Friday 4 Poush, 2071 |
Menu

समाज

बसले ट्रकलाई ठक्कर दिँदा १३ जना घाइते

  • शुक्रबार २१ असार, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट - पूर्व– पश्चिम महेन्द्रराजमार्ग सडक खण्ड अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर- १ स्थित लमहा जंगलमा भारतीय ट्रकलाई यात्रुबाहक बसले पछाडिबाट ठक्कर दिँदा १३ जना घाइते भएका छन्। घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। आज बिहान ५ बजे समयमा बिआर ३० बि १३१९ नम्बरको गुडिरहेको भारतीय ट्रकललाई काठमाडौंबाट राजविराज जाँदै गरेको ना४ख ६०७० नम्बरको यात्रुबाहक बसले पछाडिबाट ठक्कर दिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले दिएको जानकारी अनुसार भारतीय नम्बरको ट्रकले बाटो काटन साइड नदिएपछि पश्चिमबाट पूर्व तीब्र गतिमा आउँदै गरेको बसले अनियन्त्रित भइ ट्रकलाई ठक्कर दिएको थियो । 

घाइते मध्ये सप्तरी औरही-७ का २५ वर्षीय श्रवण राम र सिरहा सहवापुर-८ का १३ वर्षीय महम्दीन यूनिस को अवस्था गम्भीर रहेकोले थप उपचारका लागि भरतपुर पठाइएको छ। उनीहरुको टाउकोमा चोट लागेको चन्द्रनिगाहपुर अस्पतालले जनाएको छ। अन्य ११ जना घाइतेको उपचार चन्द्रनिगाहपुर अस्पतालमा भइरहेको प्रहरी नायव उपरीक्षक ध्रुवराज राउतले जनाएका छन्। 

दुर्घटना पछि नेपाल प्रहरी तथा स्थानीयले घाइतेहरुको उद्दार गरेका थिए। भारतीय नम्बरको ट्रकलाई ठक्कर दिएपछि बसको अगाडि सिटमा बसेका यात्रु घाइते भएका थिए। ठक्कर दिने बस र ट्रक प्रहरीको नियन्त्रणमा रहे पनि दुवै चालक फरार भएको नायव उपरीक्षक राउतले जानकारी दिए।

अख्तियारको डरले २७ शिक्षकले दिए राजीनामा

पुस- अख्तियारले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको शैक्षिक योग्यताको प्रमाणपत्र तथा अध्यापन अनुमति पत्रको छानबिन सुरु गरेपछि रुपन्देहीका शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन्।

सभासद् ओझाबाट १० लाख सहयोगको घोषणा

धनगढी- नेपाली कांग्रेसका युवा नेता एवम् सभासद् पुष्करनाथ ओझाले सेती अञ्चल अस्पताल धनगढीमा सघन उपचार कक्ष स्थापनाका लागि सांसद क्षेत्र विकास कार्यक्रममार्फत रु १० लाखको सहयोग गर्ने घोषणा गरेका छन्।...

'भारतमा हराइरहेका २२ नेपाली कारागारमा'

जनकपुरधाम- भारतको सतलोक आश्रममा हराइरहेका २२ नेपालीमध्ये एक जना भारतको हिसार (हरियाणा) चन्डिगढको कारागारमा रहेको परिवारजनले जनाएका छन्। गत कात्तिक २८ गतेदेखि मङ्सिर २ गतेसम्म सो आश्रममा भएको प्रहरी कारबाही...

बलात्कार आरोपीलाई अदालतद्वारा सफाइ

लहान-बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका दुईजनालाई बिहीबार जिल्ला अदालत सिरहाले सफाइ दिएको छ। जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिरहाको सिलोर्वा पछवारी गाविस-९ निवासी...

बहुविवाहका घटना बढ्दै

इलाम-इलाममा पछिल्लो समय बहुविवाहका घटना बढ्न थालेका छन्। पुस यता प्रहरीले तीन जोडीलाई बहुविवाह आरोपमा पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय पशुपतिनगरले पशुपतिनगर–६ मेहेलबोटेका मनबहादुर दर्जी र प्याङ-४ की गीता दर्जीलाई...

५० किलो गाँजा र चरेससहित एकजना पक्राउ

वीरगन्ज-पर्साको पटेर्वा सुगौलीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस र गाँजासहित एकजनालाई फक्राउ गरेको छ।

उच्च हिमपातले जुम्ला डोल्पा सडक ठप्प

डोल्पा (त्रिपुराकोट)-डोल्पामा गत सोमबारदेखि लगातार दुई दिनसम्म परेको हिमपातले गर्दा डोल्पा जुम्ला बाटो बन्द भएको छ।

मूल्य वृद्धि ७.२ प्रतिशत

काठमाडौं-चालु आर्थिक वर्षको पहिलो चार महिनामा मूल्य वृद्धि सामान्य दरले घटेको छ। राष्ट्र बैंकले तयार पारेको आर्थिक वर्ष २०७१/७२ को वर्तमान आर्थिक स्थितिअनुसार मूल्य वृद्धि ७.२ प्रतिशतमा अडेको हो। अघिल्लो...