Wednesday 15 Ashwin, 2071 |
Menu

समाज

softworica

जंगली छावालाई घरेलु ढोईको माया

  • शुक्रबार २१ असार, २०७०
  • रमेशकुमार पौडेल
  • DISQUS_COMMENTS
(0 votes)
जंगली छावा (दायाँ) र आफ्नो छावासँगै दूध चुसाउँदै चितवनकली। तस्बिर : नागरिक जंगली छावा (दायाँ) र आफ्नो छावासँगै दूध चुसाउँदै चितवनकली। तस्बिर : नागरिक

चितवन - अलपत्र बच्चालाई मान्छेले मात्र होइन, वन्यजन्तुले पनि उत्तिकै माया गर्दो रहेछ। चितवन राष्ट्रिय निकुञ्ज सौराहाको हात्तीसारमा अचेल रमाइलो दृश्य देखिन्छ। उद्धार गरेर ल्याइएको जंगली हात्तीको बच्चा (छावा)लाई घरेलु हात्तीले दूध चुसाउँछ। अन्य पोथी हात्ती सुँढले छावा सुमसुम्याउन तँछाडमछाड गर्छन्।
रौतहट वागमती किनारमा अलपत्र जंगली छावालाई पर्सा वन्यजन्तु आरक्षका अधिकारीले सौराहा ल्याएका हुन्। असार १७ गते दिउँसो त्यहाँ ल्याइएको छावाले असार १४ गते राति बच्चा जन्माएकी चितवनकलीको दूध चुस्न पाएको छ।
'सुरुमा यो छावा नजिक जान हिच्किचाउँथ्यो। अहिले त दूध चुसेको चुस्यै गरेर माउलाई हैरान बनाउन थालेको छ,' हात्तीसारका प्रमुख विचित्रकुमार चौधरीले भने। चितवनकलीले जन्माएको छावा पोथी हो। जंगली छावा भाले हो। जंगली छावा २० दिनअघि जन्मिएको हात्तीसारका कर्मचारीको अनुमान छ।
छावाले करिब एक वर्षसम्म आमाको दूध मात्र खान्छ। त्यसपछि बल्ल घाँस खान थाल्छ। 'दूध चुस्न पाएन भने छावा धेरै दिन बाँच्न सक्दैन,' केन्द्रका प्रमुख चौधरीले भने। भर्खर बच्चा जन्माएकी चितवनकलीको दूध चुस्न पाएको छावाले अरु पोथी हात्तीको पनि उत्तिकै माया पाएको छ। पोथी हात्ती ऐश्वर्यमाला छावा खेलाउन मरिहत्ते गर्छ।
'चितवनकलीसहित यहाँ ६ वटा पोथी हात्ती (ढोई) छन्। सुत्केरी चितवनकलीलाई त बच्चा मनपर्ने नै भयो। अरु पोथी पनि उत्तिकै हुरुक्क हुन्छन्। ऐश्वर्यामाला त झन् बच्चा खेलाउन सुत्केरीभन्दा पनि बढी मरिहत्ते गर्छे,' चौधरीले भने। दूध र माया पाएकाले जंगली छावा हृष्टपुष्ट हुँदै आएको छ। 
पटक–पटक दूध चुसेर हैरान गरेपछि छावालाई बाँधेर राख्नुपरेको छ। दुई छावाले दूध चुस्ने भएकाले हात्तीलाई पौष्टिक पदार्थ थप्न हात्तीसारका कर्मचारीलाई भ्याइनभ्याई छ। हात्तीले जुम्ल्याहा बच्चा प्रायः जन्माउँदैन। खोरसोरमा रहेको हात्ती प्रजनन् केन्द्रमा पाँच वर्षअघि एउटा ढोईले जुम्ल्याहा जन्माएको थियो। एउटा जन्माए पनि चितवनकलीलाई दुई बच्चा हुर्काउने जिम्मेवारी थपिएको छ।
'आफ्नो समूह र आमाबाट बिछोडिनु दुर्भाग्य हो। तर, यहाँ भर्खर बच्चा जन्माएको ढोई भएकाले उसलाई हुर्कन सहज हुने भयो,' चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने। हात्ती समूहमा मिलेर बस्ने प्राणी हो। फरक समूहका ठूला भाले हात्ती एक अर्कामा घुलमिल हुन सक्दैनन्। तर, पोथी हात्तीमा यस्तो समस्या हुँदैन।

