8 Kartik, 2071 |
Menu

समाज

राजापुरका बाढीपीडित अझै त्रासमा

  • बिहीबार २० असार, २०७०
  • निर्मल घिमिरे
  • DISQUS_COMMENTS
(0 votes)
बर्दिया - दुई साताअघि कर्णालिमा आएको बाढी तटबन्धन फुटाएर गाउँतिर सोझिँदा सयौं घर डुबानमा परे। ज्यान जोगाउन सर्वसाधारण भागाभाग गरे। राजापुरका किसानले एक सरो लुगाबाहेक केही बचाउन सकेनन्। किसानले बर्खाका लागि जोहो गरेको खाद्यान्न बाढीले बगायो। खेतीयोग्य जमिन कटान भए पनि स्थानीय प्रशासनले प्रकोपबारे जानकारी नगराएकाले मानवीय क्षति हुन पाएन। अहिले कर्णालीमा पानीको सतह घटे पनि राजापुर क्षेत्रका ११ गाविसका बासिन्दामा त्रास घटेको छैन।
पानीको सतह घटे पनि घर फर्कने स्थिति नभएको दौलतपुरका बाढीपीडित यम परियारले बताए। ‘घर भएको ठाउँमा अहिले केही छैन,’ उनले भने, ‘डुबानमा परेको घरमा पानीको दलदल छ, खेतीयोग्य जग्गा बालुवाले ढाकेको छ।’ बाध्यता र विवशताले राहत पर्खनुको विकल्प नरहेको उनले सुनाए। कर्णालीको बाढीले राजापुर क्षेत्रका २ हजार ५ सय परिवारको बिचल्ली भएको छ। संघ–संस्थाले चामल–चिउराबाहेक केही नबाँडेको उनीहरूको भनाइ छ। सरकारले पुनर्बासको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। ‘असार पहिलो साता आएको बाढीले धन्न बबगाएन,' बाढीपीडित जयबहादुर खत्रीले भने, ‘घरभित्र बाढी पसेपछि सबैजना भाग्न थाले, म चाहिँ भेलले बगाए, बगाओस् भनेर घर कुरेर बसेँ।’ कम्मरभन्दा माथि पुगेपछि बचाउनुहोस् भनेर आफूले सिडिओलाई टेलिफोन गरेको उनले जनाए। उनले भने, 'हेलिकप्टर आउँछ, नआत्तिनुहोस् भने, न हेलिकप्टर आयो, न कोही उद्धार गर्ने मान्छे आए, अन्तमा पानी घटेपछि पौडेर ज्यान जोगाएँ।' बाढीले गाउँतिर बाटो बनाएकाले पानी परेमा फेरि बाढी आउँला भन्ने त्रास रहेको उनको भनाइ छ। घर र सम्पत्ति बगाएकाले राहतको पर्खाइमा बस्नुपरेको बाढीपीडितको भनाइ छ। ‘सोमबार रातिदेखि कर्णालीमा पानी सतह खतराभन्दा माथि गएको छ भन्ने सञ्चार माध्यमबाट थाहा पाएँ,' उनले भने,‘स्थानीय प्रशासनले सचेत हुन खबर नगरेको भए धेरैकोे ज्यान जान्थ्यो।’ बाढीले गाउँतिर बाटो बनाएकाले तटबन्धन नहुन्जेल घर फर्कने अवस्था नरहेको उनले बताए। बर्दियाको कूल जनसंख्यामध्ये आधा जनसंख्या एघार गाविसका बस्छन्। राजापुर क्षेत्रका ११ गाविसलाई कर्णालीको भंगालोले दुवैतिरबाट घेरेको छ। बर्षेनी बाढीको चपेटामा परे पनि तटबन्धनको व्यवस्था हुन सकेको छैन। नदी छेउछाउ बर्षेनी टुक्रे तटबन्धन गरिने भएकाले त्यसले बाढी रोक्न सकेको छैन। राजापुर मुलुककै सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो। बर्षेनी राजापुरमा मात्र ९ लाख टन धान उत्पादन हुने कृषि विकास कार्यालयले जनाएको छ। कर्णालीको बाढीले खेतीयोग्य जमिन कटान र पटान गरेको हँुदा सिंगो जिल्लाको धान उत्पादन कमी आउने बरिष्ठ कृषि अधिकृत हिक्मतकुमार श्रेष्ठले जनाए। बाढीपीडितलाई राहत वितरण गरिरहेको प्रजिअ मानबहादुर बिकेले बताए।‘जिल्ला प्रशासनले धेरैे व्यक्ति र संघसंस्थामार्फत राहत संकलन गरिरहेको छ,’ उनले भने, ‘राहत संकलन र वितरण दुबै कामले निरन्तरता पाइरहेको छ।’ पटक–पटक गरेर राजापुर क्षेत्रका बाढीपीडितलाई राहत वितरण गरेको उनले जनाए। दैवी प्रकोप उद्धार समितिले नगद र नेपाल रेडक्रस सोसाइटी गैरखाद्य सामग्री वितरण गरिरहेको सोसाइटीका अध्यक्ष महेशचन्द्र गौतमले बताए। ‘२ हजार ५ सय घर डुबानमा परेको तथ्याकं छ, त्यसमध्ये कतिपय घर पूर्ण रूपमा क्षति भएका छन्,’ उनले भने, ‘विवरण संकलनमा समय लाग्ने भएकाले तत्काल राहत उपलब्ध गराउन सम्भव छैन।’ उनका अनुसार समितिले नगद पाँच हजार र सोसाइटीले लत्ताकपडा, त्रिपाल लगायत गैरखाद्य सामग्रीको प्याकेज वितरण गरिरहेको छ। दौलतपुर गाविसको ७,९३ र २ वडा पूर्ण रूपमा डुबानमा छन्। त्यसैगरी पाताभार र तिघ्रा गाउँ पनि डुबानमा परेको छ।

