Monday 12 Magh, 2071 |
Menu

समाज

HUB

लण्डनतिर बरालिँदा (फोटो फिचर)

(0 votes)
लण्डनतिर बरालिँदा (फोटो फिचर)

लण्डन — आर्थिक दृष्टिले विश्वको महत्वपूर्ण मेट्रो सहर लण्डनमा नेपालीहरु चाहिँ कहाँनेर भेटिन्छन्? त्यस्तो विशेष स्थान त छैन तर कलेज र मन्दिरमा पूजा गर्ने ठाउँमा नेपालीहरु भेटिए। ८३ लाख ८ हजार बढी बासिन्दा बसोबास गर्ने लण्डन युरोपकै उच्च शिक्षाको मुख्य पनि केन्द्र हो। गोर्खा परिवारपछि लण्डनमा भेटिएका अधिकांश नेपालीहरु विद्यार्थीकै हैसियतकै थिए। लण्डन घुमेर नागरिकन्युजका सुरेन्द्र पौडेलले तयार पारेको फोटो फिचर हेर्नोस्।

london

पश्चिमी लण्डनस्थित बीबीसी टेलिभिजनको कार्यालय

london1

साउथअलस्थित हिन्दू मन्दिर। नेपाल, भारतका हिन्दूहरु पूजाका लागि मन्दिर आउँछन्।

london2

मध्य लण्डनस्थिति हाईड पार्क। धेरैजसो रक कन्सर्ट यही पार्कमा हुन्छन्

london3

ब्रिटिस म्यूजियममा रहेको करिव चार सय वर्ष पुरानो नेपाली मूर्ति। यो संग्रहालयमा विश्वका प्राय सबै देशका सामग्री छन्।

london4

साउथअलस्थित हिन्दु मन्दिरमा उपस्थित नेपाल र भारतीय मूलका भक्तजन

london6

सबैभन्दा बढी पर्यटक ओहिरो लाग्ने लण्डनआई

london5

सेक्सपियरको नाममा लण्डनमा रहेको सबैभन्दा पुरानो नाटकघर। सन् १५९९ मा स्थापना भएको यो नाटकघर पुनर्निमाण गरी सन् १९९७ बाट सञ्चालनमा ल्याइएको हो। साउथवार्कमा रहेको यो नाटकघरमा तीन हजार दर्शक अटाउँछन् ।

london7

अध्ययन सामाग्रीको खोजीमा बेलायतको राष्ट्रिय पुस्तकालय द ब्रिटिस लाइब्रेरीमा पस्दै गरेका सर्वसाधरण। विश्वकै दोस्रो ठूलो पुस्तकालयका रुपमा परिचय बनाएको द ब्रिटिस लाईब्रेरीमा बिभिन्न देश तथा भाषामा १५ करोडभन्दा बढि सामाग्री रहेका छन्।

london8

लण्डनको केन्द्र विन्दु ट्राफलगर स्क्वायरमा पर्यटक। ट्राफलगर स्क्वायर लण्डनको जिरो पोइन्ट मानिन्छ

london10

बेलायतको ठूला सपिङ कम्प्लेक्स मध्येको एक- वेस्टफिल्ड। लण्डनको ह्वाइट सिटीमा वेस्टफिल्ड समुहले एक अर्ब ६० करोड पाउण्डमा निर्माण गरेको यो सपिङ सेन्टरको कूल क्षेत्रफल ३० वटा फुटबल मैदान बराबर छ। लण्डनमा आयोजना हुने ठूला फेसन शोहरु यहीं हुने गरेकाछन्। 

सबै तस्विरहरुः सुरेन्द्र पौडेल

 

 

 

 

 

 

 

शान्तिको कामना गर्दै प्रहरीले घण्ट चढाए

बाजुरा- राजनीतिक दलबीच दूरी बढिरहेको बेला स्थायी शान्तिको कामना गर्दै नेपाल प्रहरीले बडिमालिका मन्दिरमा घण्ट चढाएका छन्। देशमा स्थायी शान्ति र समृद्धिको कामनासहित मार्तडीस्थित बडिमालिका मन्दिरमा घण्ट चढाएका हुन्।

पुराणले जुट्यो १७ लाख

इलाम- पूर्वी नामसालिङ गाविसको शुक्रबारे बजारमा लगाइएको सप्ताह पुराण अर्थ संकलनको भरपर्दो माध्यम बन्न सफल भएको छ। सदरमुकामसँग जोडिएको र शैक्षिक दृष्टिले राम्रो मानिएको गाविस भएर पनि भौतिक पूर्वाधारका दृष्टिले...

३४ वर्षपछि भाइको हत्यारा प्रक्राउ

अर्घाखाँची- जिल्लाको सन्धिखर्क नगरपालिका-११ अर्घामा आफ्नै भाइको हत्या गरी फरार रहेका दाजु कृष्णप्रसाद मरासिनीलाई ३४ वर्षपछि प्रहरीले प्रकाउ परेको छ। २०३७ साल श्रावण महिनामा आफ्नै भाइ तुल्क प्रसादलाई कुटपिट गरी...

ओबामाको सुरक्षाका लागि नाका सिल, सयौं अलपत्र

गौरिफान्टा (भारत)- भारतमा गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथि बनेका अमेरीकी राष्ट्रपति बाराक ओबामाको सुरक्षाका लागि सोमबार सीमामा सिल गरेर आवतजावत रोकेपछि सयौं नेपाली अलपत्र परेका छन्। नेपालका विभिन्न ठाउँबाट भारत...

मूर्ति विसर्जन गर्न गएका दुई विद्यार्थीको डुबेर मृत्यु

रौतहट- सरस्वतीको मूर्ति विर्सजन गर्ने क्रममा रौतहटमा दुई जना विद्यार्थीको पानीमा डुबेर ज्यान गएको छ। सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा लालबकैया नदीमा दुई विद्यार्थीको डुबेर ज्यान गएको हो। गौर नगरपालिका-७...

बायोमेट्रिक प्रणाली खारेजी माग

काठमाडौं- नेपाल मेडिकल व्यवसायी सङ्घले बायोमेट्रिक प्रणाली खारेज गर्नुपर्ने माग गरेको छ। सो सङ्घले आज पत्रकार सम्मेलन गरी पछिल्लो पटक चर्चाको शिखरमा रहेको बेस्टिनेटको बायोमेट्रिक मेडिकलले अनेक बहानामा जनतालाई ठग्ने...

क्राउन सेभिङलाई बाइक हस्तान्तरण

काठमाडौं- नागरिक दैनिकका ग्राहकका लागि सञ्चालित 'सबै लक्की, सबैलाई केट्ली' योजनाअन्तर्गतको बम्पर उपहार प्राप्त गर्ने पुतलीसडकको क्राउन सेभिङलाई बाइक हस्तान्तरण गरिएको छ। क्राउन सेभिङलाई २२० सीसीको पल्सर मोटरसाइकल नेपाल रिपब्लिक मिडियाका...

खानेपानी आयोजनाले दुर्गमबासी उत्साही

धादिङ- विकट उत्तरी धादिङको दार्खा गाउँ विकास समिति वडा-४ मा तेलचेत खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन्। स्वच्छ खानेपानी, सरसफाइयुक्त गाऊँ भन्ने नारासहित स्थानीयको विशेष पहलमा आयोजना संचालनमा...