Wednesday 23 Ashad, 2072 |
Menu

समाज

ist-cc

हराएका नौ जना नभेटिएपछि आफन्त खाली हात

  • शुक्रबार २१ असार, २०७०
  • चाँदनी हमाल
  • DISQUS_COMMENTS
(0 votes)
गैंडाकोट - भारतको केदारनाथ, बद्रीनाथ, हरिद्वार तीर्थयात्राका क्रममा असार पहिलो साताको भिषण बाढीमा हराएका नवलपरासी गैंडाकोटका नौजना फेला नपरेपछि उनीहरुका आफन्त खाली हात घर फर्केका छन्। गैंडाकोट–आदर्श गाविस–१ का नौ जना खोज्न आफन्तले पन्ध्र दिन खोज्दा पनि नौ जनाको केही पत्तो नलागेपछि उनीहरु बुधबार राति घर आइपुगेका हुन्। आफ्नो परिवार फेला नपर्दा परिवारजन र छरछिमेक शोकमा डुबेका छन्।
'खोज्न गएका छोराहरु फर्के तर दाजुभाउजु सहित नौजनाको खबर पाइएन,' हराएका कीर्तिनाथ चालिसेका भाइ एकनाथ चालिसेले भने, 'न त सास न त आशजस्तो भएका छौं।' उनले नेपाल सरकार, नेपाली राजदूतावास र प्रहरी प्रशासनले खोजीमा बेवास्ता गरेको आरोप लगाए। 
तीर्थयात्रामा हराएकामा एकै परिवारका ७२ वर्षे कीर्तिनाथ, श्रीमती ७० वर्षे जमुना, उनका माइला छोरा ४४ वर्षे हरिश्चन्द्र चालिसे छन्। त्यस्तै, गाउँकै अर्को चालिसे परिवारका हिरादेवी चालिसे, उनका श्रीमान देवनारायण र उनकी बहिनी रामकला पौडेल पनि चारधाम गर्न जाँदा आएको बाढीमा हराएका छन्। उनीहरुसँगै गएका पौडेल परिवारका नेत्र पौडेल र उनकी पत्नी विष्णुकला पौडेलसँगै छिमेकी इश्वरा लम्सालको पनि अझै केही पत्तो लागेको छैन। जेठ १९ गते तीर्थयात्रा गएका उनीहरु केदारनाथ पुगेर घर फर्कने तयारीमा थिए। तर त्यही मेसोमा भारी वर्षासँगैको बाढीपछि उनीहरु बेखबर बने। 
'बुबा, आमा र दाइको फोटो ठाउँठाउँ देखाउँदै खोज्यौं तर खबर पाइएन,' साइला छोरा मोतीचन्द्र चालिसेले भने, 'सम्भावना रहेका ठाउँको इलाकाइलाका पनि छाडेनौं।' बाबुआमा र दाजु हराएको एकहप्ता नबित्दै खोजीमा निस्केका उनीसहितका दाजु र छरछिमेकले दिनको कैयौं घन्टा अनकन्टारमा हिँडेर आफन्तको खोजी गरेको चालिसेले बताए। हराएकाको खोजी गर्न कीर्तिनाथ चालिसेका छोरा कृष्णचन्द्र चालिसे, उनका छोरा हिमाल, मोतीचन्द्र चालिसे, शालीग्राम आचार्य, उमानन्द शर्मा, निराजन पौडेल सहित ७ जना भारत गएका थिए।
'कतै जंगलमा भेटिहालिन्छ कि भनेर गइयो अरु मानिस बाटामा भेट्दा आफ्ना पनि छन् कि भन्ने आश लाग्थ्यो तर फेला परेन।'
सुरुमा हरिद्वार पुगेर त्यहाँको प्रहरी प्रशासन सबैतिर खोजेको उनले जानकारी दिए। 'ऋषिकेषमा उद्धार गरेकाहरुको लिस्ट पनि चहार्यौंो,' मोतीलालले खोजीको क्षण सुनाउँदै भने, 'जिल्लाका भारतीय डिएमसम्मलाई गुहार्यौं तर केही सीप लागेन।' उद्धारका क्रममा बिचल्लीमा परेका र केदारनाथ वरपर क्षतविक्षत शवहरुका माझ आफन्त खोज्दै हिँडेका उनीहरु पनि हराएझैं भएका थिए। शवमै पनि आफन्तको अनुहार देखिन्छ कि भनेर मन बाँधेर हेरे पनि नभेटिएको उनी बताउँछन्। केदारनाथ मन्दिर र एउटा आश्रमबाहेक अरु सबै बाढीले बगाएर उजाड बनेको उनीहरुले सुनाए।
