Thursday 15 Shrawn, 2071 |
Menu

समाज

तलब २५ हजार गर्न माग

(1 Vote)
काठमाडौं –सरकारी कार्यालयका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले आगामी बजेटमा न्यूनतम २५ हजार तलब बनाउन माग गरेका छन्।
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी संघले अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै २ सय ४० दिन काम गरेका कर्मचारीहरुलाई स्वत स्थायी गर्न पनि माग राखे।
सरकारलाई बुझाएको १५ बुँदे ज्ञापनमा निजामती अस्पताललाई सुविधा सम्पन्न बनाई अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुलाई आजीवन औषधि उपचारको व्यवस्था गर्न माग गरिएको छ।
स्थायी कर्मचारीसरह  आफूहरुलाई पोसाक भत्ता तथा विदा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ। अस्थायी कर्मचारीहरुले हाकिमको लहडमा जागिर रहने, नरहने गरेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै यसखाले श्रम शोषण अन्त्यको समेत माग गरेका छन्।
अर्थमन्त्री कोइरालाले अस्थायी तथा ज्यालादारी कर्मचारीले उठाएको माग नीतिगत र प्रक्रियागत भएकाले यसप्रति आफू सम्बेदनशिल रहेको बताए। यही बजेटले कर्मचारीका सवै समस्या निदान नभए पनि आफूले यसतर्फ पाइला चाल्ने उनले आश्वासन दिए।   
यसैगरी पूर्व कर्मचारी परिषद्ले गरेको बजेट सम्बन्धी अन्तरक्रियामा बोल्दै अर्थमन्त्री शंकरप्रसाद कोइरालाले पूर्व कर्मचारीहरुको ज्ञान, अनुभव र विज्ञताको आगामी बजेट निर्माणमा सहयोग पुग्ने बताए। उनले पूर्व कर्मचारीले दिएको मध्यमार्गी रोडम्याप देश निर्माणमा सहायक सिद्ध हुने विश्वास व्यक्त गरे।
'सिद्धान्ततः बजेट भनेको राजनीतिक दस्तावेज भएको र वर्तमान सरकार दलीय स्वरुपको नभएकाले यसले चुनाव, विकास र सुशासनलाई प्राथमिकतामा राखेको छ।' अर्थमन्त्री कोइरालाले भने 'देशको आर्थिक स्वास्थ्य यतिबेला राम्रो  छ। बजेट विकासमा केन्द्रित हुनेछ। आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने चुनौती सरकारका सामु छ। तर पनि सरकार एक कदम  भए पनि सकारात्मक पाइला चाल्ने प्रयासमा छ।'
आयोजनाहरुको संख्या बढ्नु, आयोजना छनोट गर्दा खर्च व्यहोर्ने श्रोत उल्लेख नहुनु, वैदेशिक सहायताको अनुमानभन्दा ३५ देखि ४८ प्रतिशतसम्म कम प्राप्त हुनुलाई उनीहरुलेे बजेट विनियोजनको समस्या बताएका छन्।

यौनधन्दा चलाएको अभियोगमा सातजना कारागार चलान

इटहरी- प्रहरीले अवैध यौनधन्दा चलाएको अभियोगमा पक्राउ गरी अदालत बुझाएको इटहरी तथा यसआसपासका सातजनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

फेसबुकमा बसेको पिरतीले पुर्‍यायो हिरासत

बाबियाचौर (म्याग्दी)- सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक जोडीलाई हिरासतमा पुर्‍याएको छ। विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुकमार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल नाम गरेका व्यक्ति अहिले...

एकै दिन तीन जनाको मृत्यु

धुन्चे - रसुवा जिल्लाको छुट्टाछुट्टै स्थानमा एकै दिन तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली सेनाका एक र दुई सर्वसाधारण रहेका छन्।

बसको ठक्करबाट एकको मृत्यु

दाङ- बसले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७८७७ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु६प २६१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...

१७ वर्षपछि पनि ट्रमा सेन्टर चलेन

१७ वर्षपछि पनि ट्रमा सेन्टर चलेन

काठमाडौं- सत्र वर्षअघि नेपाल भ्रमणमा आउँदा तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले गम्भीर दुर्घटनाका बिरामीलाई सबै किसिमका आपतकालीन सेवा दिन 'ट्रमा सेन्टर' शिलान्यास गरेका थिए। त्यतिबेला 'गौरवपूर्ण आयोजना'का रूपमा सुरु भएको...

विषादी छिट्नेलाई अनेकथरी रोग

विषादी छिट्नेलाई अनेकथरी रोग

झापा- चियाबगानमा लगातार २५ वर्ष काम गरेका गंगाबहादुर दर्जीले भर्खरै अनिवार्य अवकाश पाए। ५८ वर्षका उनलाई बगानले दीर्घसेवाबापत केही रकम हातमा राखिदियो। तर, उनी खुसी हुन सकेनन्। बगानमा काम गरेकै...

ट्रान्सक्रिप्टको ढाँचा फेरिने

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ब्याक लागेर पास भएका विद्यार्थीलाई उपलब्ध गराउँदै आएको ट्रान्सक्रिप्टको ढाँचा फेर्ने भएको छ। ब्याक लागेर पछि पास भइने विषयको प्राप्तांकपछाडि राखिने 'तारा' चिह्न...

विज्ञापन बोर्ड हटाऊ : सर्वोच्च

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्र रहेका विज्ञापन बोर्ड, भित्ते लेखन लगायत विज्ञापन सामग्री तत्काल हटाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले उक्त क्षेत्रमा रहेका सामग्री हटाई...