8 Kartik, 2071 |
Menu

समाज

सुरक्षाकर्मीले विस्फोटक पदार्थ अझै निष्क्रिय पार्न सकेन

  • बिहीबार २० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
रोल्पा - पश्चिम रोल्पाको गैरीगाउँ गाविस– ६ स्थित थुर्पालेकमा ओडारमा लुकाइराखिएको अवस्थामा फेला पारिएको विस्फोटक पदार्थ अझै निष्क्रिय पार्न सकिएको छैन। अँध्यारो कुनामा लुकाइराखेको अवस्थामा फेला परिएको ठूलो परिमाणको विस्फोटक पदार्थ निष्क्रिय पार्न तीन दिनदेखि सुरक्षा निकायले प्रयास गरिरहेको भए पनि आवश्यक जनशक्ति नहुँदा सो कार्य सफल हुन सकेको छैन। 
जिल्लामै बम डिस्पोज गर्ने जनशक्ति र उपकरण अभावका कारण प्रहरीले लामो समय सुरक्षा दिएर कुर्नुपर्ने बाध्यता रहेको प्रहरी नायब उपरीक्षक ओम राना मगरले बताए।

प्रहरी निरीक्षक सरोज पौडेलका अनुसार डिस्पोजल टोलीको व्यवस्थाका लागि दाङ तुल्सीपुरमा रहेको नेपाली सेनालाई अनुरोध गरिएको छ।

माओवादी पूर्व लडाकुको शिविर गैरीगाउँ तिलामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले उक्त विस्फोटक पदार्थ फेला पारेको थियो। तिलास्थित ज्वार स्मृति ब्रिगेडको सुरक्षार्थ खटेको सशस्त्र प्रहरीको टोलीले गस्ती गएको बेला विस्फोटक पदार्थ फेला पारेको सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण पन्थीले बताए।

अँध्यारो ओडारमा लुकाइएको करिब ७० वटा सकेट बम, भरुवा बन्दुकको बारुद, बारुद बनाउन प्रयोग हुने दुई बोरा सुरा र डेटोनेटरलाई धमाका दिन प्रयोग हुने पाइप दुई बन्डल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विस्फोटक पदार्थ फेला पारेको स्थान माओवादी पूर्व लडाकुको पाँचौ डिभिजनअन्तर्गत ज्वार स्मृति बिग्रेडको शिविर रहेको स्थानददेखि एक घन्टाको दूरीमा रहेको बताइएको छ।

प्रहरीका अनुसार विस्फोटक पदार्थ कसले राखेको भन्ने खुल्न सकेको छैन। विगतको सशस्त्र द्वन्द्वको बेला २०६२ सालमा थुर्पालेक नजिकै दुम्ला भन्ने गाउँमा तत्कालीन शाही नेपाली सेना र माओवादी लडाकुबीच दिउँसै दोहोरो भिडन्त भएको थियो। युद्धको बेला तत्कालीन नेकपा माओवादीले विस्फोटक पदार्थ लुकाएर राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

रोल्पा सशस्त्र द्वन्द्वको केन्द्र भएकोले पनि जिल्लाका विभिन्न स्थानमा यस्ता विस्फोटक पदार्थ फेला पर्ने गरेको छ। केही विस्फोटक पदार्थ तथा शङ्कास्पद बस्तु फेला परेमा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न प्रहरीले सार्वजनिक अपिल पनि गरेको छ। अहिले फेला परेको विस्फोटक पदार्थ वरिपरिको क्षेत्रलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ।

युवा जोडीद्वारा एउटै डोरीमा झुन्डिएर 'आत्महत्या'

सोलुखुम्बु– वाकु–४ सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष प्राप्त भएको छ।

बियरको बोतलले हानेर सशस्त्र प्रहरी जवानको हत्या

सुर्खेत— बीरेन्द्रनगर नगरपालिका–११ चनौटे घर भई सशस्त्र प्रहरी गण मुख्य कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान ईन्द्र बहादुर बुढाको कुटपिटबाट मृत्यु भएको छ।

डाँकाले हानेको गोली खुट्टामा लाग्यो, दुई पक्राउ

धनुषा—लवटोली–९ बस्ने बद्री अधिकारी र हेम कुँवरको घरमा डकैत गर्न आज शुक्रबार आएका डाँकाहरुले घर भित्र प्रबेश गरी डकैत गर्न खोज्दा स्थानीय बासिन्दाले प्रतिकार गरेपछि झडप भएको छ। झडपका क्रममा...

जुवा खालमा पेस्तोल राख्ने सहित १६ जना पक्राउ

स्याङजा—अवैध जुवातास खेलिरहेको स्थानबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सोमा लाग्ने टोटा १ थान सहित १ जनालाई पक्राउ गरेको छ। साथै जुवा खेलिरहेका अन्य १५ जना पनि पक्राउ परेका छन्।...

तास खेल्नेहरु दुई सय रुपैयाँ जरिवाना तिरेर छुटे

उदयपुर— चारदिनअघि ताल र नगदसहित पक्राउ परेका यहाँका आधादर्जन स्थानीयलाई जरिवाना तिराएर प्रहरीले छाडेको छ। सदरमुकाम गाईघाटकै एक घरमा तास खेल्दै गरेका त्रियुगा नगरपालिका जिल्लाको दक्षिणभेगको गाविस सुन्दरपुर ५ का...

दिपावली गर्ने क्रममा आगलागी हुँदा घर जल्यो

उदयपुर— तिहारमा दिपावली गर्ने क्रममा आगलागी भएर यहाँको एक घर बिहीबार राति जलेर नष्ट भएको छ। जिल्लाको पूर्वी गाविस रामपुर ठोक्सिला ८ स्थित धोदन सदाको घर जलेर नष्ट भएको प्रहरीले...

आजदेखि नेपाल सम्वत् ११३५ सुरु

आजदेखि नेपाल सम्वत् ११३५ सुरु

काठमाडौँ-नेपाल सम्वत् ११३५ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

चारदिन देखि हराएका बालकको शव फेला

कार्तिक- चारदिन देखि हराइरहेका एक बालकको गएराति नालीमा डुवेको अबस्थामा शव भेटिएको छ। रौतहटको नरकटिया गाविसका राम एकवाल महतोको ४ बर्षीय छोरा रवि महतोको बसन्तपटि गाविस स्थीत नालामा डुवेर मरेको...