Monday 3 Kartik, 2071 |
Menu

समाज

राष्ट्रिय सङ्गीत तथा नाटक महोत्सव आरम्भ

  • आइतबार ३० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)

काठमाडौं — राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय सङ्गीत तथा नाटक महोत्सव–२०७० को आज नेपाल प्रज्ञा प्रतिष्ठानमा शुभारम्भ गरे। भोलिसम्म चल्ने सो महोत्सवमा सबै विकास क्षेत्रका अति प्राचीनदेखि आधुनिकसम्मका कला र संस्कृतिका विविध विधालाई प्रस्तुत गरिने छ । नृत्य र गीत प्रतिष्ठानको प्रतिक्षालयमा तथा नाटक सर्वनाम थिएटर कालिकास्थान र मण्डला थिएटर अनामनगरमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

अछाम जिल्लाको लोकप्रिय हुड्क्यौली नृत्य प्रस्तुत गरी महोत्सव शुभारम्भ गरिएको थियो। हुड जातिले आफ्ना माङ्गलिक कार्यमा प्रस्तुत गर्ने यो परम्परागत नृत्य अहिले लोपोन्मुख अवस्थामा पुगेको छ।

चारजना कलाकारले लोकगाथामा वर्णित वीर र वीरतालाई गीत तथा नृत्यका माध्यमबाट प्रस्तुत गरेका थिए। वयोवृद्ध कलाकार चन्द्र हुड्के लगायतको टोलीले यो नृत्य प्रस्तुत गरेको थियो। कार्यक्रमको संयोजन गर्नुहुने सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङले नेपाली समाजमा प्रचलित विविध गीत र सङ्गीतलाई अझ चम्कन दिन पहिलोपटक कार्यक्रम आयोजना गरिएको बताए।

कलाकारहरुले सुदूरपश्चिमाञ्जल विकास क्षेत्रमा प्रचलित छलिया, होली नृत्यदेखि मध्यमाञ्चल विकास क्षेत्रका भजनहरु जीवन्तरुपमा प्रस्तुत गरेका थिए।

कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्लले लोकसंस्कृतिभित्र रहेका सुन्दर प्रतिभाहरुलाई एउटै मञ्चमा ल्याई युवापुस्तालाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रम संयोजक प्राज्ञ यज्ञराज उपाध्याय र मिथिला शर्माले प्राचीनदेखि आधुनिक गीत, सङ्गीत तथा नाटक कार्यक्रम अवधिभर प्रस्तुत गरिने जानकारी दि। कार्यक्रम अवधिमा उलार, अमरसिंहको खोजीमा, हेत्छाकुप्पा, लाखे क्वःथैगु, सुनकेशरी, जङ्गेपिलर जस्ता नाटकका साथै कर्खा, सरुमारानी, पूर्वेली गन्धर्व गीत प्रस्तुत गरिने छन् ।

हिमपातमा ज्यान गुमाउने ४० पुगे

पोखरा/जुम्ला- 'हुडहुड' आँधी प्रभावले उच्च हिमाली क्षेत्रमा भएको हिमपात र हिमपहिरोमा ज्यान गुमाउनेको संख्या ४० पुगेको छ। मनाङ र मुस्ताङमा बिहीबार थप १० शव फेला परेका छन्। मुस्ताङमा ९ नेपाली...

भारतबाट सात भारी आखेटोपहार भित्रियो

महेन्द्रनगर- भारतीय सीमा पार गर्दै तस्करले दार्चुलाको उत्तरी नाकाबाट सात भारी बाघको छाला र हाड (अखेटोपहार) नेपाल भित्र्याएको खुलेको छ। बिहीबार राति नेपाल भित्र्याइएको अखेटोपहार उनीहरुले भरियामार्फत तिब्बतको ताक्लाकोटतर्फ लगेको...

मौसम सूचना दिने संयन्त्र छैन

काठमाडौं- हिमपातमा ज्यान गुमाउनेको संख्या आइतबार साँझसम्म ४० पुगेको छ। घाइते र उद्धार गरिएकाहरूको नाम र संख्या रेकर्ड राख्न सरकार असफल छ। हराइरहेका सर्वसाधारणतिर त ध्यान दिनै भ्याएको छैन।

जोरपाटीमा आगलागी

काठमाडौं– जोरपाटी दक्षिणढोकाको एक मोटर ग्यारेजमा अाइतबार राति आगलागी भएको छ। ग्यारेजमा प्रज्वलनशील पदार्थ भएकाले आगलागी ठूलो भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र र स्थानीयवासीले दमकलको सहयोगमा आगो नियन्त्रणमा...

तीन किलो चाँदीसहित तीन भारतीय पक्राउ

विराटनगर– भारतबाट आउने ट्रकबाट तीन किलो चाँदीका सामान ल्याउँदै गरेको अवस्थामा विराटनगर भन्सारनजिक तीन भारतीय नागरिक पक्राउ परेका छन्।

माथिल्लो डोल्पाबाट थप १० जनाको उद्धार

जुम्ला– माथिल्लो डोल्पामा हिमपातमा परेर अलपत्र परेका १० जनाको आइतबार उद्धार गरिएको छ। डोल्पाको से फोक्सोन्डु, साल्दाङ हुँदै माथिल्लो डोल्पाको छार्का गाविस जाने क्रममा हिउँ परेपछि अलपत्र परेका १० पर्यटकलाई...

भारतीय 'जेल'बाट नेपाली उद्योगीलाई शृंखलाबद्ध धम्की

वीरगन्ज– तीन महिनादेखि वीरगन्जका उद्योगी–व्यवसायीहरूलाई आइरहेको धम्कीको 'फोन कल' भारतको पूर्वी चम्पारण जिल्लाको मोतिहारी जेलबाट भएको खुलेको छ। सीमापारिका सुरक्षा निकायसँग पछिल्लो समयमा सीमावर्ती नेपाल प्रहरीको समन्वय बिग्रिएका कारण आपराधिक...

बलात्कार आरोपमा शिक्षा कर्मचारी पक्राउ

नुवाकोट– एक होटलमा काम गर्ने नाबालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला शिक्षा कार्यालय नुवाकोटका एक कर्मचारी पक्राउ परेका छन्।