Tuesday 21 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

यातायत ब्यवसायी संघबीच तनाव

  • बिहीबार २० असार, २०७०
  • रितेश त्रिपाठी
  • Be the first to comment!
(0 votes)
वीरगञ्ज- नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघले अघोषितरुपमा चलाएको सेन्डिकेट प्रणालीको खारेजीको मधेस तराई यातायात व्यवसायी संघले माग गरेको छ। मागअघि सारेको कारण बुधबार राति आफूमाथि लुटपाट भएको भन्दै संघका अध्भ्यक्ष उस्मान हवारीले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिएका छन्। 

nepalipatr-april
मधेस तराई यातायात व्यवसायी संघले बाराको जितपुरमा सञ्चालन गर्दै आएको धर्मकाँटाको कार्यालयमा लुटपाट गर्ने समूहलाई कारबाहीको उनले माग गरेका छन्। पर्सा बन्यजन्तु आरक्षमा सिमरा नजिकै सञ्चालित तराई यातायात संघका मानिसले नगद २ लाख ५० हजार लुटी लगेको संघले आरोप लगाएको छ। ओमकृष्ण कार्कीको नेतृत्वमा गाडीमा सवार भइ धारिलो हथियारसहित आएका शंकर विष्ट, नेत्र श्रेष्ठ, जीवन श्रेष्ठ, देव श्रेष्ठ र दिनेश सुवेदीको समेतकाले रातीको लुटपाट गरेको संघको आरोप छ। 
आक्रमणकारीहरु सवार भएर आएको भनि ना२च २०१८ नम्बरको टाटा सुमोमा समातेर मधेस तराई यातायात व्यवसायी संघले प्रहरीको जिम्मा लगाएको छ। ट्रक व्यवसायसँग बलजफ्ती रकम असुली गर्दै आएको छाता संगठन भनिएको नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघले देशभरि नै चलाएको सेन्डिकेट प्रणालीले ट्रक ब्यवसायीलाई शोषण भएको संघको आरोप छ। महासंघमा आबद्ध सिमरास्थित तराई यातायात संघले ब्यवसायिक हितभन्दा ब्यक्तिगत स्वार्थ्यका लागि सञ्चालित रहेको हवारीले तर्क गरे। गत आर्थिक वर्ष २०६८/०६९ को लेखा परीक्षण प्रतिवेदनअनुसार तराई यातायात संघल ५ करोड २ लाख २२ हजार आम्दनी गरेकोमध्ये ४ करोड ३८ लाख ६९ हजार खर्च देखाएको छ। यो रकममा भ्रष्टाचार गरिएको हवारीले आरोप लगाए। 
अवैद्य रकममा हिस्सेदारी पाउने गरेकाले स्थानीय प्रशासनले कारबाही नगरेको वीरगञ्जमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी मधेस तराई यातायात व्यवसायी संघका अध्यक्ष हवारी समेतका पदाधिकारीले भने। माहासंघले इलेक्ट्रोनिक्स कार्डको नाममा प्रत्येक ट्रकसँग १ हजार पाँच सय र प्रत्येक पटक ढुवानीमा पाँच सय रुपैया लिँदै आएको छ। 
तराई यातायात व्यवसाय संघका अध्यक्ष ओमकृष्ण कार्कीले लुटपाटको आरोप गलत भएको बताए। मधेस तराई यातायात संघले आफनो संघमा दर्ता रहेको ना२ख ८७२४ नम्बर मालबाहक ट्रकलाई जबरजस्ती आफनो नियन्त्रणमा लिइ सदस्यता रसिद काटी रहेको अवस्थामा आफूहरुले सोधिखोजी गर्दा उनीहरुले विवाद चर्काएको कार्कीले आरोप लगाए। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक जयराम कुइकेलले दुबै पक्षको निवेदन आफूकाहाँ आइपुगेको बताए। 
उनले जिल्ला प्रशासनमा कुराकानी चलिरहेकाले आफूले अनुसन्धान सुरु नगरेको बताए। यातायात ब्यवसायी संघको विवाद भिडन्तको अवस्थासम्म पुगिसकेको जितपुरका स्थानीय फैजुल्लाह आलमले बताए।

प्रतिक्रिया

'नेपालमा प्रेस स्वतन्त्रता सन्तोषप्रद छैन'

काठमाडौं– गत एक वर्षमा नेपालको प्रेस स्वतन्त्रता सन्तोषप्रद नरहेको प्रतिवेदन सार्वजनिक भएको छ।

छ वर्षीया बालिका बलात्कृत

बैतडी–बैतडीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन्। जिल्लाको दक्षिणी तल्लो स्वराडकी ती बालिकालाई गाँउकै १६ वर्षीय किशोरले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

१२ लाख फिर्ता गर्ने दुई युवतीलाई सम्मान

१२ लाख फिर्ता गर्ने दुई युवतीलाई सम्मान

धरान–सडक दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिको दुर्घटनास्थलमा फेला परेको १२ लाख रुपैयाँ सम्बन्धित परिवारलाई फिर्ता गरेर उदाहरणीय कार्य गर्ने दुई युवती सम्मानित भएका छन्।

रारालिहीमा खानेपानीको चरम संकट

जुम्ला–जिल्लाको रारालिही गाविसमा खानेपानीको चरम संकट देखा परेको छ। लामो समयको खडेरीले पानीका मुहान सुक्दै गएपछि रारालिहीका स्थानीयले खानेपानीको अभाव झेलिरहेका हुन्।

हङकङ पठाइदिने भन्दै १३ लाख ठगी आरोपमा महिला पक्राउ

हङकङ पठाइदिने भन्दै १३ लाख ठगी आरोपमा महिला पक्राउ

काठमाडाैं– हङकङ पठाइदिने भन्दै दुई व्यक्तिबाट १३ लाख ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको चन्द्रौटा–८ घर भई हाल काठमाडौं म्हैपी बस्ने ३६ वर्षकी लक्ष्मीदेवी विक ठगी उक्त...

महिला हिंसाको कारण नै छाउपडी प्रथा

महिला हिंसाको कारण नै छाउपडी प्रथा

वैशाख–जिल्लामा व्याप्त रहेको महिला हिंसा र लैंगिक विभेदको प्रमुख कारण छाउपडी प्रथा रहेको सरोकारवालाले बताएका छन्।

डिभी चिठ्ठाको नतिजा अाज राति अाउँदै

डिभी चिठ्ठाको नतिजा अाज राति अाउँदै

काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा मंगलबार राति सार्वजनिक हुँदैछ। सन् २०१५ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक तथा शैक्षिक योग्यता पुगेकाहरुले भरेको...

नदीले बगाएकी महिलाको मृत्यु

धनकुटा–तमोर नदीमा बगेकी एक महिलाको सशस्त्र प्रहरी बेस क्याम मुलघाटले जिवितै उद्दार गरी उपचार गर्न लैजाने क्रममा मृत्यु भएको छ।