........
हरिद्वार आश्रम सञ्चालक डा.घोष भन्ने व्यक्तिले हराएका नेपालीहरु खोज्न निकै सहयोग गरे। तर आफ्नै नेपालको राजदुताबासले भने कुनै सहयोग नगरेको गुनासो आफन्तहरुको छ। कम्तीमा मोबाईल फाने बाढी आउँदा कुन ठाउँमा थियो भनेर ट्रयास गरिदिनुस न भन्दा पनि केही सुविधा नभएको लाचारी दुताबासले प्रकट गरेको खोज्न गएकाहरु बताउछन्।
'उल्टै हामीहरुसँग सोधखोज गर्छन आफन्त भेटियो अरु को को बाटोमा भेट्नु भयो भनेर दुताबासले सोध्छन् ,'खोजीमा संलग्न एकले भने। 
भारतमा नेपालका कार्यबाहक राजदुत कृष्णराज पन्त सहित दुई काउन्सलर छन्। 
बल्ल बल्ल स्थानियको सहयोगमा पावर लगाएर फोनको कल डिटेल खोज्दा आफन्त भएको ठाउँको संकेत पाएका थिए। जेठ २९ गते गंगोत्रीमा त्यसपछि जेठ ३० गते केदारनाथ जाँदै गरेको अवस्थामा आफन्तको फोनको संकेत उनीहरुले पाए। त्यसपछि जेठ ३१ ग्ाते अरुकै मोबाईलबाट घरमा फोन गरेकाले त्यसपछि कता गएभन्ने पत्ता नपाइएको छोरा मोती चालिसेले बताए। 
फोनबाट सुईको नपाएपछि देहरादुन रेस्क्यु सेन्टरमा पनि पुगेर खोजी गरे। 
त्यहाँ नभेटिएपछि अब डिएनएको रिपोर्टका लागि खबरको प्रतिक्षा गर्नुस भन्ने जवाफ आफुहरुले पाएको आफन्तहरु बताउछन्। हराएको रिपोर्ट भारतिय प्रशासनमा गराउदै ठाउँ ठाउँमा फोटो र थरठेगाना छाडेर फर्किएको खोजीमा संलग्नहरु बताउछन्। 
आफै दुख गरेर खोजी गर्दा पनि अब एकप्रतिशतमात्र कतै जंगलमा भौताएिर बाँचेको आशमात्र आफन्तले राखेका छन्। अस्तीसम्म चारहजार मानिस बाढीमा मृत्यु भएको घोषणा भारत सरकारले गरिसकेको छ। काम गर्न गएका धेरै नेपालीले त्यस क्षेत्रमा ज्यान गुमाएपनि भारत सरकार र नेपाल सरकार दुबैले चासो नदिएको पिडीतहरुको छ। पराई त पराई भए नेपालीको माया नेपालीलाई हुनुपर्ने हो तर त्यस्तो देखिएन्। बाटाघाटामा छरपस्टिएका अधिकांस शव कामदार नेपालीको अलपत्र रहेको चालिसेका आफन्तहरु बताउछन्।
'आफ्नै बलले खोजीगर्दा पनि फेला पार्न सकेनौ उद्धारमा समेत कसैको सहयोग नपाउने नेपालीहरुको विछट्टै विजोग छ ',मोतीलाले भने।
बाबुआमासँगै हराएका हरिष्चन्द्रकी श्रीमती अमृता तीनबालबच्चा सहित काठमाण्डौ अलपत्र छिन्। 
नवलपरासीबाट गोरखपुरसम्म गाडीमा त्यसपछि रेलमा तिर्थयात्रामा निस्किएका उनीहरुले जगन्नाथ,हरिद्धार र केदारनाथ पुगिन्जेल परिवारका सदस्यलाई सम्पर्क गरिरहेका थिए। जेठ २७ गते केदारनाथबाट लाग्यौ अब हामीबद्रीनाथभन्दा तल र ऋषीकेषभन्दा माथील्लो स्थानमा बास बस्छौ भनर आफन्तलाई फोनमा भनेका थिए। नौ जना छिमेकी तिर्थयात्रामा हराए सरकार र प्रहरी प्रशासनले पनि खोज्न सहयोग नगरेको पौडेल परिवारका आफन्त उमेश आचार्य उल्लेख गर्छन्।

