Monday 11 Jestha, 2072 |
Menu

समाज

केत्तुकेमा जीप दुर्घटना हुँद ३ जनाको मृत्यु

  • शुक्रबार ३१ जेष्ठ, २०७०
  • भानुभक्त निरौला
  • DISQUS_COMMENTS
(0 votes)
सोलुखुम्बु- सोलुखुम्बुबाट घुर्मीका लागि हिँडेको जिप ओखलढुङगाको केत्तुके ३ भुसुने भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। १२ जना भने सख्त घाइते भएका छन।
दिउँसो साढे १ बजे बा१०च ३४०१ नम्बर को जिप ओखलढुङ्गाको केत्तुकेस्थित भुसुने जंगलबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी दोलखा घर भइ हालः सोलुखुम्बु सल्लेरी बस्दै आएका केशव खड्काका ५ वर्षीय छोरा रोशन खड्काको मृत्यु भएको छ भने अर्का एक जना सिराहा घर भएका विन्देश्वरप्रसाद शाह छन्। दुर्घटनामा परि मृत्यु हुने अर्का एक जनाको भने पहिचान हुन सकेको छैन।
दुर्घटनामा परि गम्भिर घाइते भएका सोलुखुम्बुका जिल्ला कृषि विकास कार्यालयका प्रमुख मिन प्रसाद बुढाथोकी र सामुदायीक आँखा केन्द्र फाप्लुका नेत्र अधिकृत पुष्पबाबु बस्नेतलाई थप उपचारका लागि आजै हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ। त्यस्तै घटनामा परी घाइते हुनेमा जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुका खरिदार तथा उदयपुर गाईघाट निबासी राम कुमार केसी, कांकु १ का हर्क कामी तथा कुमारी राई, दोलखाकी रमिता खड्का भुजेल, केशव खड्का, तिङलाका तोलबहादुर कार्की, सल्लेरी २ फाप्लुका आशाङ लामा, रामेछापका कृष्ण कार्की र फंलाटे भञ्ज्याङका डिक बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाका पहरी नायब उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिए। 
घाइतेहरुको स्थानीय मिशन अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको यकिन कारण खुल्न नसके पनि चालककै लापरबाहीका कारण दुर्घटना भएको सो घटनामा घाइते यात्रुहरुले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखल्ढुङ्गाले जनाएको छ। 
सोही जिपमा रहेका नेपाली कांग्रेस सोलुखुम्बुका महासमिति सदस्य हिम नाछिरिङको भने अवस्था अज्ञात रहेको छ। घाइतेहरुको नामावलीमा पनि नाछिरिङको नाम नरहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

कोहलपुर इलाका प्रहरी कार्यालय घेराउ

नेपालगन्ज- यातायात व्यवसायीले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन् । नमस्ते नेपाल यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायीले सोमबार बिहानै देखि ईप्रका घेराउ गरेका हुन् । शुक्रबार बेलुका कोहलपुरमा नमस्ते...

१४ दिनदेखि पहिरोमा पुरिएका वृद्धको शव निकालियो

चरीकोट– दोलखामा १४ दिनदेखि पहिरोमा पुरिएरका एक वृद्धको शव साेमबार उत्खनन गरिएको छ। गत वैशाख २९ गतेको भूकम्पीय पराकम्पनपछि आएको पहिरोमा पुरिएका सुरी गाविस–२ का ७३ वर्षीय चेतबहादुर गुरुङको शव...

भूकम्पले जमिन धाँजैधाँजाः एउटा पाटो बारी तीनवटा

भूकम्पले जमिन धाँजैधाँजाः एउटा पाटो बारी तीनवटा

गोल्चे (सिन्धुपाल्चोक)-"अब अलि रोक्छ कि, अलि रोक्छ कि भनेर बस्याको, रोगले एकछिन पनि खाली हुँदैन, दिनको दिन भूकम्प र पहिरो चलेको चलै हुने, त्यसैले अब लौ सबैले यहाँ नबसौँ भन्यो,...

बारपाकको स्कूललाई एमआइटी फाउन्डेसनको १८ लाख

बारपाकको स्कूललाई एमआइटी फाउन्डेसनको १८ लाख

काठमाडौं—गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङ संस्थापक रहेको परोपका री संस्था एमआईटी ग्रुप फाउण्डेसनले भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक स्थित हिमालय उच्च माविको पाठन पाठन...

हेभेन्ली पाथद्वारा ४५ लाख बराबरको राहत सामाग्री वितरण

काठमाडौं– आध्यात्मिक संस्था हेभेन्ली पाथले गत बैशाख १२ गते नेपालमा आएको बिनाशकारी महाभूकम्प प्रभावित जिल्लामा राहत वितरण अभियान संचालन गरेको छ। हिज होलीनेस मास्टर गड्यान्जलको नेतृत्वमा हेभेन्ली पाथले भुकम्प प्रभावित...

रोकिएन पराकम्पन, फेरि गयो ५ रेक्टरस्कलेको भूकम्प

काठमाडौं–१२ वैशाखमा गएको विनाशकारी भूकम्प र गत २९ गते गएको शक्तिशाली भूकम्पपछि पराकम्पन जाने क्रम रोकिएको छैन। यसैक्रममा सोमबार विहान ३ बजेर २३ मिनेटमा गोरखालाई केन्द्रविन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प...

भूकम्प पीडितलाई चितवन निकुञ्जको साढे आठ लाख रुपैयाँ सहयोग

चितवन–चितवन राष्ट्रिय निकुञ्जले भूकम्प पीडितहरुका लागि आठ लाख ५१ हजार ३४१ रुपैयाँ सहयोग गरेको छ। निकुञ्ज प्रशासन, हात्तीसार, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरु र कर्मचारीहरुका तर्फबाट सो रकम जम्मा भएको...

यातायात व्यवसायीद्वारा कोहलपुर इप्रका घेराउ

नेपालगन्ज–यातायात व्यवसायीले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन्। नमस्ते नेपाल यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायीले सोमबार बिहानै देखि ईप्रका घेराउ गरेका हुन्।