Sunday 6 Poush, 2071 |
Menu

समाज

मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

  • शुक्रबार ११ श्रावण, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
दमक - झापाको दमक–५ ढुकुरपानीमा गएराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा झापा, महेशपुर–९ का २३ वर्षीय तीर्थ पौडेल रहेका छन्।
मोटरसाइकलमा तीव्रगतिमा सवार उनीसहित भद्रपुर–५ का २४ वर्षीय मनोज रेग्मी गएराति ९ : ३० बजे ढुकुरपानीको एक बिजुलीको पोलमा ठक्कर खाएका थिए। 

सो दुर्घटनामा चालक पौडेलको स्थानीय आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। घाइते रेग्मीको भने विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको बताइएको छ।

वञ्चरो र खुर्पा हानेर श्रीमतीको हत्या

गोरखा- गोरखाको छोप्राक-७, बगलीगाँउका एक पुरुषले श्रीमतीलाई वञ्चरो र खुर्पा प्रहार गरेर हत्या गरेका छन्। आज बिहान साँढे पाँच बजेतिर उठ्ने तरखर गर्दै गरेकी २२ वर्षीया सुनिता भुजेललाई टाउकोमा वञ्चरो...

शिक्षकको मुद्दा खारेज गराउन जिल्लाभरिका विद्यालय बन्द

लहान- माध्यमिक विद्यालय हनुमाननगर ब्रम्हानगोर्छारीका व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीलाई धम्की दिने तीन जना शिक्षकमाथि प्रहरीले दर्ता गरेको मुद्दा खारेज गर्न भन्दै आजबाट जिल्लाभरिका सामुदायिक विद्यालय बन्द गराइएको छ।

'उठिबास लाउँदै छ उपचारले'

'उठिबास लाउँदै छ उपचारले'

इलाम- निर्माण व्यवसायी सुरेश काफ्ले 'कामविहीन' भएको दुई महिना हुन लाग्यो। भानुरत्न टोलको उनको घरमा ताला झुन्डिएको छ। 'हुनेखाने परिवार' मा दरिने उनी अहिले राजधानीमा 'पेइङ गेस्ट' छन्। कुनै बेला...

प्रमाणपत्र माग्दा राजीनामा

नेपालगन्ज- नक्कली प्रमाणपत्र पेस गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशव्यापी छानबिन अघि बढाएपछि शिक्षकहरू धमाधम राजीनामा दिन थालेका छन्। आयोगको निर्देशनअनुसार सम्बन्धित जिल्ला शिक्षा कार्यालयले आआफ्ना जिल्लाका प्रावि तथा...

शिक्षककै छोराछोरी निजी स्कुलमा

झापा- हरेक वर्ष विद्यार्थी संख्या घट्न थालेपछि सामुदायिक विद्यालयले विद्यार्थी टिकाउन नयाँ–नयाँ अभियान सञ्चालन गर्छन्। तर, यस्तो अभियान चलाउनेहरूकै छोराछोरीचाहिँ निजी विद्यालय पढ्छन्। छोराछोरी पठाइदिन आग्रह गर्दै घरघर पुग्ने सामुदायिक...

प्रहरीमा अवकाश नीति विवाद: नेतृत्व सुल्झाउने, आकांक्षी बल्झाउने

प्रहरीमा अवकाश नीति विवाद: नेतृत्व सुल्झाउने, आकांक्षी बल्झाउने

काठमाडौं-प्रहरी नियमावलीमा रहेको अवकाश सम्बन्धी प्रावधान संशोधन गर्ने नेपाल प्रहरीको पहल यसपालि पनि असफल भएको छ। प्रहरी नीति बनाउन मंसिर अन्तिम साता आयोजित सम्मेलनमा डिआइजी र एसएसपीहरूले असहमति जनाउँदा संशोधन...

घरमै बोलाएर बालिका बलात्कार गर्ने पक्राउ

सर्लाही-सर्लाहीको हरिपुर्वामा आफ्नै घरमा बालिका बोलाएर बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय ६ वर्षीया बालिकालाई घरमा लगेर बलात्कार गरेको आरोपमा हरिपुर्वा–५ का १६ वर्षीय मुकेश ठाकुरलाई पक्राउ गरेको...

ठमेलको दुर्दशा : विदेशी पर्यटक भन्छन्- ‘यस्तो पनि राजधानी!’

ठमेलको दुर्दशा : विदेशी पर्यटक भन्छन्- ‘यस्तो पनि राजधानी!’

काठमाडौं-बिहीबार दिउँसो २ बजे ठमेलबाट लैनचौरतर्फ आउँदै गरेका जर्मनी फ्य्राङ्कफर्टका दुई पर्यटक अस्कल क्याम्पस नपुग्दै एक्कासि रोकिए। मुखमा मास्क लगाएका उनीहरुले केही मिनेट अस्कलतर्फको सडक नियाले। क्यामेरामा तस्बिर कैद गरे...