Tuesday 12 Jestha, 2072 |
Menu

समाज

काठ तस्कर र वन रक्षक टोलीबीच गोली हानहान

  • शुक्रबार ११ श्रावण, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट -रौतहटको विश्रामपुर गाविसस्थित बलेरी रेन्जपोष्ट अर्न्तगतको जंगलमा आज बिहान काठ तस्कर र वन रक्षकटोलीबीच दोहरो गोली हानहान भएको छ। सो रेञ्जपोष्ट अन्तर्गतको जंगलमा सर्लाहीबाट हतियार सहित प्रवेश गरेका तस्करहरुले वन रक्षकको टोलीलाई देख्नासाथ फायरिङ् सुरु गरेका थिए।
वन रक्षक टोलीले समेत जवाफी फायरिङ् गरेपछि केहीबेर दोहोरो गोलीहानहान भएको थियो। तस्करबाट ७ राउण्ड र वन कार्यलयवाट ६ राउण्ड गोली फायरिङ् भएको हो। गोली हानहानको क्रममा मानवीय क्षति नभएको जिल्ला वन कार्यलय रौतहटका प्रमुख बाबराम भण्डारीले बताए।
करिव १० जानको समूहमा रहेका तस्करहरु काठ छाडेर वागमती किनार हुँदै भागेको र सो स्थानवाट १० क्युफिट बराबरको ७ थान गोलिया बरामद गरेको जिल्ला वन कार्यलयका प्रमुख भण्डारीले बताए।
त्यसैगरी जिल्लाको कनकपुरवाट एक काठ तस्कर पक्राउ परेका छन्। कनकपुर गाविस वडा-६ बस्ने शेख मौलादलाई ६ क्फिुट बराबरको काठको गोलिया सहित पक्राउ गरिएको जिल्ला वन कार्यलय रौतहटले जनाएको छ। जिल्लाको पूर्वि र दक्षिणी क्षेत्रमा व्यापक काठ तस्करी हुने गरेको जनगुनासो आएपछि अभियान नै सञ्चालन गरिएको वन कार्यलयले जनाएको छ।

फिल्ड अस्पताल सेनालाई

काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले २ वटा मोबाइल फिल्ड अस्पताल नेपाली सेनालाई हस्तान्तरण गरेका छन् । जगदल गण छाउनीमा सोमबार आयोजित कार्यक्रममा उनले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई...

जलाउन ठिक पारेकाे बालिकाको शव प्रहरीले नियन्त्रणमा लियाे

वीरगन्ज–पर्साको सुर्वणपुरमा एक १२ वर्षे बालिकाको शव अभिभावकले जलाउन लागेेको बेला चिताबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ। सेढवा –६ घर भई सुर्वणपुर –७ बाघमोर्चा बस्ने शुरेश महतो कम्करकी १२ वर्षीया छोरी...

पुजारीद्वारा ६ वर्षीया बालिकाको बलात्कार

वीरगन्ज –वीरगन्ज –२८ सिर्सियास्थित रामजानकी मन्दिरका पुजारीलाई एक जना ६ वर्षे बालिकाको बलात्काको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बाराको बड्की फुलवरिया –६ घर भएका पुजारी ४५ वर्षीय मनक भगत मालीले...

अाइफोन र डेलको ल्यापटप चोर्ने पक्राउ

काठमाडाैं- प्रहरीले नयाँ बसपार्क, बालाजु क्षेत्रमा चोरी गर्ने पाँच जनालाइ पक्राउ गरेको छ। गेस्ट हाउसमा काम गर्ने उनीहरूले माैका मिलाएर जिन्सी तथा नगद सामान चोर्ने गरेको प्रहरी अनुसन्धानबाट खुेलेको छ।

दिउसो टेन्ट तातेर बस्न गाह्रो, राति सर्पको त्रास

दिउसो टेन्ट तातेर बस्न गाह्रो, राति सर्पको त्रास

लमजुङ- भूकम्पका कारण क्षति पुगेपछि बिरामीको उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल परिसरमा टाँगिएको टेन्टहरु प्रयोगमा आउन सकेनन्। उपचार कक्षमा क्षति पुगेपछि अस्पताल प्रशासनले आफ्नै परिसरमा ८ वटा कोरियन टेन्ट...

पत्रकार छत्याललाई पितृशोक

नेपालगन्ज–नागरिक दैनिकका धनगढी संवाददाता दिलबहादुर छत्याललाई पितृशोक परेको छ।

कुशकाे शव बनाएर दाहसंस्कार

काठमाडाैँ– “इच्छामृत्यु” भन्दै आत्महत्या गरेका सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीको शव साेमबार त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ। उनको शव ‘सुसाइट नोट’मा उल्लेख भएबमोजिम सो अस्पताललाई हस्तान्तरणपछि हिन्दू धार्मिक...

चार रेक्टर स्केल माथिका दुइ परकम्पन

चार रेक्टर स्केल माथिका दुइ परकम्पन

काठमाडैं- विनाशकारी महाभूकम्प गएको एक महिना पुग्न लाग्दा पनि त्यसको परकम्पन जाने क्रम रोकिएको छैन। सोमबार यो समाचार पार्दासम्म चार रेक्टर स्केलमाथिका दुइ परकम्पन गएका छन्।