Thursday 21 Falgun, 2071 |
Menu

समाज

HUB

बाराही फिल्म हलबाट पेस्तोल सहित २ जना पक्राउ

(0 votes)

भक्तपुर –प्रहरीले भक्तपुरको बाराही फिल्म हलबाट प्रहरीले १ थान पेस्तोल र ४ राउन्ड गोली सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काभ्रे, साँगा बस्ने २३ वर्षीय राजकुमार लामा र काभ्रेकै बुडाखानी घर भइ हाल सूर्यबिनायक बस्दै आएका विशाल ब्लोन तामाङ रहेको प्रहरीले बताएको छ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको बिशेष प्रहरी टोलीले जेठ १० गते १३:४५ बजे भक्तपुर नगरपालिका–१४ बाराही फिल्म हल भित्रबाट उक्त पेस्तोल र गोली सहित पक्राउ गरेको हो।


यसैगरी सुनसरी जिल्लाको भासी–४ स्थित राजमार्गबाट १ कि.मि. उत्तरमा रहको खेतबाट प्रहरीले १ राउण्ड गोली लोड गरी राखेको कटुवा पेस्तोल १ थान बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

लहान-लहान नगरपालीका–१८ मा बिहिबार विहान जंगली हात्तीको आक्रमबाट एक महिलाको मृत्यु भएको छ। घर बाहिर शौचालय गर्न गएको बेला सोही ठाउँकी तिलकमाया खडका (४५) को हात्ती आक्रमणबाट मृत्यु भएको ईलाका...

अस्थायी डाइभर्सनलाई डेढ करोड

अस्थायी डाइभर्सनलाई डेढ करोड

काठमाडौं-सरकारले तीनकुने–माइतीघर विस्तारित आठ लेन सडक खण्डमा पर्ने वाग्मती र धोबीखोलामा पुल बनाउने कामलाई प्राथमिकतामा नराखी अस्थायी डाइभर्सन निर्माणमा डेढ करोड रुपैयाँ खर्च गर्न लागेको छ।

विद्यार्थीलाई सहज छैन जापान

विद्यार्थीलाई सहज छैन जापान

जापान-अध्ययनको बहानामा कमाउन जापान पुगेका नेपाली ‘विद्यार्थी कामदार' ले समयमा काम नपाउँदा हैरान खेप्नुपरेको छ। नेपालका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) हरुले जापानमा पर्याप्त रोजगारीको अवसर रहेको ‘भ्रमपूर्ण' विज्ञापन र गलत...

आजबाट काठमाडौं–बनारस बस सेवा

काठमाडौं-काठमाडौंदेखि भारतको बनारससम्मको मैत्री बस सेवा सुरु हुने भएको छ। नेपाल–भारत यातायात सम्झौताअनुसार बिहीबार बिहान साढे ८ बजे दशरथ रंगशालाबाट पहिलोपटक काठमाडौं–बनारस मैत्री बस सेवा सुरु हुन लागेको हो।

क्रसरका टिपरले सडक क्षतविक्षत

क्रसरका टिपरले सडक क्षतविक्षत

बनेपा-जिल्ला विकास समितिले आन्तरिक आयका लागि भन्दै अनुमति दिने नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खननबाट वार्षिक केही करोड राजस्व उठाउँछ। तर, ती सामग्री ढुवानीमा प्रयोग हुने टिपर क्षमताभन्दा बढी भार...

ग्रामीण सडकको बिजोग

भोजपुर-बादल मडारिनै हुँदैन, भोजपुर–लेगुवा सडक खण्डका यात्रु चिन्तामा पर्छन्। कारण हो– सानोतिनो वर्षाले पनि बाटो अवरुद्ध हुनु। सडकको दुरवस्थाकै कारण स्थानीयले सुविधाभन्दा बढी सास्ती बेहोर्नुपरेको छ।

‘बेमौसमी' हिमपातले क्षती

पोखरा-अघिल्लो वर्ष यति नै बेला अन्नपूर्ण पदयात्राको थोराङला–जोमसोम खण्डमा बाक्लो हिमपात भयो। वीरगन्जका सात युवा हिमपातको चपेटामा परे। तीमध्ये एकजनाले ज्यानै गुमाए। गत असोज अन्तिम साता पनि यही क्षेत्रमा बाक्लो...

मण्डपबाटै बेहुलाबेहुली पक्राउ

सिन्धुपाल्चोक- इचोक–६, महांकालका १९ वर्षीय करण रसाइली बुधबार बिहान सखारै घरबाट अन्मिएर जन्तीसहित दुलही लिन छिमेकी गाउँ मेलम्ची–४, सिन्धुकोट पुगे। दुलही थिइन्– स्थानीय १४ वर्षीया माण्डवी (नाम परिवर्तन)।