नेपाली युवतीलाई सिरियालगायतका मुलुकमा बेच्ने पक्राउ

काठमाडौं–नेपाली युवतीलाई सिरियामा पुर्याई बेच्ने काममा सक्रिय व्यक्ति प्रक्राउ परेका छन् । बुटवल शंकरनगर–३ घइ भई सिरियामा कष्टकर जीवन बाच्न बाध्य भएकी गेनु रेश्मी थापामगरलाई सिरियामा बेच्ने पर्वत उरामपोखरा–शोभाकान्त भट्टराईलाई...

बाजुरामा भूकम्प

काठमाडौं-बाजुरालाई केन्द्र बनाएर मंगलबार दिउँसाे ४.६ म्याग्नीच्युटकाे भूकम्प गएकाे छ । बजुराकाे श्रीनगर नजिकै केन्द्रविन्दु भएकाे भूकम्प गएकाे रािष्ट्रय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

सुन लुट्ने तीन युवकलाई ६ वर्ष कैद

खोटाङ– जिल्ला अदालत खोटाङले सुन लुटेको आरोपमा पक्राउ परेका तीन युवकलाई जरिवाना सहित कैंद सजाय सुनाएको छ। सामूहिकरुपमा सुन लुट्ने दिक्तेल नगरपालिका–६ का २७ वर्षीय सुबर्ण राई, दिक्तेल नगरपालिका–९ का...

बजेट सक्न किर्ते कार्यक्रम (भिडियो रिपोर्ट)

पाल्पा—तानसेन नगरपालिकाले किर्ते माइन्यूट गरेर कार्यक्रमहरु सम्पन्न भएको प्रतिबेदन तयार पारेको खुलासा भएको छ। आर्थिक वर्षको अन्तिममा कागजमा काम देखाएर बजेट अनियमितता गर्ने सरकारी शैलीलाई तानसेन नगरपालिकाले व्यवहारमा उतारेको हो।

भूकम्प पीडितलाई अनुदान उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन भारतीय पक्राउ

भूकम्प पीडितलाई अनुदान उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन भारतीय पक्राउ

रौतहट-भूकम्प पीडितको नाममा अनुदान उपलब्ध गराइदिने भन्दै ठगी गर्ने तीन भारतीय युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भारतका पूर्वी चम्पारण दरपा ग्राम पन्चायत कचहरीया टोल घर भएका सुजित कुमार,...

रेडपान्डाको प्रजनन् अबधिभर जंगल जान रोक

रसुवा–विश्वमै लोपोन्मुख रेडपाण्डा (हाब्रे) लगायतका जनावरको प्रजनन् समय भएको भन्दै निकुञ्ज क्षेत्रका स्थानीयले जंगल जान रोक लगाएका छन् । स्थानीय चोरी शिकारी नियन्त्रण समुह स्याफ्रुको जंगली क्षेत्रमा घाँस दाउरा काट्न...

विषालु गाेब्रे च्याउ खाँदा वादी परिवारका चार बिरामी

लम्की (कैलाली)– कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा जङ्गलको विषालु च्याउ खाँदा वादी समुदायका एकै परिवारका चार जना बिरामी परेका छन्।

पत्नी माइत गएको निहुँमा युवकद्वारा आत्महत्या

गौशाला(महोत्तरी)– महोत्तरीको मनरा गाविसमा एक युवकले आफ्नी श्रीमति माइत गएको निहुँमा झुन्डिएर आत्महत्या गरेका छन्।