Friday 18 Bhadra, 2072 |
Menu

समाज

republica-header

ist-cc

भ्रष्ट कर्मचारीलाई कारबाहीको माग राख्दै धनगढी बन्द

  • बिहीबार २० असार, २०७०
  • दिलबहादुर छत्याल
  • DISQUS_COMMENTS
(0 votes)
धनगढी - धनगढी नगरपालिका कार्यालयमा व्यापक भ्रष्टाचार भएको र जनताको काम नगरेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले आज भ्रष्ट कर्मचारीलाई कारबाही हुनुपर्ने माग राख्दै धनगढी बन्द गरेका छन। भ्रष्ट कर्मचारीलाई कारबाही गर लगायतका चर्का नारावाजी सहित स्थानीयले धनगढीमा प्रदर्शन गरिरहेका छन्।
बन्दका कारण बिहानैदेखि धनगढी बजार पूर्ण रुपमा बन्द छ भने शिक्षणसंस्था, धनगढी नगरमा चल्ने यतायात बन्द छन् ।
नगरपालिकाका कर्मचारीले असार महिनामा रकम सिध्याउन काम गरेजस्तो गर्ने, रकममा ब्रम्हलुट गरिने ,कमिशनका आधारमा योजना बाँडफाँड गर्ने र जनताको वास्तविक समस्याप्रति वेवास्ता गर्ने गरेको स्थानीयको भनाइ छ।
नगरपालिकाका इन्जिनियर धिजराज भट्ट विरुद्ध आन्दोलनकारीले चर्का नारावाजी गरिरहेका छन्।
वर्षौदेखि सडकमा रहेका खाल्डाखुल्डीमा हिलो र पानी जमेर ओहोरदोहोर गर्न समस्या भएकोमा ग्रावेल गर्न माग राखेर गएका शिवनगरका स्थानीय बासिन्दा माथि राम्रो व्यवहार नगरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका हुन्।
जनताको माग पुरा गर्नको साटो कर्मचारीले नगरपालिका बन्द गरेपछि स्थानीय आक्रोशित भएको स्थानीय बासिन्दा किशोर थापाले बताए। 
नगरपालिका कर्मचारीले भने कार्यालयमा तोडफोड गरेको भन्दै तोडफोड गर्नेलाई कारबाही गरिनुपर्ने माग राखेका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले दुवैपक्ष बोलाएर छलफल गरी कुरा मिलाउने प्रयास भइरहेको बताएका छन्।
नगरपालिकाका कर्मचारी कहिल्यै सरुवा हुनु नपर्ने सरकारको गलत नीतिका कारण स्थानिय कर्मचारीले जनताका मागलाई वेवास्ता गर्ने र मनपरी ढंगले काम गर्ने स्थानीयको गुनासो छ।

प्रतिक्रिया

सार्वजनिक यातायातको भाडा घटाउन निर्देशन

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीका आधारमा सार्वजनिक सवारीसाधनको भाडा घटाउन निर्देशन दिएको छ। मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ३७ औं बैठकले...

बजारमा हजारका नक्कली नोट

काठमाडौं- कार्यालयको फोटोकपि मेसिन प्रयोग गरी नक्कली नेपाली नोट बनाउने गिरोहले १६ हजार रुपैयाँका नक्कली नोट बजारमा पठाइसकेको खुलेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका नुवाकोट वागेश्वरीका दीपक न्यौपानेले...

रित्तै हात घर फर्कन्छन् मजदुर

महोत्तरी- 'बुबा मलाई बिस्कुट किनिदिनुस् न!'यो वाक्यले जलेश्वर–५ का विनोद पासवानलाई रातभरि निदाउन दिएन। हिजो साँझ मात्र छोरीले यसो भनेकी थिइन्। खल्ती छामे, एक पैसा थिएन। प्यारी छोरीको सानो आग्रह...

आन्दोलनकारीले नागरिक दैनिक जलाए

आन्दोलनकारीले नेपालगंज-गुलरिया सडकखन्डमा पर्ने मैनापोखरमा नागरिक दैनिक जलाएका छन्। आन्दोलनको समाचारलाई प्रथामिकता नदिएर थारु आन्दोलनलाई दमन गर्न खाजेको आरोप लगाउँदै पत्रिका आगजनी गरेको कर्मचारी दुर्गा पौडलले बताए।

सम्बन्धनमै अडि्कयो गाँठो

काठमाडौं- एघार दिनदेखि आमरण अनशनरत वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको प्रमुख मागमै सरकार लचिलो नभएपछि बिहीबार भएको वार्ता निष्कर्षविहीन बनेको छ। माथेमा प्रतिवेदनका महत्वपूर्ण बुँदा कार्यान्वयनका सवालमा सरकारी...

आन्दोलनको स्वरूप फेर्न आग्रह

आन्दोलनको स्वरूप फेर्न आग्रह

राजविराज- सप्तरीसहित तराई–मधेसका जिल्ला तीन सातादेखि ठप्प छन्। कलिला बालबालिकाको पठनपाठनदेखि गरिब मजदुरको चुलोसमेत बन्द छ। यातायात, बजार, बैंक ठप्प छन्। बन्द, झडप र आन्दोलनको त्रासका बीच सर्वसाधारण चौतर्फी मार...

सर्लाही आन्दोलन संयमित

सर्लाही- २०६३ माघ २० गते पुर्व पश्चिम राजमार्ग अर्न्तगत सर्लाहीको हरिवनमा रामेकवाल राय संप्रदायिक आन्दोलनमा मारिएका थिए। पहिलो मधेस आन्दोलनको विरोधमा राजमार्ग तर्फ चुरेभावले संप्रदायिक आन्दोलन गर्दा रायको मृत्यु भएको...

प्रहरीका परिवारलाई १० लाख

काठमाडौं- नेपाल प्रहरीले कैलालीको टीकापुरमा प्रदर्शनकारीबाट मारिएका ६ जना कर्मचारीका परिवारलाई १० लाखका दरले राहत दिने निर्णय गरेको छ। नीति समन्वय समितिको सिफारिसका आधारमा प्रहरी कल्याण कोषले राहत रकमबारे निर्णय...