Wednesday 5 Kartik, 2071 |
Menu

समाज

अमेरिका बस्नेको जग्गा केरुङ बस्नेका नाममा पुग्यो

  • शुक्रबार २१ असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
सोलुखुम्बु — अमेरिकामा बस्दै आएका टाप्टिङ– ७ सोलुखुम्बुका छोङकर्मा शेर्पाको सल्लेरी– ५ आवाडाँडामा रहेको जग्गा अरुकै नाममा दर्ता गरिएको पाइएको छ। शेर्पाको नाममा रहेको कित्ता नम्बर २११८ को जग्गा सडक भाग छुट्टिँदा नयाँ दर्ता भएको कित्ता नम्बर ३६०७ नम्बरको ८४.७५ वर्गमिटर जग्गा हराएको हो।


फाप्लु जन्तरधाप सडक आयोजनाले जग्गाधनीहरुलाई मुआब्जा वितरण गर्ने खबर पाएपछि मुआब्जा लिन जाँदा मुआब्जा रकम अरुले नै लगिसकेको र जग्गासमेत छोङकर्माको नाममा नरहेको पाइएको हो।  जग्गाको खरिद बिक्रीसमेत नभई जग्गा हराएपछि छोङकर्माका बाबु डी शेर्पाले नापी कार्यालयमा जग्गा खोजिदिन निवेदन दिएका थिए। नापी कार्यालयमा प्राप्त निवेदनका आधारमा जग्गा खोजी गर्दा सो जग्गा केरुङ– २, सोलुखुम्बुका आङ याङडी शेर्पाको नाममा रहेको पाइएको थियो।

पुरानो दस्तावेजलाई केलाउँदा छोङकर्मा शेर्पाकै नाममा जग्गा पाएपछि याङडीले आफूले जानाजानी नभई आफ्नो जग्गा दर्ता गर्दा भूलबस उक्त जग्गा पनि आएको भएको भन्दै जग्गा फिर्ता गरिदिएका छन् ।
प्रणवलाई सधैं कुकुर तिहार

प्रणवलाई सधैं कुकुर तिहार

भक्तपुर-भुस्याहा कुकुर, त्यसमा पनि बिरामी, कतिका लागि छिःछि र दुरःदुर हुन्छन्। भक्तपुर–१२ गपलीका प्रणव जोशी भने तिनलाई अँगाल्छन् र उपचारमा जुट्छन्।

पतिद्वारा जलाइएकी हेमाको मृत्यु

काठमाडौं-पतिद्वारा आगो लगाएर जलाइएकी नेपालगन्ज भुजिपीकी २५ वर्षीया हेमा धोवीको मंगलबार मृत्यु भएको छ। उपचारका लागि वीर अस्पताल ल्याइएकी हेमाको उपचारक्रममा मृत्यु भएको हो। उनलाई एक साताअघि नेपालगन्जबाट वीर अस्तपाल...

तीनकुने–गौशाला सडक थप फराक

काठमाडौं-दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले तीनकुने–एयरपोर्ट–गौशाला सडक खण्डको दुवैतर्फ दुईदुई मिटर सडक फराकिलो पारेको छ।

तिहार सुरक्षा, सडक दुर्घटना रोक्न जोड

काठमाडौं-दसैंमा भएका ठूला सवारी दुर्घटनाको संख्यालाई हेरेर प्रहरीले तिहारको सुरक्षा रणनीतिलाई सवारी दुर्घटना नियन्त्रण केन्द्रित बनाएको छ। बढी यात्रु राखेर जोखिमपूर्ण सवारीमार्गमा यात्रा गराउँदा डोटी लगायत स्थानमा दुर्घटनामा ठूलो मानवीय...

४ किलो सुन सहित एक पक्राउ

तातोपानी-तातोपानीमा दिनहुँजसो सुन बरामद हुन थालेको छ। मंगलबार चार किलो सुनसहित एक पक्राउ परेका छन्। सोमबार मात्र १३ किलो सुन बरामद भएको थियो।

४० हजार यूरो र २० लाख जापानी यानसहित एक पक्राउ

तातोपानी-तातोपानी नाका हुँदै अवैध रुपमा खासा लगिंदै गरिएको यूरो र जापानी यानसहित मंगलबार एकजना पक्राउ परेका छन्। ४० हजार ६ सय यूरो र २० लाख जापानी यानसहित बाह्रविसे–१ का ४२...

आमादब्लम हिमालमा एक रसियन आरोहीको निधन

सोलुखुम्बु-आमादब्लम हिमाल चढेर फर्कँदै गरेका एक रसियन आरोहीको दुर्घटनामा निधन भएको छ। क्याम्प २ बाट क्याम्प १ तर्फ झर्ने क्रममा डोरी चुँडिएपछि ४२ बर्षीया आरोही मुप्याड असुरल्लीको निधन भएको डिएसपी...

दैलेखमा जीप दुर्घटना ३ को मृत्यु, १५ घाईते

दैलेख– मंगलवार दिउँसो दैलेख सदरमुकामदेखी नौमुले जाँदै गरेको भे १ ज ५६० नम्वरको मुस्ताङ म्याक्स जिप नारायण नगरपालिका – ४ स्थिति विनिखोलामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा...