Wednesday 8 Ashwin, 2071 |
Menu

समाज

softworica

बस दुर्घटनामा एकको मृत्यु, १६ घाइते

  • ११ जेष्ठ, २०७०
  • महेश्वर चामलिङ राई
  • DISQUS_COMMENTS
(0 votes)
उदयपुर – ओखलढुङ्गामा शनिबार भएको बस दुर्घटनामा परी एक बृद्धको घट्नास्थलमै मृत्यु भएको छ। एक बालकसहित १६ घाइते भएका छन्। सदरमुकाम ओखलढुङ्गाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना २ ख ४९१७ नंवरको यात्रु बाहक बस जिल्लाको केतुके भन्ने ठाउँमा दुर्घटनामा पर्दा झापा चन्द्रगढीका ६३ वर्षीय दिनानाथ घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परी ओखलढुङ्गा उँवु १ की ५७ वर्षीया सुनमाया राई, थाक्ले ५ का २३ वर्षीय सन्जिव राई, सोही ठाउँका ४६ वर्षीय धनबहादुर खत्री, ओखलढुङ्गाकै प्राप्चा ३ की २२ वर्षीया जमुना पोखरेल, ३४ वर्षीय लिला पोखरेल र दुई वर्षीय बालक रञ्जित पोखरेल घाइते भएका छन्। त्यस्तै ओखलढुङ्गा गाविस ५ का ४५ वर्षीय पेशल खत्री, टोक्सेल १ का ४५ वर्षीय विष्णुप्रसाद अधिकारी ओखलढुङ्गाकै जिल्ला प्रहरीका जवान २२ वर्षीय गोपाल कार्की पनि घाईते भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।

अन्य घाइते हुनेहरुमा सोलुखुम्बका ३२ वर्षीय पासाङकाजी शेर्पा, सप्तरी कल्याणपुरका ४२ वर्षीय तनुकलाल साह, सप्तरीकै ४५ वर्षीय तुलनारायण मण्डल, वीरगन्जका २२ वर्षीय सुनिलकुमार महतो र ४५ वर्षीय पवन महतो, जनकपुरका ४० वर्षीय वीरेन्द्र लालकर्ण र सुनसरी प्रकाशपुर ७ की तारादेवी कोईराला रहेका छन्। घाइतेमध्ये धनबहादुर खत्रीको अवस्था चिन्ताजनक रहेको प्रजिअ खत्रीले बताए।

निर्णय उल्ट्याउँदै जिशिअ राजधानीतिर

बागलुङ-जिशिअले राजनीतिक दबाबमा शिक्षा समितिको निर्णय उल्ट्याएपछि जिल्ला शिक्षा कार्यालयमा तनाब बढेको छ। तनाबकै कारण मंगलबार जिशिकामा डाकिएको प्रधानाध्यापक बैठक स्थगित भएको छ।

तराईका ३ सय ५ झोले विद्यालय खारेज

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत ९ महिनामा गरेको अनुसन्धान पछि तराईमा ३ सय ५ झोले विद्यालय खारेज भएका छन्।

'राष्ट्रपति ज्यू! दसैँमा बाढी पीडितको मुख पनि मिठो बनोस्'

'राष्ट्रपति ज्यू! दसैँमा बाढी पीडितको मुख पनि मिठो बनोस्'

दाङ- हलभरी खचाखच भिड। सरकारी कार्यालयका प्रमुख,राजनीतिक पार्टीका प्रतिनीधि तथा केही पत्रकारहरु मात्रै। बाढी पीडितहरुको अवस्था बुझ्न यहाँ आएका राष्ट्रपति रामबरण यादवले जिल्ला सदरमुकाम घोराहीको एउटा हलमा जम्मा भएको भिड...

सिसिटिभी मनिटर सहित चेल्सी स्कूलबाट एक लाख बढीको चोरी

काठमाडौं— बानेश्वर स्थित राजेश अधिकारीले सञ्चालक रहेको चेल्सी इन्टरनेशनल एकेडेमीबाट अन्दाजी १ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

चक्कु हानेर आत्महत्या प्रयास गर्ने नेपाली मलेसियाबाट फिर्ता

खोटाङ– छातीमा चक्कु हानेर आत्महत्याको प्रयास गरेका एक नेपालीलाई मलेसियाबाट स्वदेश फर्काइएको छ। आफ्नै बायाँ कोखामा तरकारी काट्ने चक्कु प्रहार गरेर आत्महत्याको प्रयास गरेका मोरङ बबियाबिर्ता–३ का खेमराज कार्कीलाई मलेसियामा...

५ सय प्याकेट खोर्सानी पटका बरामद

विराटनग–भारतको जोगवनीवाट ठुलो परिमाणको पट्का ल्याउने दुई कारोवारीलाई मोरङ प्रहरीले मंगलवार पक्राउ गरेको छ।

पहिरोले चेपेनदी थुनियो, स्थानीय त्रसित

लमजुङ— पूर्वीभेगको ईलमपोखरी गाविसमा पहिरो गएपछि लमजुङ र गोरखाको सिमानामा रहेको चेपेनदीको बहाव आंशिकरुपमा थुनिएको छ।

म्याग्दीमा जीप दुर्घटना हुँदा ११ को मृत्यु

म्याग्दी— जीप दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। राम्चेबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ४३२४ नम्बरको जीप हिस्तान–७ मा २ सय मिटर तल खस्दा ११ जनाको मृत्यु भएको...