Tuesday 13 Magh, 2071 |
Menu

समाज

HUB

मुस्ताङमा १८ सय वर्ष पुरानो मुखुण्डो भेटियो

  • शुक्रबार २१ असार, २०७०
  • ज्ञान न्यौपाने
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - माथिल्लो मुस्ताङको सामजोङ गुफामा दुईवटा पुरातात्विक मुखुण्डो (मास्क) फेला परेका छन्। पुरातत्व विभाग र अमेरिकी उत्खनन टोलीले एक महिनाअघि गरेको खोजीमा करिब १८ सय वर्ष पुराना सुन र चाँदी मिश्रित मुखुण्डो फेला परेको हो।

प्राचीन मानिसले चिहानका रुपमा प्रयोग गरेको गुफामा मानव कंकालसँगै मुखुण्डो भेटिएको पुरातत्व विभागले जनाएको छ। उत्खननमा संलग्न व्यक्तिहरुका अनुसार मानव कंकाल तथा कुनै ठाउँमा जनावरका हाडखोरसँगै मुखुण्डोहरु भेटिएका थिए।

'चिहानमा मुखुण्डो भेटिनु सामान्य हो, मध्यएसियालगायत तिब्बत, मंगोलिया र उत्तरी भारतमा पनि यस्तै किसिमका प्रमाण भेटिएका छन्,' अध्ययनमा संलग्न पिटर एथेन्सले नागरिकसँगको इमेल सम्पर्कमा भने, 'अन्य हिमाली र मध्यएसिया क्षेत्रका उस्तै वस्तुसँग तुलना गरेर थप अध्ययन र परीक्षण गर्दैछौं।' मुखुण्डोको प्रकृति हेर्दा १५ देखि १८ सय वर्ष पुराना हुनसक्ने उनले बताए।

'हामीले यसप्रकारको मुखुण्डो यसअघि नै भेटिसकेका हौं,' उनले भने, 'यसमा प्राचीन सिल्करोड (रेशम मार्ग)को संस्कृति पनि जोडिएको छ। त्यसताकाका मान्छले यस्ता मुखुण्डो प्रयोग गरेका हुन सक्छन्।'

उत्खननमा संलग्न एथेन्सका अनुसार अघिल्लो वर्ष र अहिले भेटिएका मुखुण्डो उस्तै छन्। 'हामीले यसप्रकारको मुखुण्डो सन् २०११ मा पनि भेटेका थियौं,' उनले भने, 'अहिलेसम्म तीनवटा मुखुण्डो भेटिए।'

एथेन्सका अनुसार गुफा मानिस बस्नयोग्य थिएनन्, त्यसैले तिनलाई चिहानमा प्रयोग गरिएको हुनसक्छ। ठूला पहाड भत्किँदै गएपछि ती गुफाका केही भाग खेर गएकोे हुनसक्ने पनि उनले बताए।

विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवाली मान्छे मरेपछि मुखुण्डो पनि लाससँगै चिहानमा गाड्ने चलन रहेको अनुमान गर्छन्। एउटामा सुन बढी (तस्बिर हेर्नुस्) र अर्कामा चाँदी बढी रहेको उनले बताए। गुफाको चार भागमध्ये अन्तिममा मुखुण्डो भेटिएको थियो। मुखुण्डोको तस्बिर गोपनीयताका लागि भन्दै विभागले उपलब्ध गराएन। सन् २०११ मा थालिएको सामजोङ गुफा उत्खनन सम्पन्न भएको समेत उनले बताए।

'भेटिएका मुखुण्डो एकदमै पातला र त्यसमध्ये एउटा निकै जीर्ण अवस्थाको छ,' ज्ञवालीले भने, 'त्यसलाई स्थानीयको रोहवरमा गाउँमै राखेर आएका छौं।'

विभागका अनुसार यसअघि सामजोङमा भेटिएको मुखुण्डो भारतको हिमाञ्चलस्थित मलारी र चीनको ङारी प्रान्तस्थित तुइलिङ भिलेजका मुखुण्डोसँग मिल्दोजुल्दो छ। मुस्ताङ, मलारी र ङारी तीनै देशका प्राचीन हिमाली पदमार्ग हुन्।

'तीनै देशका यी क्षेत्रमा प्राचीन सिल्करोड रहेको पाइन्छ,' पुरातत्वविद विष्णुराज कार्कीले भने, 'यसले नेपाल पनि सिल्क शाखा मार्गमा परेको गतिलो आधार पेस गरेको छ।'

यसबाहेक चीनको पुरानो राजधानी सियान हुँदै इटलीको रोम र मध्यएसियाका विभिन्न क्षेत्रमा पुगेको व्यापारिक सिल्करोडमा दुई हजार वर्षअघिसम्म मानिस ओहोरदोहोर गरेको पाइन्छ। यसको शाखा मार्ग नेपालमा पर्छ भन्ने गतिलो प्रमाण सामजोङ गुफामा भेटिएको कपडा परीक्षणबाट पुष्टि भएको हो। 

