Wednesday 4 Bhadra, 2071 |
Menu

समाज

भारतीय डिजाइनर विशाल कपुरद्वारा दुई नेपालीविरुद्ध ठगीको उजुरी

  • आइतबार ३० असार, २०७०
  • नागरिक
  • DISQUS_COMMENTS
(0 votes)
भारतीय डिजाइनर विशाल कपुरद्वारा दुई नेपालीविरुद्ध ठगीको उजुरी
काठमाडौं- भारतीय डिजाइनर विशाल कपुरले आफूलाई फेसनसम्बन्धी म्यागेजिन निकाल्ने क्रममा दुई नेपालीले आर्थिक र बौद्धिक ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र श्रम अदालतमा मुद्दा दायर गरेका छन्।

लिजा क्षेत्री र खिम सिवाकोटीले कपुरको म्यागेजिन पेनासरनवे नामको पत्रिकाको डमीको मुख पृष्ठलाई बदलेर एनग्लाम राखेर विज्ञापन संकलन गरेको र आफूले तयार गरेको सामग्री र फोटोहरु अख्तियारी बिना प्रयोग गरेको आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिए। 


फेसन डिजाइनर र सो म्यागेजिनका फेसन सम्पादकको रुपमा रहेका कपुरले करिब अढाई महिनादेखि काठमाडौंमा रहेर सो पत्रिकाको तयारी गरेका थिए। उनलाई सोबापत मासिक एक लाख रुपैया भारु दिने सहमतिसमेत भएकोमा पैसा नदिइ, अनुमतिसमेत नलिइ आफूखुसी मुख पृष्ठमात्रै परिवर्तन गरेर क्षेत्री र शिवाकोटीले ठगी गरेको आरोप कपुरको छ।


कपुर सम्पादकत्वको पत्रिकाको ब्लु ओसियन पब्लिकेशनको ठाउँमा निला पब्लिकेशन, नामको ठाँउमा एनग्लाम राखे पनि रजिष्ट्रेशन नम्बरहरु सबै एउटै राखेको उनले बताए। पत्रकार सम्मेलनमा डिजाइनर कपुरले आफूमाथि भएको बौद्धिक र आर्थिक ठगीविरुद्ध नेपालको कानुनअनुसार दोषीले सजाय पाउने विश्वास पनि उनले गरे।

जमिन भासिएपछि ९ परिवार विस्थापित

खोटाङ- भारी वर्षाका कारण जमिन भासिएपछि खोटाङमा थप ९ घरपरिवार विस्थापित भएका छन्। वर्षाको पानीले जमिन गलेर भासिएपछि सदरमुकाम दिक्तेल नगरपालिकासँग जोडिएको नेर्पा–५ भुल्केका वर्णबहादुर राई, वुद्धिबल राई, भलकुमार राई,...

मोटरसाइकल चोरीमा संलग्न समूह पक्राउ

कोहलपुर-मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्रन सफल भएको छ। बाँके र बर्दिया जिल्लालाई केन्द्र बनाएर मोटरसाइकल चोर्ने र विक्री गर्ने आठ जनाको समूहलाई ईलाका प्रहरी कार्यालय कोहलपुर र क्षेत्रीय प्रहरी...

खोलामा बेपत्ता बालक नभेटिएपछि काजकिरिया

खोटाङ– खोटाङको रावा खोलामा बेपत्ता भएका बालक फेला नपरेपछि आफन्तले काजकिरिया गरेका छन्। पौडी खेल्नेक्रममा खोलामा बेपत्ता बनेको तीन हप्तासम्म पनि नभेटिएपछि उत्तरी गाविस खार्पा–९ का १४ वर्षीय बालक धनबहादुर...

वीरगन्ज नाका पनि 'हेल्थ डेस्क'को स्थापना

वीरगन्ज- दक्षिण अफ्रिकाबाट फैलिएको महामारी इबोला भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन पर्सामा पनि विशेष सतर्कता अपनाइएको छ।

मान्छे मार्ने बाघ नियन्त्रणमा

चितवन - चितवन राष्ट्रिय निकुञ्जको टोलीले मान्छेको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान साढे छ बजे सो बाघले निकुञ्ज मुख्यालय कसरा नजिक हरिशचन्द्र बोटेको ज्यान लिएको थियो।

सहरी सौन्दर्य बढाउन सरकार क्रियाशील

 काठमाडौँ- आगामी मङ्सिर १० र ११ गते यहाँ आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलन तयारीको सिलसिलामा सहरी सौन्दर्य र हरियाली कायम गर्न सरसफाइ तथा नगर...

जिशिअ नभएको मौकामा झोलेलाई रकम

रौतहट-जिल्ला शिक्षा कार्यालयका एक शाखा अधिकृतले जिल्ला शिक्षा अधिकारी नरहेको मौका छोपी झोले विद्यालयका नाममा अवैध तरिकाले रकम निकासा गरेको पाइएको छ।

दावालाई छोड्न सभासदको दबाब

दावालाई छोड्न सभासदको दबाब

काठमाडौं-खैरो हेरोइनसहित पक्राउ परेका दावा लामालाई छुटाउन दबाब दिन नेपाली कांग्रेस काभ्रेका सभासद तीर्थ लामा प्रहरी कार्यालय पुगेका छन्। मंगलवार दिउँसो उनी महानगरीय प्रहरी अपराध महाशाखा गएर दावालाई छुटाउन दबाब...