Friday 14 Kartik, 2071 |
Menu

समाज

नातिनी बलात्कार गर्नेलाई १३ वर्ष कैद

  • शुक्रबार २१ असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
गजुरी (धादिङ) - आफ्नै नाबालिक नातिनीलाई बलात्कार गर्ने हजुरबाबुलाई जिल्ला अदालत धादिङले १३ वर्ष कैद फैसला गरेको छ। धादिङ मैदी गाविसका साने सार्कीलाई बच्चालाई जबर्जस्ती करणीमा १० वर्ष र हाडनाता करणीमा थप तीन वर्षसहित १३ वर्ष जेल सजाय हुने फैसला गरिएको हो।
पीडित पक्षलाई रु २५ हजार क्षतिपूर्ति दिन पनि अदालतले फैसलामा उल्लेख गरेको छ। मैदी गाविस–९ छापथोकका ५६ वर्षीय सार्की ०६९ पुस २० गते साँझ घरमा खेलिरहेकी नौ वर्षीया बालिकालाई खानेकुरा दिने प्रलोभन देखाएर कोठामा लगी बलात्कार गरी फरार भएका थिए। 

सार्कीलाई स्थानीयवासीको सहयोगमा चितवनको खैरेनीबाट प्रहरीले माघ ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको थियो। 

यसैगरी एक छिमेकी महिला र उनकी बालिका छोरीलाई बन्चरो प्रहार गरी हत्या गरेपछि शवमाथि करणी गर्ने ढोला गाविस वडा नं २ पोखरीपानीका बैरागी भन्ने सुवास थापामगरलाई पनि जिल्ला अदालतले ३९ वर्षको जेल सजाय र पीडितलाई रु दुई लाख क्षतिपूर्ति दिन आदेश जारी गरेको छ। 

निजले तीन वर्षअघि ०६७ असोज ६ गते सोही स्थानका नीरमायाँ पुलामी र उनकै छोरी अनुस्का पुलामीलाई सुतेको ठाउँमा बन्चरोले हानेर हत्या गरी करणी गरेका थिए। 

यसैगरी छत्रेदेउराली गाविस वडा नं ५ की वृछा चनमती तामाङलाई हत्या गरी बलात्कार गर्नेहरुलाई जिल्ला अदालतले ३१ वर्षको कैद सजाय सुनाएको छ। 

जिल्ला अदालतले प्रतिवादी नीरज तामाङलाई कर्तव्य ज्यानमा सर्वश्वसहित जन्मकैद (२० वर्ष) जबर्जस्ती करणी गरेकाले सात वर्ष, चोरीसमेत गरेकाले एक महिना १५ दिन, जरिवानावापतको चार वर्ष कैद गरी ३१ वर्षको जेल सजाय सुनाइएको हो। 

सोही घटनामा संलग्न रामलाल तामाङलाई कर्तव्य ज्यानमा तीन वर्ष ६ महिना, जरिवानावापतको चार वर्ष कैद र चोरी गरेकाले एक महिना १५ दिन कैद गर्न फैसला सुनाइएको छ भने पीडित परिवारलाई रु ५० हजार क्षतिपूर्ति दिन आदेश गरिएको छ। 

प्रतिवादीहरुले ०६७ भदौ ५ गते बेलुका घरमा सुतेको बेला घरभित्र छिरेर बलात्कार गर्न खोज्दा नसकेपछि घाँटी थिचेर हत्या गरी शवमाथि बलात्कार गरेका थिए।
विज्ञको सुझाव – विपद् हेर्न छुट्टै मन्त्रालय

विज्ञको सुझाव – विपद् हेर्न छुट्टै मन्त्रालय

सिन्धुपाल्चोक– नेपालमा विपद् व्यवस्थापनका लागि छुट्टै स्वतन्त्र निकायको आवश्यकता विज्ञले औंल्याएका छन्। कान्ले पहिरोको स्थलगत अध्ययनपछि सरकारलाई बुझाइएको प्रतिवेदनमा भूगर्भविद्ले प्रधानमन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापन मन्त्रालय वा निकाय गठन गर्न सुझाएका...

जर्मनी जाने विद्यार्थी बढे

काठमाडौं– नेपालबाट जर्मनीका विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बर्सेनि बढ्दै गएको छ। अघिल्लो वर्ष ९ सयभन्दा बढी नेपाली विद्यार्थी भित्र्याएको जर्मनीले यस वर्ष (सन् २०१४) १...

सकियो रारा सम्मेलन, ९ बुँदे घोषणापत्र जारी

सकियो रारा सम्मेलन, ९ बुँदे घोषणापत्र जारी

राराताल (मुगु)– जलवायु परिवर्तनसम्बन्धी रारा सम्मेलनले जलवायु परिवर्तनबाट सिर्जित समस्याबाट हिमाली र पहाडी क्षेत्रका समुदाय आक्रान्त भएको स्वीकार गर्दै विश्वका विकसित र शक्तिशाली मुलुकलाई समस्या तत्काल सम्बोधन गर्न आग्रह गरेको...

क्रेडिट कार्ड दुरुपयोग गरी ८ हजार डलर निकाल्ने पक्राउ

काठमाडौं—अरुको क्रेडिट कार्ड दुरुपयोग गरी रकम निकालेको अभियोगमा प्रहरीले प्रल्हाद पौडेललाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक मांखा घर भएका पौडेलले जमलमा ल्याण्ड लक ट्राभल एजेन्सी संचालन गर्दै आएका थिए।

काठमाडौंबाट अन्तरीक्ष केन्द्र देखिने

काठमाडौं— काठमाडौंको मौसम सफा रहे आज साँझ ५ बजेर ४३ मिनेट जाँदा अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र देखिनेछ। ४१ डिग्रीबाट हेर्दा पश्चिम उत्तर (डब्लुएनडब्लु) देखिने केन्द्र ६ मिनेटमा दक्षिण पूर्वी (एसएसइ) दिशामा...

घुम्नेलाई मौसमको साथ

घुम्नेलाई मौसमको साथ

इलाम-'तिहारपछि चाहिँ परिवारै आउने' अन्तुडाँडामा भेटिएका झापा जयपुरका सुवास खतिवडा झुल्केघाम नियालिसकेपछि भन्दैथिए, 'गज्जबकै ठाउँ रहेछ नि!' पूर्व–पश्चिम राजमार्गको झापास्थित चारआलीबाट ५५ किमी दूरीमा अवस्थित अन्तुडाँडा सूर्योदयको दृश्यावलोकननिम्ति मुलुक प्रसिद्ध...

पुस्तकालयमा पाठकै छैनन्

पुस्तकालयमा पाठकै छैनन्

काठमाडौं-सरकारलाई हस्तान्तरण गरिएको लाजिम्पाटस्थित डा. डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयमा ३० हजारभन्दा बढी पुस्तक छन्। त्यहाँ इतिहास, धर्म–संस्कृति, राजनीति, जीवनी, साहित्य, दर्शन लगायत विधाका विश्वप्रसिद्ध पुस्तक राखिए पनि थोरैले मात्र चासो...

एमबिबिएस छात्रवृत्ति कोटा भर्ना, विवादको घानमा ‘डाक्टर सपना’

काठमाडौं-बुटवलका २० वर्षीय कृष्ण खरालले एमबिबिएस पढ्न गत वर्ष शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा नाम निकालेका थिए। सानैदेखिको डाक्टर बन्ने सपना पूरा हुने देखेका उनको भुइँमा खुट्टै थिएन।