६ किलोमिटर पूर्वमा पर्दछ ।

प्रतिक्रिया

जुम्लामा हिमाली कालो भालु भेटियो (फोटो सहित)

जुम्लामा हिमाली कालो भालु भेटियो (फोटो सहित)

जुम्ला- लोपउन्मुख हिमाली कालो भालु जुम्लामा भेटिएको छ। जिल्लाको पाण्डप गुफा गाविसको १ रानिसैन भन्ने जंगलमा स्थानीय एक गोठालाले कालु भालुको वच्चा भेटाएका हुन। ६४ वर्षिया पुर्ण वहादुर कार्की भेडा...

विमल घर्तिमगर शिक्षण अस्पतालमा

काठमाडौं- राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगर बहिनीको शव हेर्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्। खुट्टाको उपचार गर्न बेल्जियम पुगेका घर्तिमगर बहिनीको शंकास्पद मृत्युपछि आज बिहान काठमाडौं आइपुगेका हुन्। उनी...

पाँच वर्षमा सिन्धु पुनर्निर्माण सक्ने प्रतिवद्धता

सिन्धुपाल्चोक- सरोकारवालाले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक पुननिर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्। पुनर्निर्माणमा सघाउने ११बुँदे चौतारा घोषणापत्र जारी गर्दै उनीहरूले तीन वर्षमा व्यक्तिगत आवास र पाँच वर्षभित्र सरकारी,...

भिरबाट लडेर वृद्धको मृत्यु, शव भिरमै अड्कियो

ताप्लेजुङ–ताप्लेजुङको निघुरादिनमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ।

पति विदेशमा, पत्नी भगाउन छोराछोरीको हत्या

बागलुङ— गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

मनीषाको शव टिचिङ ल्याइयो, पोस्टमार्टम गरिँदै

मनीषाको शव टिचिङ ल्याइयो, पोस्टमार्टम गरिँदै

काठमाडौं— बुधबार राति रहस्यमय रुपमा मृत भेटिएकी राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीकी बहिनी मनीषाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ। चिकित्सकले शुक्रबार दिउसो उनको शव पोष्टमार्टम गर्ने...

चार वर्षमा २७ किलोमिटर

काठमाडौं- काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा जम्मा २७ किलोमिटर सडक विस्तार गरेको छ। महानगरपालिकाले गर्नुपर्ने सडक विस्तार भने सय किलोमिटरभन्दा बढी छ। त्यही २७ किलोमिटर सडक विस्तार गरी कालोपत्रे गर्न पनि...

'अस्पतालको लापरबाहीले बालिका अपांग'

भक्तपुर- निको हुँदैछ भन्दाभन्दै पाँच वर्षीया बालिकालाई अपांग बनाइदिएको आरोप लगाएर बिहीबार भक्तपुर, गठ्ठाघरस्थित नागरिक अस्पतालमा प्रदर्शन भएको छ। निको हुन लाग्यो भन्दै भ्रममा पारी बालिका निसु खंगको एउटा खुट्टा...