Monday 12 Magh, 2071 |
Menu

समाज

HUB

१६ जिल्लाका दुर्गममा महावीरको बेतारे सञ्जाल

  • बिहीबार २० असार, २०७०
  • दिलीप पौडेल
  • DISQUS_COMMENTS
(0 votes)
बाग्लुङ - सुगम ठाउँमा इन्टरनेट सेवा दिँदै आएका नेपाल टेलिकम, एनसेल, युटिएललगायत कम्पनीको आँखा दुर्गम क्षेत्रमा अझै पर्न सकेको छैन। एसियाको प्रतिष्ठित म्यागासेसे पुरस्कार विजेता महावीर पुन भने १२ वर्षदेखि दुर्गम बस्तीमा सूचना–प्रविधि भिœयाउन तल्लीन छन्।
जन्मथलो म्याग्दीको दुर्गम नागीस्थित हिमाञ्चल माविमा २०५८ सालदेखि उनले सुरु गरेको वायरलेस इन्टरनेट (बेतारे सञ्जाल) अहिले मुलुकका १६ जिल्लामा विस्तार भएको छ। म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, स्याङ्जा, तनहुँ, नवलपरासी, लमजुङ, गोरखा, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपलान्चोक, दोलखा, झापालगायत १६ जिल्लामा बेतारे सञ्जाल विस्तार भइसकेको छ। '१६ जिल्लाका १ सय ६० दुर्गम बस्तीमा 'वायरलेस इन्टरनेट'को सेवा पुगिसकेको छ,' पुनले भने, 'दुर्गम जिल्लामा अझै सेवा विस्तार गर्ने योजना छ।'
उनी पछिल्लोपटक चीनसँग सीमा जोडिएको गोरखाको उत्तरी दुर्गम गाविस सामागाउँ, बिगी, प्रो गाविसमा काम गरिरहेका छन्। रुकुम, रोल्पा र डोल्पामा पनि यो सेवा विस्तार गर्ने उनको तयारी छ। 'पश्चिमका दुर्गम जिल्लाका बासिन्दाले आग्रह गरेका छन्,' उनले भने, 'राज्यले नीतिगत रूपमा सहयोग पुर्या्ए दुर्गम ठाउँमा सजिलै सूचना–प्रविधिको विकास गर्न सकिन्थ्यो।'
पुनका अनुसार १६ जिल्लाका १ सय ६० गाउँमा यो सेवा पुगेको छ। प्रविधि प्रयोग गरेर दुर्गम भेगमा शिक्षा र स्वास्थ्यमा परिवर्तन ल्याउने उद्देश्य रहेको उनले बताए। 'हरेक गाउँका विद्यालयमा कम्प्युटरसहितको शिक्षा दिलाउने यसको उद्देश्य हो,' पुनले भने, 'शिक्षालाई प्रविधिसँग जोडेर आधुनिकीकरण गर्न जरुरी छ।'
सूचनाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रमा इन्टरनेट सेवासँगै इ–एजुकेसन, इ–कम्युनिकेसन, इ–मेडिसिन, इ–कमर्स, इ–टुरिजम्, क्रेडिट कार्ड, ट्रान्जेक्सन सिस्टमलगायत सुविधा प्राप्त भएको छ। दुर्गम क्षेत्रका स्थानीयलाई उनले टेलिमेडिसिनको माध्यमबाट उपचार व्यवस्था मिलाएका छन्। म्याग्दी, पर्वतलगायत जिल्लाका १३ स्वास्थ्य संस्थामा टेलिमेडिसिन सेन्टरको माध्यमबाट चिकित्सकसँग परामर्शको व्यवस्था मिलाइएको छ। 
१६ जिल्लाका ५० विद्यालयमा यो प्रविधि प्रयोग गरेर पठनपाठनको व्यवस्था मिलाएको उनले बताए। शैक्षिक संस्थामा वायरलेस इन्टरनेट जडान भएर प्रयोगमा ल्याउन पाउँदा विद्यार्र्थी उत्साही छन्। बेतारे सञ्जालले शैक्षिक गुणस्तर बढाउन सघाउ पुर्यामएको गलकोट उच्चमावि बाग्लुडका प्राचार्य देवेन्द्र खत्रीले बताए। 'ग्रामीण क्षेत्रका विद्यार्थीले सूचना प्रविधिको प्रयोग गरेका छन्,' प्राचार्य खत्रीले भने, 'यो प्रविधि निकै भरपर्दो छ।'
अमेरिकाको आकर्षक सेवासुविधा छाडेर पुनले स्वदेशकै दुर्गम गाउँमा निःशुल्क सेवा प्रदान गर्दै आएका छन्। उनले स्थानीयको सहभागिता देशविदेशमा काम गर्ने नेपालीसँग आफैं सहयोग संकलन गर्दै सेवा विस्तार गरिरहेका छन्। 'आवश्यक सामग्री स्थानीय समुदायबाटै जुटाउने गरेको छु,' उनले भने, 'व्यक्तिगत रूपमा सहयोग जुटाएर अन्य काम गर्दै आएको छु।'
सूचना प्रविधिको क्षेत्रमा पुर्या एको योगदानको कदर गर्दै उनलाई सन् २००७ मा म्यागासेसे पुरस्कार प्रदान गरिएको थियो। विश्वले पत्याए पनि नेपाल सरकारले आफ्नो काममा नसघाएकोमा उनले दुःख व्यक्त गरे। उनले जापान, अमेरिका, हङकङ, बेलायतमा बस्ने नेपालीबाट सहयोग जुटाउँदै आएका छन्। उनले वायरलेस इन्टरनेटसँगै पर्यटन प्रवर्द्धनमा पनि सक्रियता बढाएका छन्।
थारु युवाहरु सम्मानित

