Friday 16 Shrawn, 2071 |
Menu

समाज

कालोपट्टि बाँधेका युवाद्वारा पत्रकारमाथि आक्रमण

  • आइतबार ३० असार, २०७०
  • गोविन्द केसी
  • DISQUS_COMMENTS
(0 votes)

दैलेख– स्थानीय तेस्रोआँखा दैनिकका कार्यकारी सम्पादक तथा कारोवार दैनिकका जिल्ला संवाददाता महेन्द्र सापकोटालाई नारायण नगरपालिका –६ फुलबारीमा मुखमा कालो पट्टी बाँधेको समूहले  आक्रमण गरी लुटपाट गरेको छ।

पत्रिका कार्यालयबाट काम सकेर नारायण –६ विजौरास्थित घरतर्फ गइरहेका सापकोटामाथि  हातपात गर्दै लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। खुकुरी देखाएर आफूसँग रहेको पत्रिकाको ११ हजार रुपैयाँ लुटेर लगेको पिडित पत्रकार महेन्द्र सापकोटाले बताएका छन्।

घटनाको मुख्य नाइके विन्ध्याबासीनी –७ लिड्के बस्ने २१ वर्षिय उत्तम खनाल रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रज्वल महर्जनले बताए। अभियुक्त खनाल घटनापछि फरार भएका छन्। प्रहरीले जिल्ला तथा जिल्लाबाहिर जाने नाकाहरुमा खोजी कार्यलाई कडा राखेको जनाएको छ। 'घटना बाहिर ल्याए ज्यान मार्ने धम्की दिइएको छ' पत्रकार सापकोटाले भने। पत्रकार सापकोटाले जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि निवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

पत्रकार सापकोटालाई आक्रमण गर्ने समुहले नारायण–७ विजौरा रत्न बुढा र सल्लेरी –१ का भुपेन्द्र सुवेदीलाई कुटपित गरी लुटेको प्रहरीले जानकारी दिएको छ।

इन्सेकको मानवअधिकार पुरस्कार थेवेलाई

इलाम-संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हरेक बर्ष प्रदान गर्दै आएको 'प्रकाश मानवअधिकार पुरस्कार २०७०' बाट इलामका मानवअधिकारकर्मी मोहनसिंह थेवे सम्मानित भएका छन्।

विशेषज्ञ नहुँदा हाडजोर्नीका बिरामी मर्कामा

मुगु- विशेषज्ञ चिकित्सक नहुँदा मुगु जिल्ला अस्पतालमा आउने हाडजोर्नीका बिरामी समस्यामा परेका छन्।

खोला किनारमा शब भेटियो

गुल्मी– खोलाले बगाएर ल्याएको अवस्थामा गुल्मीको बाँझकटेरी गाविसमा एक पुरुषको शब भेटिएको छ। अर्खा–३ प्यूठानका ३५ वर्षीय भिमबहादुर थापाको बाँझकटेरीको भेडिखोर खोला किनारमा बिहीबार साँझ उक्त शब फेला परेको हो।

विदेशी डिग्रीलाई प्रोत्साहन जरुरी

विदेशी डिग्रीलाई प्रोत्साहन जरुरी

नागरिक राष्ट्रिय दैनिकले समसामयिक विषयमा समय/समयमा राउन्ड टेबल छलफल गराउँदै आएको छ। यही क्रममा यसपटक नेपालका शिक्षण संस्थाहरूले विदेशी शिक्षण संस्थाको पाठ्यक्रम पठनपाठन गराउँदै आएको विषयलाई छलफलमा समावेश गरेको छ।...

सिन्डिकेटले यात्रुलाई सास्ती

बर्दिया- यातायात व्यवसायीको सिन्डिकेटले यहा“बाट लामो र छोटो दुरीमा यात्रा गर्ने यात्रुले सास्ती बेहोरेका छन्। डेढ दशकदेखि सञ्चालित कृष्णसार यातायात व्यवसायी समितिले नयाँ गाडी थप्न नदिँदा यात्रुले सास्ती खेपिरहेका छन्। 

नक्सा पासबिनै सहरमा घर

गोरखा- गोरखा सदरमुकाममा नक्सा पास नै नगरी घर बनाउने क्रम पछिल्लो समय बढेको छ। नगरको बजार क्षेत्रमा पर्ने मुख्य सडक दायाँबायाँ नगरपालिकाले २५ मिटरभित्र घर नक्सा पास नगरेपछि बिनानक्सा धामाधम...

वीरमा असी प्रतिशत सेवा ठप्प

वीरमा असी प्रतिशत सेवा ठप्प

काठमाडौं- पाँच दिनदेखि जारी आवासीय चिकित्सकको हडतालले सबैभन्दा ठूलो सरकारी अस्पताल वीरका असी प्रतिशत सेवा ठप्प भएका छन्। हडतालका कारण आकस्मिकबाहेक सबै सेवाप्रवाहमा ठूलो असर देखिएको छ। बिहीबार पनि बहिरंग,...

उच्च माविबारे संसदको ध्यानाकर्षण

काठमाडौं- उच्च माध्यमिक शिक्षाको औपचारिक सुरुवात भएको २२ वर्ष बितिसक्दा पनि उच्च माविहरूलाई सम्बोधन गर्न नसकेको भन्दै नेकपा एमालेका सांसद रवीन्द्र अधिकारीले व्यवस्थापिका संसदमा सरकारको ध्यानाकर्षण गराएका छन्।