सिङ्गो गाउँमै सामूहिक टीका

गजुरी- उत्तरी धादिङको लापा गाविसस्थित कपुरगाउँमा सबै मानिसले एकै ठाउँमा जम्मा भएर सामूहिक भाइटीका लगाएका छन्।

करेन्ट लागेर प्रहरीको मृत्यु

सप्तरी-कोसी अञ्चल प्रहरी कार्यालय धरानमा कार्यरत एक सहायक प्रहरी निरीक्षकको गएराति करेन्ट लागेर मृत्यु भएको छ।

नुवाकोट बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० को सनाखत

नुवाकोट— काठमाडौंबाट रसुवाको स्याफ्रुवेशी जाँदै गरेको बा २ ख २२६६ नम्बरको यात्रुबाहक बस बेलकोटको आरुबोटे भिरमा दुर्घटनाग्रस्त हुदाँ ३ विदेशी सहित १४ जनाको मृत्यु भएकोमा १० जनाको सनाखत भएको छ। जिल्ला...

जिप दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची-खिल्जीमा गए राति जिप दुर्घटना हुँदा त्यसका चालक खिल्जी–१ का भोजबहादुर बस्नेतको मृत्यु भएको छ।

आज भाइटीका, साइत ११ बजेर ३५ मिनेटमा

काठमाडौँ–यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ। भाइटीकाको उत्तम साइत...

युवा जोडीद्वारा एउटै डोरीमा झुन्डिएर 'आत्महत्या'

सोलुखुम्बु– वाकु–४ सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष प्राप्त भएको छ।

बियरको बोतलले हानेर सशस्त्र प्रहरी जवानको हत्या

सुर्खेत— बीरेन्द्रनगर नगरपालिका–११ चनौटे घर भई सशस्त्र प्रहरी गण मुख्य कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान ईन्द्र बहादुर बुढाको कुटपिटबाट मृत्यु भएको छ।

डाँकाले हानेको गोली खुट्टामा लाग्यो, दुई पक्राउ

धनुषा—लवटोली–९ बस्ने बद्री अधिकारी र हेम कुँवरको घरमा डकैत गर्न आज शुक्रबार आएका डाँकाहरुले घर भित्र प्रबेश गरी डकैत गर्न खोज्दा स्थानीय बासिन्दाले प्रतिकार गरेपछि झडप भएको छ। झडपका क्रममा...