Thursday 15 Shrawn, 2071 |
Menu

समाज

दुर्घटनामा पूर्वमन्त्री गुरुङ गम्भीर

  • बिहीबार २० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
रत्ननगर (चितवन) - नारायणगढ मलेखु सडकखण्डअन्तर्गत चितवनको दारेचोकमा आज बिहान भएको सवारी दुर्घटनामा पूर्वमन्त्री किरण गुरुङसहित चार जना गम्भीर घाइते भएका छन्। चितवनको मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना२ख ८४२९ नम्बरको ट्रक र विपरीतदिशाबाट आउँदै गरेको ग१च ७९१६ नम्बरको कार एक–आपसमा ठक्कर हुँदा दुर्घटनामा परेको हो।
घाइते हुने अन्यमा कार चालक हेटौँडाका सन्तोष लामा, रमा गुरुङ र बाबु गुरुङ रहेका छन्। उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको छ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यौनधन्दा चलाएको अभियोगमा सातजना कारागार चलान

इटहरी- प्रहरीले अवैध यौनधन्दा चलाएको अभियोगमा पक्राउ गरी अदालत बुझाएको इटहरी तथा यसआसपासका सातजनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

फेसबुकमा बसेको पिरतीले पुर्‍यायो हिरासत

बाबियाचौर (म्याग्दी)- सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक जोडीलाई हिरासतमा पुर्‍याएको छ। विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुकमार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल नाम गरेका व्यक्ति अहिले...

एकै दिन तीन जनाको मृत्यु

धुन्चे - रसुवा जिल्लाको छुट्टाछुट्टै स्थानमा एकै दिन तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली सेनाका एक र दुई सर्वसाधारण रहेका छन्।

बसको ठक्करबाट एकको मृत्यु

दाङ- बसले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७८७७ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु६प २६१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...

१७ वर्षपछि पनि ट्रमा सेन्टर चलेन

१७ वर्षपछि पनि ट्रमा सेन्टर चलेन

काठमाडौं- सत्र वर्षअघि नेपाल भ्रमणमा आउँदा तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले गम्भीर दुर्घटनाका बिरामीलाई सबै किसिमका आपतकालीन सेवा दिन 'ट्रमा सेन्टर' शिलान्यास गरेका थिए। त्यतिबेला 'गौरवपूर्ण आयोजना'का रूपमा सुरु भएको...

विषादी छिट्नेलाई अनेकथरी रोग

विषादी छिट्नेलाई अनेकथरी रोग

झापा- चियाबगानमा लगातार २५ वर्ष काम गरेका गंगाबहादुर दर्जीले भर्खरै अनिवार्य अवकाश पाए। ५८ वर्षका उनलाई बगानले दीर्घसेवाबापत केही रकम हातमा राखिदियो। तर, उनी खुसी हुन सकेनन्। बगानमा काम गरेकै...

ट्रान्सक्रिप्टको ढाँचा फेरिने

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ब्याक लागेर पास भएका विद्यार्थीलाई उपलब्ध गराउँदै आएको ट्रान्सक्रिप्टको ढाँचा फेर्ने भएको छ। ब्याक लागेर पछि पास भइने विषयको प्राप्तांकपछाडि राखिने 'तारा' चिह्न...

विज्ञापन बोर्ड हटाऊ : सर्वोच्च

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्र रहेका विज्ञापन बोर्ड, भित्ते लेखन लगायत विज्ञापन सामग्री तत्काल हटाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले उक्त क्षेत्रमा रहेका सामग्री हटाई...