Friday 15 Falgun, 2071 |
Menu

समाज

HUB

रोयल्टी मिनाहापछि सगरमाथा शिखरतिर जाँदै ८२ वर्षीय शेरचन

(1 Vote)
खुम्जुङ - खर्च अभावमा सगरमाथा चढ्न नसकेर बेस क्याम्पमै रहेका नेपालका ज्येष्ठ आरोही मिनबहादुर शेरचन सरकारी सहयोगसँगै सगरमाथा शिखरतिर जाने तयारीमा जुटेका छन्। बिहीबार बसेको अन्तरिम मन्त्रिपरिषद बैठकले ८२ वर्षीय शेरचनको रोयल्टी मिनाहासँगै १० लाख सहयोग गरेपछि आरोही शेरचन आधार शिविरबाट माथि चढ्ने तरखरमा जुटेका हुन्।


नेपाल सरकारले शेरचनको आरोहणको जिम्मा लिएको कम्पनी अल्पाइन एभरेष्ट गाइड्स नेपाललाई सरगमाथा चढ्नका लागि १० लाख सहयोग दिनुका साथै रोयल्टीमा लाग्ने ७० हजार अमेरिक डलर छुट दिएपछि उनको सगरमाथा आरोहणको बाटो खुलेको हो।


सरकारको निर्णयसँगै शेरचन सगरमाथा आरोहण गरेको ६० बर्ष  पूरा गरेको दिन मे २९ का दिन सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यमा रहेको बेस क्याम्पमा रहेका सम्पर्क अधिकारी ओङछु शेर्पाले जानकारी दिए। बिहीबारका दिन ८० वर्षीय जापनी नागरिक युचिरो मिउराले सगरमाथा आरोहण गरेर मिनबहादुरका नाममा रहेका सबै भन्दा पाको उमेरमा सगरमाथा चढेर कीतिर्मान खोसेका थिए। शेरचनले ७७ वर्षको उमेरमा सगरमाथा चढेर सन् २००८ मा विश्व रेर्कड कायम गरेका थिए। जापनका युचोरा मिउराले ८० वर्षको उमेरमा सगरमाथा आरोहणको रेर्कडलाई तोडेर सबै भन्दा बुढो उमेरमा सगरमाथा आरोहणको रेकर्ड कायम गरेका छन्।

हुँदै नभएको अपरेसनको पैसा मागेपछि...

पोखरा-माघ ८ गते वालिङकी डिला न्यौपाने, ७१, लाई मोटरसाइकलले ठक्कर दियो। टाउकोमा चोट लागेकी उनलाई स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरेर पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइयो। उनको करङमा पनि चोट लागेकाले...

म्याद गुज्रिँदा पनि बन्दैनन् पुल

म्याद गुज्रिँदा पनि बन्दैनन् पुल

सुर्खेत-डिभिजन सडक कार्यालय, जुम्लाले सोमबारको एक राष्ट्रिय दैनिकमा कन्काई नेपाल प्रगति जेभीका नाममा ‘अत्यन्त जरुरी सूचना’ प्रकाशित गर्योम। उक्त सूचनामा ‘पटक–पटक मौखिक एवं लिखित ताकेता गर्दा पनि निर्माणकार्य समयमा सम्पन्न...

रंगेहात घुस प्रकरण: प्रहरी उपरीक्षक कोइराला निलम्बित

रंगेहात घुस प्रकरण: प्रहरी उपरीक्षक कोइराला निलम्बित

नेपालगन्ज-जिल्ला प्रहरी कार्यालय, बाँकेका तत्कालीन प्रहरीप्रमुख प्रहरी उपरीक्षक शेखर कोइराला निलम्बित भएका छन्। घुस प्रकरणमा दोषी देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले कोइरालालाई निलम्बन गरेको हो।

डेभिज फलको आम्दानी स्कुललाई नै

पोखरा-पोखरा घुम्न आउने पर्यटकले नछुटाउने गन्तव्य पाताले छाँगो (डेभिज फल) को भोगाधिकार स्थानीय छोरेपाटन उच्चमाविकै हुने भएको छ। पोखरा उपत्यका नगरविकास समितिले छाँगो सञ्चालनका लागि आफूखुसी आह्वान गरेको टेन्डर सहरी...

थप तीनलाई स्वाइनफ्लु

चितवन– सरकारले स्वाइनफ्लु फैलन नदिन सतर्कता अपनाइरहेका बेला चितवनमा थप तीन संक्रमित फेला परेका छन्।  भरतपुर अस्पतालबाट परीक्षणका लागि काठमाडौं पठाइएका शंकास्पद रक्त नमुनामध्ये तीन जनामा स्वाइनफ्लुको कारक एच१एन१ जीवाणु...

‘ईश्वर, हाम्री छोरी बचाइदेऊ!'

‘ईश्वर, हाम्री छोरी बचाइदेऊ!'

काठमाडौं-कान्ति बाल अस्पतालको ‘पिआइसियु' (पेडिनेटनल आइसियु) बाट जबजब सेतो कोट लगाएका डाक्टर र नर्स निस्कन्छन्, बाराका एक दम्पतीका आँखामा त्रास र आस दौडिन थाल्छ।भेन्टिलेटरमा कृत्रिम श्वासप्रश्वासले बाँचिरहेकी ६ वर्षीया छोरीको...

सार्वजनिक यातायातमा जिपिएस सिस्टम राख्ने तयारी

काठमाडौं— लगातारको सवारी दुर्घटनाले ल्याएको विपत्तिसँगै सरकारले सुरक्षित सवारी यात्राका लागि नयाँ व्यवस्था लागु गर्ने भएको छ। सडकमा गुडीरहेका सार्वजनिक बसको बास्तविक स्थान अवस्था, गती, रुट लगायतका कुराहरुको निगरानी गर्न...

आइओएममा ताला

काठमाडौं– चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा एमडिएमएसको शुल्क मनपर्दी ढंगले वृद्धि गरेको भन्दै रेजिडेन्ट चिकित्सकहरुले डिन र क्याम्पस प्रमुखको कार्यलयमा तालाबन्दी गरेका छन्।