बाढीपीडितलाई त्रासैत्रास

दाङ- साउन अन्तिम साता बबईको बाढीले ज्यानबाहेक सबै बगायो। तैपनि पुरन्धारा–९ का ओमबहादुर घर्तीले हार मानेनन्। फेरि बास जुटाउने प्रयासमा लागे। छँदाखाँदाको घर बगेपछि बस्तीपारिको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा...

अझै खुलेन जानकी अस्पताल

जनकपुर- जानकी मेडिकल शिक्षण अस्पतालको जनकपुरस्थित सिटी अस्पताल तीन हप्तादेखि बन्द छ। लामो समयदेखि तलब नदिएको भन्दै डाक्टर–कर्मचारी आन्दोलनमा उत्रेपछि अस्पताल बन्द भएको हो। 

आज फूलपाती

काठमाडौं-नेपालीको महान चाड बडा दसैंअन्तर्गत आज (बुधबार) सप्तमी तिथिमा नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ। फूलपातीको दिन काठमाडौं हनुमानढोकास्थित दुर्गाभवानीको प्रतिमा राखिएको दसैंघरमा पनि शुभसाइतका रुपमा विधिवत फूलपाती भित्र्याइन्छ। शुभसाइतका रुपमा...

तीनवर्षे बिबिए चारवर्षे सरह

काठमाडौं-शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनबाट नेपालमा सञ्चालित निजी कलेजको तीनवर्षे बिबिए कोर्सलाई चारवार्षे स्नातक तहको कोर्ससरह मान्यता दिने निर्णय गरेको छ।

‘जमघट र खानपिनमा सजक रहनू’

काठमाडौं-चाडबाड क्रममा पारिवारिक जमघट, भ्रमण र भेटघाट जति हार्दिक र आनन्ददायक हुन्छ, उचित सावधानी नअपनाउँदा यही जमघट र खानपान रोग फैलाउने कारक बन्न सक्छ।

विनाशपछि भित्रियो गाउँमा विकास

विनाशपछि भित्रियो गाउँमा विकास

जुरे (सिन्धुपाल्चोक)-दुई महिना अघिसम्म सिन्धुपाल्चोक धुस्कुन–३ का ५४ वर्षीय लालबहादुर पहाडीले आफ्नो गाउँमा बाटो बन्ला, सुनकोसीमा पुल बन्ला भन्ने कल्पना गरेका थिएनन्।

हेलो सरकारको निर्देशन अवज्ञा, पाँच मन्त्रालयको सुनुवाइ शून्य

काठमाडौं- जनताको गुनासा सुन्नका लागि स्थापना गरिएको 'हेलो सरकार' कक्षले दिएको निर्देशन पछिल्ला दिनमा कार्यान्वयन हुन छाडेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना भएको कक्षमा आएका गुनासा सुनुवाइका लागि विभिन्न...

‘एग्रोब्रिज' राखेर ट्र्याक सञ्चालनमा

सिन्धुपाल्चोक– मुलुकमै पहिलोपटक ‘एग्रोब्रिज' राखेर नेपाली सेनाले खोलेको सडक ट्र्याक सञ्चालनमा आएको छ। सेनाले टोलीले डेढ महिनाभन्दा बढी समय लगाएर खोलेको ११ किमि लामो खाडीचौर–ड्याम–टेकानपुर–धुस्कुन ट्र्याक प्रधानसेनापति गौरवशमशेर जबराले सोमबार...