7 Bhadra, 2071 |
Menu

समाज

ट्याक्टरबाट खस्दा बालिकाको मृत्यु

  • बिहीबार २० असार, २०७०
  • देवेन्द्र बस्नेत
  • DISQUS_COMMENTS
(0 votes)
दाङ - ट्याक्टरबाट खसेर दाङमा आज बिहान एक बालिकाको मृत्यु भएको छ। घोराही-लमही सडक खण्डको कुइरेपानी भन्ने स्थानमा ट्याक्टरबाट खस्दा घोराही नगरपालीका ४ चौघेराकी १४ वर्षीया हिरा घर्तिमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घोराहीबाट गढवा जाँदै गरेको लु२त ३३०८ नम्वरको ट्याक्टरबाट उनी खसेकी हुन्। ट्याक्टरबाट खसेर घाइते भएकी उनको उपचारका लागि घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
नागरिककर्मी बस्याल सम्मानित

नागरिककर्मी बस्याल सम्मानित

कोहलपुर– कोहलपुर क्षेत्रमा रही सञ्चारजगतमा उल्लेखनीय काम गरेको भन्दै नागरिककर्मी टेकेन्द्र बस्याल सम्मानित भएका छन्।

धम्क्याएर रकम असुलेको आरोपमा पाँच पक्राउ

महेन्द्रनगर– फोनबाट धम्क्याई सर्वसाधारणबाट रकम असुल्दै आएको समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको अनुसन्धन एवं नियन्त्रण सहयोग टोलीले फोनबाट धम्क्याएर रकम असुल्ने उनीहरूलाई...

यसरी बन्यो टुँडिखेलमा मानव झण्डा (फोटो फिचर)

यसरी बन्यो टुँडिखेलमा मानव झण्डा (फोटो फिचर)

काठमाडौं-नेपाली जो जहाँ जसरी भए पनि चन्द्रसूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौँ भन्ने भावनालाई स्थापित गराउने उद्देश्यले हजारौँ मानिस सहभागी भई चन्द्र सूर्य अङ्कित नेपाली झण्डा तयार गरिएको छ।

सुनकोसी पीडितलाई दाहालको एक लाख

सुनकोसी पीडितलाई दाहालको एक लाख

ड्यामसाइट्– कान्ले पहिरो तथा सुनकोसी बाँधपीडितलाई एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएका छन्। पार्टी नेता अग्नि सापकोटामार्फत उनले सहायता उपलब्ध गराएका हुन्।

सर्वसाधारणले पनि सैनिक अस्पतालमा सेवा पाउने

काठमाडौँ-सर्वसाधारण जनताले पनि सैनिक अस्पतालमा सेवा पाउने भएका छन्। करिब ४२ वर्षको अन्तरालमा नेपाली सेनाले सर्वसाधारण जनताका लागि अस्पताल खुला गर्न लागेको हो।

उडान नहुँदा पर्यटक पाँच दिनदेखि अलपत्र

सोलुखुम्बु- पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा गएको पाँच दिनदेखि उडान हुन नसक्दा पर्यटक अलपत्र परेका छन्। 

पहिरोले घर पुरिँदा वृद्धाको मृत्यु

 चौतारा- अविरल वर्षासँगै गएराति घरमाथिबाट आएको पहिरोले घर पुरिँदा सिन्धुपाल्चोकको ठूलो सिरुबारी गाविसमा एक वृद्धाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

 वीरगन्ज (पर्सा)- वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको छातापिपरा चोकमा गएराति भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।