Wednesday 27 Magh, 2072 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

सावधान, जङ्गली च्याउ पोटासियम साइनाइडभन्दा खतरनाक

  • ११ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौँ- जङ्गलमा पाइने सबै च्याउ विषालु हुँदैनन् तर केही च्याउ पोटासियम साइनाइडभन्दा पनि विषालु हुने व्यावसायिक कीट विकास निर्देशनालय काठमाडौँले जनाएको छ।


nepalipatro-nagarik
"पुर्खाले जङ्गलबाट च्याउ खोजेर खाँदा विषालु हो वा होइन यकिन गरेर मात्रै खाने गर्दथे। अहिलेका मानिसहरू हचुवाकै भरमा जङ्गली विषालु च्याउ खाने गरेको पाइन्छ" निर्देशनालयका निर्देशक जगदीशभक्त श्रेष्ठले भने।

च्याउ एक प्रकारको प्रोटिनयुक्त वनस्पतिजन्य खाद्य पदार्थ हो। उक्त खाद्य पदार्थ खेती गरेर तथा वन, पाखा वा ओसिलो कुनाकप्चामा वर्षा लागेपछि आफैँ छ्यापछ्याप्ति उम्रने गर्दछ।

आफैँ उम्रिएको च्याउ पनि सबै विषालु हुँदैनन्। चिनेर खान सकेको खण्डमा जङ्गलको च्याउबाट पनि प्रोटिन प्राप्त गर्न सकिन्छ। तर हचुवाकै भरमा जिब्रोको स्वादकै लागि त्यस्ता जङ्गली च्याउ खाँदा मानिसको मृत्यु हुनेगरेको च्याउ उत्पादन किसान सङ्घका सदस्य चित्रराज तिमल्सिनाले बताए।

मिडिया इन्टरनेसनलले आज यहाँ आयोजना गरेको 'च्याउखेती : वर्तमान अवस्थाा र सम्भावना' विषयक अन्तर्क्रिया कार्यक्रममा अधिकांश वक्ताहरूले जङ्गली च्याउ नचिनी खाँदा मात्र विषालु हुने समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीसँग ग्रह गरेका थिए।

लगानीको दोब्बर आम्दानी लिन सकिने च्याउ खेतीबाट अधिकांश किसानको जीवनस्तरमा परिवर्तन भएपछि च्याउखेतीको व्यावसायीकरण गर्न अपनाउनु पर्ने प्रक्रिया र सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले बताए।

युरोपबाट प्रारम्भ भएको च्याउखेती अहिले विश्वका अधिकांश देशमा हुने गर्दछ। नेपालमा व्यावसायिक च्याउखेती ५६ जिल्लामा विशेष गरी कन्ये, गोब्रे र सिताकेको च्याउखेती हुने गरेको छ।

नेपालमा सबैभन्दा बढी च्याउ उत्पादन हुने जिल्ला नवलपरासी हो। क्रमशः रूपन्देही, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकले मागको आपूर्तिलाई सहज बनाएको अनुभवी कृषक ओमकृष्ण श्रेष्ठले जानकारी दिए।

केही ठूला होटलले मात्र च्याउको आयात गरेको पाइन्छ। अन्य क्षेत्रमा नेपाली उत्पादनले नै धानेको भएपनि अझैसम्म च्याउ निर्यात गर्न सकिएको छैन।

च्याउ उत्पादनका लागि नेपालमा राम्रो सम्भावना रहेपनि मागअनुसारको उत्पादन हुन नसक्नुमा बैंक तथा सरकारको दोष रहेको च्याउ उत्पादक किसान तथा व्यवसायीले आज आयोजित कार्यक्रममा बताएका हुन्। 

प्रतिक्रिया

वीरगन्ज नाकाबाट ९५ ट्याङ्कर इन्धन भित्रियो

वीरगन्ज नाकाबाट ९५ ट्याङ्कर इन्धन भित्रियो

काठमाडौं– वीरगन्ज नाकाबाट सोमबारको तुलनामा मंगलबार ४ गुणा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ।

डेढलाख रुपैयाँ घुससहित सइ पक्राउ

बर्दिया– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले डेढ लाख रुपैयाँ घुससहित प्रहरी नायब निरीक्षक(सइ) नरबहादुर विकलाई मंगलबार पक्राउ गरेको छ।

बुद्ध भारतमा जन्मिएका हुन्ः भारतीय फिल्म निर्देशक भट्ट

काठमाडौं—संयुक्त राष्ट्रसंघ सहित अन्तर्राष्ट्रिय निकायले बुद्ध नेपालमा जन्मिएको प्रमाणित गरिसकेको अवस्थामा भारतीय फिल्म निर्देशक महेश भट्टले भगवान् गौतम बुद्धको जन्म भारतमा भएको दाबी गरेका छन्।

कोइरालाको अन्त्येष्टि विद्युतीय शवदाहगृहमा गर्ने तयारी

काठमाडौं- गए राति निधन भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको दाहसंस्कार विद्युतीय शवदाहगृहमा गर्ने तयारी गरिएको छ। पशुपतिमा माघ १० गतेदेखि सञ्चालनमा आएको गृहमा अन्त्योष्टी गर्ने पार्टीले तयारी...

आगलागीमा परी ताप्लेजुङमा दुई बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङको सावादिन गाविसमा गएराति आगलागीमा परी दुई बालकको मृत्यु भएको छ। दुई बालिका घाईते भएका छन्। खाना पकाएर ननिभाएको आगो घरमा सल्कँदा सावादिन आठका पेमादावा शेर्पाका पाँच वर्षीय छोरा...

उनन्तीस वर्षदेखि फरार अभियुक्त पक्राउ

लहान-अदालतबाट कैद सजाय पाएर २९ वर्षदेखि फरार दुई जना अभियुक्तलाई आज बिहान प्रहरीले सिरहाको अयोध्यानगर गाविसबाट पक्राउ गरेको छ।

ग्यासको बुलेटले च्यापिएर मृत्यु

चितवन-दारेचोक गाविस– ३ स्थित पृथ्वी राजमार्गमा काठमाडाैंतर्फ जाँदै गरेको ग्यासको बुलेट मंगलबार बिहान नालामा पल्टिँदा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

छापामा छैन कोइराला निधनको खबर

छापामा छैन कोइराला निधनको खबर

काठमाडौं– मध्यरातमा भएको सुशील कोइराला निधनको समाचार कांग्रेसजन र सर्वसाधारणले निकै ढिलामात्र थाहा पाउन सके। कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री कोइरालाको निधनबारे मंगलबारले छापाले समाचार प्रकाशन गरेका छैनन्।