Friday 12 Mangshir, 2071 |
Menu

समाज

क्याम्पसका प्रथम विद्यार्थीको निधन

  • शुक्रबार ११ श्रावण, २०७०
  • रासस
  • DISQUS_COMMENTS
Ad MyNepal Nagarik
(0 votes)
राजविराज - राजविराजस्थित छ दशक पुरानो महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका प्रथम विद्यार्थी भुवनेश्वरप्रसाद चौधरीको ७४ वर्षको उमेरमा गए राति निधन भएको छ। पन्ध्र वर्षदेखि फोक्सो र दमका बिरामी राजविराज–७ लिल्जा टोल निवासी चौधरीको राति १२ बजे घरमा मृत्यु भएको निजका छोरा धर्मेन्द्रले जानकारी दिए। वन कार्यालयमा रेन्जर भई अवकाशप्राप्त उनी आफ्नो जमानाका कुशल फुटबल खेलाडीसमेत थिए।
चौधरीलाई उनको योगदानको कदर गर्दै ०४९ साउन २७ गते क्याम्पसले ३६ औँ दिवसका अवसरमा प्रथम विद्यार्थीका रुपमा नामाङ्कन गरेको भन्दै प्रशंसापत्रले सम्मान गरेको थियो। चौधरीका श्रीमती, दुई छोरी र तीन छोरा छन्।

कारबाही डरले वन कर्मचारीद्वारा धमाधम राजीनामा

लहान- पूर्वका जिल्ला वन कर्मचारीहरुमा राजिनामा दिने होडबाजी चलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको प्रमाणपत्र जाँच गर्ने हल्ला चलेपछि यहाँका वन कर्मचारीहरु धमाधम राजीनामा बुझाउन थालेका हुन्।

बलात्कार अभियोगमा धनीराम पक्राउ

बाँके— एक महिलालाई जवर्जस्ती अनुचित कार्य गरेको अभियोगमा बैजापुर–९ बस्ने ३९ बर्षीय धनीराम थारुलाई प्रहरीले पक्राउ गरेको छ।

तास खेल्नेबाट पैसा असुल्ने प्रहरी हवलदार निकालिए

खोटाङ- तास खेलिरहेका समूहबाट रकम असुल गर्ने प्रहरी हवलदार जागिरबाट निकालिएका छन्। सदरमुकाम दिक्तेलमा तास खेल्दै गरेका समूहलाई नियन्त्रणमा लिएर २ हजार ५ सय रकम असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय...

टायर पड्किएर बस पल्टियो, दुई जनाको मृत्यु २६ घाइते

महेन्द्रनगर— कैलालीको धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको म १ ख ४१५ नम्बरको बस शुक्रवार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बसको पछाडीपट्टीको टायर पड्केपछि बस दुर्घट्नामा परेको ट्राफिक प्रहरी...

बीपी प्रतिष्ठानमा जागिर लगाई दिने भन्दै पैसा असुल्ने पक्राउ

धरान—विभिन्न संस्थान एवं कार्यालयमा आर्कषक जागिर लगाइदिने भन्दै रकम असुल गरेर गठी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पीडित महिलाहरुले उजुरी दिएपछि धरान १५ का खेम भण्डारीलाई प्रहरीले शुक्रबार पक्राउ...

बलिस्थलमा सञ्चारकर्मीलाई रोक

बलिस्थलमा सञ्चारकर्मीलाई रोक

बरियारपुर (बारा)- गढीमाईमा चलिआएको बलि परम्परा सञ्चारमाध्यमले गर्दा खलबलिएको भन्दै, मन्दिरभन्दा २ सय मिटर पूर्वमा रहेको बलिस्थल बनाइएको स्थानीय रंगशालामा सञ्चारकर्मीहरुको प्रवेशमा रोक लगाइएको छ। २ जना प्रहरी निरीक्षकको कमाण्डमा...

गढीमाईमा बिहानैदेखि राँगाको बलि

गढीमाईमा बिहानैदेखि राँगाको बलि

बरियारपुर (बारा)- बाराको बरियारपुरस्थित गढीमाईको मेलामा शुक्रबार बिहानैदेखि राँगाको बलि सुरु छ। बिहान ११ बजेसम्म ५ हजार ५ सय राँगाको बलि गढीमाई मन्दीर सञ्चालन तथा बिकास समितिले जनाएको छ। साँझसम्म...

दुई दुर्घटनामा दुईको मृत्यु

रौतहट- गढीमाईको मेला भर्न आएका रौतहट र बारामा दुई श्रद्धालु भक्तजनको शुक्रबार बिहान मृत्यु भएको छ। सर्लाही हरकठवा-५, घर भएकी १८ वर्षीय रञ्जु कुमारी रामको रौतहटको सुन्दरपुरमा छारे रोगले बेहोस...