Monday 16 Bhadra, 2071 |
Menu

समाज

श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै भाला प्रहार

  • आइतबार ३० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
विराटनगर — मोरङको केराबारी गाविसका बुद्धराज गामवाङ लिम्बूले सोही स्थानका कुमार भुजेललाई भाला प्रहारी गरी शनिबार राति घाइते बनाएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार केराबारी हाटखोला–९ बस्ने ५० वर्षीय लिम्बूले आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको शंकामा सोही स्थान बस्ने ३५ वर्षीय भुजेललाई भाला प्रहार गरी घाइते बनाएका हुन्।

घाइते भुजेललाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने लिम्बू फरार भएका छन्।

लिम्बूको खोजतलास जारी रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मन्त्रीको विरोधमा जनकपुर बन्द, नागरिक जलाइयो

मन्त्रीको विरोधमा जनकपुर बन्द, नागरिक जलाइयो

जनकपुर- जनकपुरको विकास आयोजना कार्यान्वयनमा अवरोधक बनेको आरोप लगाउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिको विरोधमा आन्दोलित सर्वदलीय संघर्ष समितिले जनकपुर बन्द गराएको छ। एडिबीको ऋणअनुदानमा प्राप्त जनकपुरको विकास...

अञ्चल अस्पतालमै विशेषज्ञ डाक्टर पढाइने

काठमाडौं- सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा सञ्चालित विशेषज्ञ चिकित्सक (एमडी/एमएस) उत्पादन कार्यक्रमलाई क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पतालसम्म विस्तार गर्ने भएको छ। न्यून शुल्कमा गुणस्तरीय चिकित्सक उत्पादन बढाउँदै काठमाडौंबाहिर पनि...

'इन्धन स्तरीय नहुँदा वायु प्रदूषण ज्यादा'

'इन्धन स्तरीय नहुँदा वायु प्रदूषण ज्यादा'

काठमाडौं- वायु प्रदूषण नियन्त्रण र वातावरण मैत्री प्रविधि क्षेत्रमा कार्यरत विज्ञले सवारी साधनमा प्रयोग हुने इन्धनलाई गुणस्तरीय बनाउन नसक्दा दक्षिण एसियाली मुलुकले वायु प्रदूषणको समस्या झेलिरहेको बताएका छन्।

जंगली हात्तीले पर्खाल भत्काउँदा एक वृद्धाको मृत्यु

इटहरी- इटहरी-२ तालतलैयामा हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ। आइतार मध्यरात आएको जंगली हात्तीले तालतलैयाको एक घरको पर्खाल भत्काउँदा ८८ वर्षीया राममाया राईको मृत्यु भएको हो। इट्टाले च्यापिएका उनलाई...

सुनकोसी विपत्ति : राति नै भागेका थिए इटिनीवासी

सिन्धुपाल्चोक- कान्ले चट्टाने ढिस्कोमूनि इटिनी गाउँ। अलि तल सुनकोसी किनारमा अरनिको राजमार्गसँगै जोडिएको ड्यामसाइट बजार (पुरानो नाम वनसाँघु)। साउन १६ गते। बिहानैदेखि कान्ले ढिस्कोबाट स–साना ढुंगा खस्न थाले। सशंकित इटिनीवासीले...

सुनकोसी ताल तीन मिटर घट्यो

सिन्धुपाल्चोक- नेपाली सेनाले साता लगाएर दोस्रो मुख (सेकेन्डरी च्यानल) मा बनाएको कफर्ड ड्याम खोलेपछि कान्ले पहिरोले सुनकोसी थुनेर बनाएको कृत्रिम तालको सतह आइतबारसम्ममा तीन मिटर घटेको छ।

स्तुप जोगाउन प्लास्टिकको पाल

स्तुप जोगाउन प्लास्टिकको पाल

पोखरा- पहिरोको उच्च जोखिममा रहेको कास्कीको विश्व शान्तिस्तुप जोगाउन पहिरो गएको ठाउँमा प्लास्टिकको पालले छोपेर पानी तर्काउने उपाय अपनाइएको छ। बर्खाको पानीले पुम्दीभुम्दी–१, अनदुस्थित स्तुपको जमिन खोतलेर थप कमजोर बनाउने...

रौतहटका दुई भैसीव्यापारीमाथि भारतमा गोली प्रहार

रौतहट– भैंसी किन्न भारत गएका दुई नेपालीमाथि सीतामढी जिल्लाको सुपी प्रखण्डको ससौला ग्राम पञ्चायतनजिक गोली प्रहार भएको छ। मोटरसाइकलमा गइरहेका रौतहट जिगडवा वेलविछवा २ का ३५ वर्षे से सराजुल र...