Friday 18 Bhadra, 2072 |
Menu

समाज

republica-header

ist-cc

बुद्धको अस्थि धातु एक लाखले हेरे

  • ११ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौँ- बुद्ध जयन्तिका दिन स्वयम्भूको श्रीलङ्का राम चैत्यबाट निकालिएको अस्थी धातुलाई आज करिब एकलाख भक्तजनले दर्शन तथा पूजाआजा गरेको आयोजकहरुले बताएका छन्। शाक्यमुनि गौतम बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरी राखिएको अवशेषलाई अस्थी धातु भनिन्छ। यसलाई आज एक दिनका लागि सार्वजनिक प्रदर्शन गरिएको थियो।


आनन्दकुटी विहारले आज २५५७ औँ बुद्ध जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि उपस्थित थिए। उनले समाजमा आपसी सदभाव तथा शान्ति फैलाउनका लागि बुद्धका उपदेश उपयोगी रहेको बताए।

बुद्ध दर्शनमा मानव सेवालाई नै धर्म मान्ने महत्वपूर्ण व्यावहारिक पक्ष रहेकाले समाजमा त्यसको प्रभावकारीता बढेको चर्चा उनले गरे।

उनले संविधान सभाको निर्वाचनलाई सफल बनाउन सबैँको रचनात्मक सहयोगको अपेक्षा गर्दै अहिले निर्वाचनको मिति घोषणा नभएकै आधारमा अनायास आउने टिप्पणी तथा भडकाउको केही अर्थ नरहेको बताए।

कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एम सेमिविनरथ्नले विश्व समूदायलाई अहिंसाको मार्ग छाडेर शान्तिको मार्गमा आउन अभिप्रेरित गर्ने बुद्ध नेपाल र नेपालीको लागि मात्र नभएर अन्तर्राष्ट्रिय समूदायका लागि प्रेरणाको स्रोत रहेको चर्चा गरे।

आनन्दकुटी विहारका अध्यक्ष भिक्षु धम्ममूर्तिको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादव तथा संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुनले पठाएको सन्देश पढेर सुनाइएको थियो।

प्रतिक्रिया

हिन्दु अगुवाले भने– ‘कमल नयनाचार्य सामन्त हो’ (भिडियो)

काठमाडाैं– हिन्दु धर्मका अभियान्ताले नै स्वामी कमलनयनाचार्यलाई 'सामन्त' भन्दै चर्को बिरोध गरेका छन्। बुधबार नयाँ बानेश्वरमा हिन्दुहरूको प्रदर्शन भइरहँदा कमल नयनाचार्यविरूद्ध चर्को नाराबाजी भयो। ‘हामीले पानीको फोहोरा र लाठी खाने,...

पहिरोले खोटाङमा ५३ घर बिस्थापित, टेलिफोन अवरुद्ध हुँदा ढिलो जानकारी

खोटाङ– भीषण वर्षाका कारण गएको पहिरोले खोटाङमा ५३ घर बिस्थापित भएका छन्।

डेनमार्कको भिषा ग्यारेन्टी लगाइदिन्छु भन्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं—पुतलीसडकस्थित अथेन्टिक एजुकेसन इन्स्टिच्युटका सञ्चालक मोहन ढकाललाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

सार्वजनिक सवारीसाधनको भाडा घटाउन निर्देशन

सार्वजनिक सवारीसाधनको भाडा घटाउन निर्देशन

काठमाडौं—सरकारले पेट्रोलियम पदार्थमा आएको गिरावटको आधारमा सार्वजनिक सवारीसाधनको भाडा घटाउन निर्देशन दिएकको छ।

छोरी भेट्न हिडेका वृद्धको शव चमेलियामा फेला

बैतडी– चमेलिया नदीमा एक वृद्धको शव भेटिएको छ। बुधबार करिव २ बजेतिर नदीमा बग्दै गरेको अवस्थामा रुद्रेश्वर–७ का ६० वर्र्षीय नरबहादुर भण्डारीको शव फेला परेको हो।

क्यानडाको प्रलोभनमा १ लाख ७७ हजार ठग्ने पक्राउ

काठमाडौं– ग्रिनकार्ड योजनाअन्तर्गत क्यानडा पठाइदिने भन्दै १ लाख ७७ हजार रुपैयाँ ठगी गर्ने पुतलिसडकस्थित अथेन्टिक एजुकेसन इन्स्टीच्युटका संचालक ४६ वर्षीय मोहन ढकाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।

भारतमा पढ्न पठाइदिने भन्दै ५ लाख ९१ हजार ठग्ने पक्राउ

काठमाडौं– भारतमा अध्ययनको लागि पठाइदिने भुटो आश देखाएर ५ लाख ९१ हजार रुपैयाँ ठग्ने एक व्यक्ति पक्राउ परेका छन्।

बन्दको अवज्ञा गर्दै सवारी साधन संचालनमा

कोहलपुर–थरुहट संयुक्त संघर्ष समिति र मधेशी मोर्चाको अनिश्चितकालीन बन्दले आजित यातायात व्यवसायीले बिहीबारबाट स्वतस्फूर्त सवारी साधन सञ्चालन गरेका छन्। साउन २७ देखिको बन्दबाट आजित व्यसायीेले बन्द अवज्ञा गर्दै सडकमा सवारी...