14 Bhadra, 2071 |
Menu

समाज

४ माओवादी कार्यकर्ताको हत्या गर्ने मोस्ट वान्टेड सुनिल भारतमा पक्राउ

  • शुक्रबार ११ श्रावण, २०७०
  • उपेन्द्र यादव
  • DISQUS_COMMENTS
(0 votes)

बारा — चार जना माओवादी कार्यकर्ताको हत्या अभियोग लागेका सशस्त्र भूमिगत समूह तराई मुक्ति मोर्चाका प्लाटुन सैन्य कमाण्डर अग्नि भनिने सुनिल जयसवाल पक्राउ परेका छन्। जयसवाललाई भारतक विहार राज्यको पूर्वी चम्पारणको आदापुरबाट भारतीय प्रहरी र अञ्चल प्रहरी कार्यालय बीरगन्जले संयुक्त रुपमा शुक्रबार बिहान ३ बजे सुतिरहेको अवस्थामा पक्राउ गरेको कुरा प्रहरी स्रोतले बतायो।

सशस्त्र प्रहरी बलका हवल्दारमा कार्यरत रही हतियार सहित भागेर तराईका भुमिगत समुहहरुमा २०६४ सात तिर जयसवाल समावेस भएका थिए।

२०६६ सालमा जयसवालको नेतृत्वमा रहेका भुमिगत समुहले बाराको गंजभवानीपुरका तत्कालीन माओवादीका राज्य कमिति सदस्य कन्हैया यादव , रामप्रकाश यादव,दारा यादव लगाउतका गरी चार जनाको हत्या गरेका थिए। उक्त घटनाका जिम्मा अखिल तराई मुक्ति मोर्चाका प्रकाश समुहले लिएको थियो। लामो समयदेखि नेपाल प्रहरीको मोस्टवान्टेडको सुचीमा रहेका सशस्त्र समुहका सुनिल जैसवाल माथि हत्या, रंगदारी, फिरौती जस्ता दर्जनौ केसहरु बारा प्रहरीमा परेका छन्।

जयसवाललाई विहार राज्यको आदापुरबाट पक्राउ गरी उतै अज्ञात स्थानमा राखिएको प्रहरी स्रोतले जनाएको छ। यसको बारेमा अंचल प्रहरी कार्यलयका वरिष्ट प्रहरी उपरिक्षक सर्वेन्द्र खनालले केही भन्न चाहेनन्।

बाराको मटिअर्वा गाबिससँग सिमाना जोडिएको जयसवाल पक्रउका लागि एसएसपी खनालले सक्रियता देखाएका थिए।

स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौं-त्रिभुवन विश्वविद्यालय मानविकी संकायअन्तर्गतको स्नातक तह तेस्रो वर्ष-२०७० को नतिजा प्रकाशन भएको छ।

गोरखामा बस दुर्घटना, ३ को मृत्यु

गोरखा-बगुवा गाविस वडा नं ३ थानचोक भन्ज्याङमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आरु घाटबाट गोरखा सदरमुकाम आउँदै गरेको ना ४ ख १३९५ नम्वरको यात्रुवाहक वस दुर्घटना भएको...

कक्षा १२ को विज्ञानतर्फको परीक्षाफल प्रकाशित

काठमाडौं- उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान विषयको परीक्षाफल प्रकाशित गरेको छ। परीक्षामा नियमिततर्फ ७० दशमलव ४३ प्रतिशत विद्यार्थी र आशिंकतर्फ ३८ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको...

बाढीपहिरो पीडितको नाममा वन अतिक्रमण

बाढीपहिरो पीडितको नाममा वन अतिक्रमण

सुर्खेत- बाढी–पहिरोबाट विस्थापितका नाममा सुर्खेतमा वन अतिक्रमण सुरु भएको छ। विगतमा वनक्षेत्रबाट हटाइएका र घरजग्गा भएकाहरू पनि अतिक्रमणमा तल्लीन देखिएका छन्। यसले जिल्ला वन कार्यालय र अतिक्रमणकारीबीच द्वन्द्व बढाएको छ।

८३ जोडीको सम्बन्धविच्छेद

बागलुङ- आर्थिक वर्ष २०७०/०७१ मा बागलुङमा ८३ जोडीले सम्बन्धविच्छेद गरेका छन्। बागलुङ जिल्ला अदालतका स्रेस्तेदार मोहनबहादुर अधिकारीले ९४ महिला सम्बन्धविच्छेदका लागि आएकोमा ८३ जनाको सम्बन्धविच्छेद भएको जानकारी दिए। 'सुरुमा मिलापत्रको...

'५० प्रतिशत विद्यालय भवन असुरक्षित'

पोखरा- मुलुकका आधाजसो सरकारी तथा निजी विद्यालय भवन भूकम्पीय सुरक्षाका दृष्टिले निकै जोखिमपूर्ण मानिएका छन्। असुरक्षित भवनमा विद्यार्थीलाई पढाउँदा जुनसुकै बेला जोखिम निम्तिन सक्ने विज्ञ बताउँछन्। उनीहरूका अनुसार सबैभन्दा बढी...

विषादी छर्दा चार दिन बेहोस

चितवन- धानखेतमा गम्बारो रोगको विषादी छर्दै गर्दा बेहोस भएका एक किसानको चार दिनपछि होस खुलेको छ। उनको अहिले पनि चितवन मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको छ। विषादीको घातक असरले उनी...

सिँचाइ कर्मचारी आन्दोलित

सर्लाही- दैनिक ज्यालादारीका करार कर्मचारी हटाएको विरोधमा बागमती सिँचाइ आयोजना, कर्मैयाका कर्मचारी आन्दोलित भएका छन्। बुधबारदेखि धर्नामा उत्रिएका ज्यालादारी कर्मचारीले कार्यालयको दैनिक कामकारबाही ठप्प पार्दै आएका छन्।