थारु युवाहरु सम्मानित

काठमाडौं- थारु कम्युनिटीले थारु युवाहरुलाई सम्मान गरेको छ। उसको पाँचौं वार्षिकोत्सवको अवसरमा विद्यार्थी राजनीतिज्ञ सीतारम चौधरी, युवा अभियन्ता तथा पत्रकार मदन चौधरी, युवा अभियन्ता गीता चौधरी, लेखक तथा कवि जागृति...

बालिका बलात्कार अभियोगमा बृद्ध पक्राउ

पाल्पा-पाल्पा प्रहरीले बालिका बलात्कार गरेको अभियोगमा एक वृद्धलाई हिरासतमा लिएको छ। जिल्लाको पश्चिम छहरा गाविसका ६० वर्षीय वृद्धलाई प्रहरीले नियन्त्रण गरी अनुसन्धान थालेको हो।

युनेस्कोको चेतावनी कोषले टेरेन

युनेस्कोको चेतावनी कोषले टेरेन

काठमाडौं- युनेस्कोले तेस्रो पटक बाटो बन्द गर्न चेतावनी दिए पनि पशुपति विश्व सम्पदा क्षेत्र हुँदै गुह्येश्वरी जाने बाटो चालु नै छ। विश्व सम्पदा क्षेत्र मासेर बाटो बनाएको भन्दै युनेस्कोले बन्द...

नाम फेरेर टेस्ट परीक्षा

काठमाडौं- सरकारले एसएलसी परीक्षाअगाडि लिइने टेस्ट परीक्षामा रोक लगाए पनि निजी शिक्षण संस्थाले नाम फेरेर टेस्ट परीक्षा लिएका छन्। शिक्षा विभागको निर्देशनविपरीत निजी विद्यालयले माघ ४ देखि नाम फेरेर एसएलसी...

कात्तिक र पुसमा धेरै अपराध

काठमाडौं- प्रहरीको अपराध अनुसन्धान विभागको विश्लेषणअनुसार १२ महिनामध्ये कात्तिक र पुस महिनामा सबैभन्दा धेरै अपराध हुने गरेको देखिएको छ। विभागले तीन वर्ष मुलुकभर भएका अपराध संख्या र महिनाको विश्लेषणका आधारमा...

नेपाली एमआरपीमा पल्किए बंगाली

नेपाली एमआरपीमा पल्किए बंगाली

विराटनगर- वैदेशिक रोजगार सिलसिलामा मलेसिया रहेका मोरङ, झुक्रिया–९ का डिल्लीराम धिताल दुई महिनाअघि आमाको किरिया गर्न गाउँ फर्के। काजकिरिया सकेर मलेसिया फर्कन पुरानो पासपोर्ट काम नलाग्ने भयो। उनी एमआरपी (मेसिन...

फेवा तालमा डुबेर प्याग्लाइडिङ चालकको मृत्यु

काठमाडौं- प्याराग्लाइडिङ उडाउने एक विदेशी महिलाको तालमा डुबेर मृत्यु भएको छ। आकाशमा घुम्नेक्रममा असुन्तलन गुमाउँदा दक्षिण कोरियाका ४६ वर्षीया महिला ह्वाङ युन गाकको मृत्यु भएको हो। उनी सिधै फेवा तालमा...

आगलागीबाट १० लाख क्षति

सुरुङ्गा- बिर्तामोड नगरपालिका–१ स्थित वाल्मीकि एजुकेसन फाउन्डेसन नजिकै अइतवार बिहान आगलागी भएको छ ।