'मुस्ताङमा भेटिएको सामग्री सिल्करोड क्षेत्रको संस्कृतिबाट आदानप्रदान भएको देखिन्छ,' कार्कीले भने, 'सिल्कको व्यापार गर्न ओहोरदोहोर गर्ने प्राचीन मानिस मुस्ताङमा बसेको पनि भेटिएको छ।' सिल्क रोड संस्कृति दुई हजार वर्ष अघिसम्म रहेको उनले बताए।

सामजोङ गुफा निकै भिरालो ठाउँमा छ। त्यहाँ जोकोही पुग्न नसक्ने ज्ञवालीले बताए। मुखुण्डोबाहेक उत्खनन क्रममा मालाका टुक्रा, माटोको स्तुपा, छालाका टुक्रा, एउटा बुद्धको मूर्तिलगायत सरसामान भेटिएको उनले जानकारी दिए।

छ वर्षदेखि मुस्ताङमा अध्ययन गरिरहेको टोलीले दोस्रोपटकको उत्खननमा मुखुण्डो भेटेको विभागले जनायो। उनीहरुको पाँचवर्षे उत्खनन सन् २०१७ सम्म जारी रहनेछ। मुस्ताङमा अहिलेसम्म ३ हजार वर्ष पुराना अवशेष भेटिएका छन्।
पोखरामा सौर्य सडकबत्ती थपिँदै

पोखरामा सौर्य सडकबत्ती थपिँदै

पोखरा-अबको चार वर्षभित्र पोखरा सहर सौर्य सडकबत्तीले झिलिमिली हुने भएको छ। त्यसका लागि पोखरा उपमहानगरपालिकाले धमाधम विस्तार योजना अघि सारेको छ। पोहोर जडान गरिएको सौर्य सडकबत्तीको प्रभावकारिता र माग बढ्दै...

धमाधम गाउँ छाड्दै चुरे फेदका बासिन्दा

धमाधम गाउँ छाड्दै चुरे फेदका बासिन्दा

भलायडाँडा, (उदयपुर)-बर्खाअघि नै बसाइँ सर्न हतारो छ, भलायडाँडा–७ की हेमकुमारी चौधरीलाई। चुरे मुहानको बलान खोलो बाटो फेरेर उनकै घरतिर सोझिँदै छ। चार कट्ठा जमिन लुछिसक्यो। अबको बर्खामा घर पनि रहला...

विद्यालय भवन बनाउँदै अभिभावक

विद्यालय भवन बनाउँदै अभिभावक

ड्यामसाइट (सिन्धुपाल्चोक)-छिमेकी तथा आफन्त गुमाउँदाको शोकलाई शक्तिमा बदल्दै स्थानीय बासिन्दा कान्ले पहिरोमा विलय विद्यालयभवन पुनर्निर्माणमा जुटेका छन्। स्थानीयकै पहलमा वनसाँघु माविले पूर्ववत् भौतिक आकार लिँदै छ।

भ्रष्टाचार आरोपमा जनस्वास्थ्यप्रमुख निलम्बित

पर्वत-कार्यालयमा भएको भ्रष्टाचार लुकाउन घुस खुवाएको आरोपमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. नारायण ओझा निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दुई अधिकृतलाई २ लाख रुपैयाँ खुवाएको सार्वजनिक भएसँगै...

देहव्यापार छाडेर अन्य पेसा

बर्दिया– समाज सुधार्न समुदाय नै लाग्नुपर्छ भन्ने गतिलो उदाहरण बनेको छ राजापुर अनन्तपुरको बादी समुदाय। समुदायले सक्रियता देखाएपछि अनन्तपुरको देहव्यापार नियन्त्रणमा आएको छ भने बादी समुदाय वैकल्पिक पेसामा आबद्ध भएका...

ब्लफ कल गर्ने पक्राउ

गोरखा– प्रहरी हटलाइनमा ‘ब्लफकल' गरी दुःख दिने चार जना सोमबार पक्राउ परेका छन्।

नांगो खुट्टा स्कुल

नांगो खुट्टा स्कुल

चितवन-न आङ ढाक्ने कपडा न खुट्टामा चप्पल।मैलो लुगा र पटपटी फुटेका पाइताला–कुर्कुच्चामा दुखजिलो गरेर स्कुल आउजाउ गर्छन्, ८ वर्षीय सन्त र ६ वर्षीय बलराम चेपाङ।चितवनको शक्तिखोर–२, मैतेसका यी चेपाङ दाजुभाइ...

शान्तिको कामना गर्दै प्रहरीले घण्ट चढाए

बाजुरा- राजनीतिक दलबीच दूरी बढिरहेको बेला स्थायी शान्तिको कामना गर्दै नेपाल प्रहरीले बडिमालिका मन्दिरमा घण्ट चढाएका छन्। देशमा स्थायी शान्ति र समृद्धिको कामनासहित मार्तडीस्थित बडिमालिका मन्दिरमा घण्ट चढाएका हुन्।