15 Kartik, 2071 |
Menu

समाज

मन्त्रालयका डाक्टरले परीक्षण गरेपछि आफन्तले शव बुझे

  • आइतबार ३० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)


खोटाङ — उपचारका क्रममा अस्पतालमा मृत्यु भएका खोटाङका एक थुनुवाको शव चार दिनपछि आफन्तले बुझेका छन्। स्वास्थ्य मन्त्रालयबाट आएका डाक्टर युवराज पोखरेलले राष्ट्रिय मानव अधिकार आयोगका जीवन न्यौपाने र सरोकारवालाहरूको रोहबरमा शनिबार शव परीक्षण गरेपछि पाथेका–२ का १८ वर्षीय भूदेऊ राई भन्ने किरणका आफन्तले शव बुझेका हुन्।
थुनामा राखिएका राईको प्रहरी यातनाका कारण मृत्यु भएको भन्दै आफन्तजनले शव नबुझ्ने अडान लिएपछि काठमाडौँबाट स्वास्थ्यकर्मी र मावन अधिकारकर्मी झिकाइएको थियो।

हत्याको आरोपमा गत जेठ–२८ गते पक्राउ परेर पुर्पक्षका लागि थुनामा राखिएका राईको दिक्तेलस्थित जिल्ला अस्पतालमा बुधबार बिहान ११ बजे मृत्यु भएको थियो ।

आफन्तले प्रहरीको चरम यातनाले उनको मृत्यु भएको दाबी गर्दै उच्चस्तरीय छानबिन समिति गठन, दोषीमाथि कारबाही र क्षतिपूर्तिको मागसहित राष्ट्रिय मानव अधिकार आयोग र जिल्ला प्रशासन कार्यालमा उजुरी दिएका थिए।

जिल्लास्थित प्रहरी, प्रशासन र चिकित्सकले राईको मृत्युको कारण निमोनिया भएको बताएपछि आफन्त आक्रोशित बनेका थिए। आफन्तले चिकित्सकसँग समेत अविश्वास भएको भन्दै अन्यत्रबाट चिकित्सक झिकाएर शव परीक्षण गराउनुपर्ने माग राखेका थिए।

राई बास्पानी–९ का अकिल राईसँग असार–२१ गते बिहान जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतबाट भागेका थिए। उनलाई भागेको दुई घन्टापछि जिल्लाको दक्षिणी गाविस बुइपास्थित कट्टीको जङ्गलबाट पक्राउ गरिएको थियो। सँगै फरार अकिललाई भने अझै फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

गत जेठ २० गते साकेला सिली प्रदर्शनीमा खार्मी–६ का ध्रुव श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेठ–२८ गते राई पक्राउ परेका थिए। असार–२३ गते अदालतले पुर्पक्षका लागि राईलाई थुनामा राख्ने आदेश दिएको थियो।

प्रश्नपत्र आउट गर्ने शिक्षकविरुद्ध अख्तियारमा मुद्दा

लहान- बीबीएस प्रथम वर्षको अर्थशास्त्र विषयको प्रश्नपत्र आउट गर्ने शिक्षकविरुद्ध अख्तियारमा मुद्दा दर्ता भएको छ। सार्वजनिक अपराध ऐनमा जिल्ला प्रसाशन सिरहाले धरौटीमा छाडेलगत्तै शिक्षक सुरेश रामविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

मकवानपुरमा दुई बस जुद्घा १० को मृत्यु, ३० घाइते

चितवन/रौतहट-काठमाडौंबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौं आउँदै गरेको यात्रुबस मकवानपुरको बसामाडीमा एक आपासमा ठोकिँदा १० जनाको मृत्यु भएको छ। महेन्द्र राजमार्गअन्तर्गत पर्ने बसामाडीमा शनिबार बिहान सवा २ बजे दुर्घटना हुँदा ८...

हिमपातको मौका छोप्दै बर्सेनि तस्करी

हिमपातको मौका छोप्दै बर्सेनि तस्करी

महेन्द्रनगर-असोज अन्तिम सातातिर तस्करले दार्चुलाको तिंकर नाका हुँदै बाघको छालाहाडसहितको सात भारी आखेटोपहार तिब्बतको ताक्लाकोट पुर्याेए। यसको साताअघि मात्र सीमा प्रहरी चौकी तिंकरमा कार्यरत प्रहरी एक दिनवरको ब्यास गाविसको सीतापुल...

ग्रामीण सडकमा पर्मिटबिनै गाडी

बागलुङ-जोखिमपूर्ण ग्रामीण कच्ची सडकमा सवारी गुडाउँदा असोज पहिलो साता म्याग्दीको हिस्तानमा १३ जनाको ज्यान गयो। रुट पर्मिट नभएको बेनी—राम्चे सडकमा जबर्जस्ती सवारी चलाउँदा ठूलो मानवीय क्षति भएको म्याग्दीका प्रहरी नायव...

द्वन्द्वपीडितले राहत पाएनन्

द्वन्द्वपीडितले राहत पाएनन्

पर्वत-आँखा लागेको मात्रै हुन्छ। एक्कासि झस्किएर बर्बराउन थाल्छिन्, कुस्मा–११ की पार्वती गिरी– ‘बाबु, तिमी कहाँ छौ?' पत्नीको बिलौना सुनेर देव गिरी सम्झाउन थाल्छन्– ‘अब नरोऊ, सबै फल पाक्न पाउँदैनन्, चित्त...

कालीगण्डकीमा मुलुककै अग्लो झोलुंगे पुल

कालीगण्डकीमा मुलुककै अग्लो झोलुंगे पुल

बागलुङ-कालीगण्डकी नदीमा मुलुककै सबैभन्दा उचाइको झोलुंगे पुल निर्माण गरिएको छ। बागलुङको दक्षिणी क्षेत्रका करिब एक दर्जन गाविसलाई नारायणस्थान कैयाबाट पर्वत सदरमुकाम कुस्मा जोड्न पुल निर्माण गरिएको हो। पुल बनेपछि डेढ...

मकवानपुर बस दुर्घटना: इलाममा शोक

इलाम-पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको बसामाडी गाविसको बस्तीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने ९ जनाको परिवारमा रुवावासी मच्चिएको छ। दुर्घटनाको खबरले झिसमिसेबाटै ब्युँझिएको इलाम शोकमा डुबेको छ।

रारातालबाट नौबुँदे जलवायु घोषणा

रारातालबाट नौबुँदे जलवायु घोषणा

राराताल (मुगु)-रारातालको किनारमा शुक्रबार सम्पन्न जलवायु परिवर्तनसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलनले जलवायु परिवर्तनबाट सिर्जित समस्याबाट हिमाली र पहाडी क्षेत्रका समुदाय आक्रान्त भएको स्विकार्दै विश्वका विकसित र शक्तिशाली मुलुकलाई तत्काल समस्या सम्बोधन...