Monday 21 Ashad, 2072 |
Menu

समाज

ist-cc

३ साता अघि हराएका जगत मृत भेटिए

  • आइतबार ३० असार, २०७०
  • छविलाल तिवारी
  • DISQUS_COMMENTS
(0 votes)
पर्वत — तीन साताअघि घरबाटै हराएका लेखफाँट–४ का जगतबहादुर पुन आइतबार मृत भेटिएका छन्। असार १० गतेदेखि हराएका उनलाई घर नजिकैको खोल्सामा मृत घेटिएको हो। ‘घरपरिवारले खोजीका लागि प्रहरीमा निबेदन दिएको थियो’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक हिमाल शर्माले भने–‘आज बिहान घर नजिकैको खोल्सामा मृत अवस्थामा भेटिएका छन्।’
के कारणले मृत्यु भएको हो भन्ने सम्बन्धमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने उनले बताए। शव भेटिएको खबर आएपछि प्रहरी नायव निरिक्षक शेरबहादुर थापाको नेतृत्वमा टोली गएको शर्माले जानकारी दिए। मादक पदार्थ सेबन गरिरहने ब्यक्ति भएकोले खोल्सामा लडेर मृत्यु भएको हो कि भन्ने शंका गरिएको उनको भनाई छ। प्रहरी टोलीले आइतबार साँझ शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ।

यसैबिच रानीपानी–९ का २२ बर्षिय तुलसी भुसालले झुण्डिएर शनिबार राती आत्महत्या गरेका छन्। घरनजिकैको बारीको कान्लोको रुखमा झुण्डिएर आत्महत्या गरेको र पोष्टमार्टमका लागि स्याङजाको वालिङ पठाइएको इलाका प्रहरी कार्यालय हुवासका इन्चार्ज प्रहरी निरिक्षक रामप्रसाद पौडेलले बताए ।

'कान्छी' र 'मोटी' पक्राउ

रत्ननगर (चितवन)—जिल्ला प्रहरी कार्यालय चितवनले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा भरतपुर–९ बस्ने वर्ष २८ का 'कान्छी' भनिने यमबहादुर कार्कीलाई पक्राउ गरेको छ।

पाँच सामुदायिक विद्यालयको अनुमति खारेज

कोहलपुर–विद्यालय सञ्चालनको अनुमति लिएर नियमित सञ्चालनमा नआएका जिल्लाका पाँच सामुदायिक विद्यालय खारेज गरिएको छ ।

पत्रकारको पारिश्रमिकमा पुनरावलोकन गर्न सरकारलाई समितिको सिफारिस

काठमाडौँ-न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आइतबार सरकारलाई आफ्नो प्रतिवेदन पेस गरेको छ।

६० लाख ठगी गर्ने एक जना पक्राउ

काठमडौं–हर्बल उद्योगको स्तबृद्धि गर्ने भन्दै ६० लाख गठी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

विश्वविद्यालयमा ताला माथि ताला

दाङ–दुई महिना अघि दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा ताला लाग्यो । आयुर्वेद अध्ययन संस्थानको डिन यिनुक्तीमा राजनीतिक भागवण्डा गर्न हुन थालेको बिरोधमा आयुर्वेद चिकित्साका विद्यार्थीहरुले २२ वैशाखमा ताला लगाए ।

घुस लिँदालिँदै दुई इन्जिनियर पक्राउ

कावासोती-उपभोक्ता समितिको काम मिलाइदिने भन्दै घुस लिएको आरोपमा दुई इन्जिनियर पक्राउ परेका छन्।

दुर्व्यवहारको विरुद्धमा तीनवटै नगरपालिका अनिश्चितकालिन बन्द

रौतहट–गौर नगरपालिकाका कार्यकारी अधिकृत सुनिल यादवलाई दुर्व्यवहार गरेको विरुद्धमा दोषिलाई कार्यवाहीको माग गर्दै कर्मचारीहरुले जिल्लाका तीनवटै नगरपालिकामा अनिश्चित कालका लागि ताला बन्दी गरेर कामकाज ठप्प पारेका छन।

एसएलसी उत्तीर्ण हजुरआमाको शिक्षिका बन्ने धोको

भक्तपुर– सुभद्रा खड्का तीन छोराकी आमा र एक नातिनीकी हजुरआमा हुन् । ४० वर्षीया खड्का यत्तिखेर बेपत्ता खुसी छिन्। कारण हो यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षामा सफलता।