Tuesday 19 Falgun, 2071 |
Menu

समाज

HUB

बोक्सी आरोपमा आमाछोरी नै कुटिए

  • ११ जेष्ठ, २०७०
  • रामशरण पुडासैनी
  • DISQUS_COMMENTS
(0 votes)
मकवानपुर- बोक्सीको आरोपमा दुर्व्यवहार भएपछि प्रतिवाद गर्न खोज्दा पूर्वी मकवानपुरको फापरबारीमा दुई आमाछोरीले कुटाइ खाएका छन्। पटकपटक बोक्सीको आरोप लगाएको सहन नसकेर प्रतिवाद गर्दा स्थानीयले आमाछोरीलाई नै कुटेका हुन्।


छिमेकीले फापरबारी१ झुरझुरेकी पोक्चीमाया रुम्बालाई बोक्सीको आरोप लगाएपछि २७ वर्षीया छोरी सुनिताले प्रतिवाद गर्दा दुवैमाथि कुटपिट भएको हो। माइती आएकी सुनिताले आमामाथिको आरोप सहन नसकी प्रतिवाद गरेकी थिइन्। स्थानीय बाबुलाल गोलेमिठु गोलेसहित ५ जनाले कुटपिट गर्दा घाइते भएको सुनिताले बताइन्। घाइते सुनिताले फापरबारीस्थित मेडिकलमा ५ दिनदेखि उपचार गराइरहेकी छिन्। ५ जनाको आक्रमणमा परेकी उनको टाउकोखुट्टाढाडमा चोट लागेको छ। सानोपेटमा समेत दखल परेको उनले बताइन्।

बोक्सीको आरोप लगाएपछि पोक्चीमायासुनिता र आफन्तले इलाका प्रहरी कार्यालयमा सुरक्षा माग्दै उजुरी दिएका थिए। प्रहरीले फापरबारीमा सञ्चालन भइरहेको एकीकृत घुम्ती शिविरमा दुवै पक्षलाई बोलाउने तयारी गरेको थियो। त्यही साँझ स्थानीयले आमाछोरीलाई पिटेछन्। 'बोक्सी भने भन्दै दिउँसो आएका थिए। हामी शिविरमा व्यस्त थियौं,' इलाका प्रहरी कार्यालयका सहायक निरीक्षक बुकबहादुर राउतले भने, 'त्यही साँझ झडप भएछ।उनले घाइतेको उपचारपछि दुवै पक्ष राखेर समस्याको समाधान खोज्ने जानकारी दिए। 

घाइते सुनिताले आमालाई पटकपटक बोक्सीको आरोप लगाएर दुर्व्यवहार गर्ने गरेको बताइन्। आफू माइती आएको बेला पनि दुर्व्यवहार भएपछि प्रतिवाद गर्दा सबै मिलेर कुटेको उनले बताइन्। 'पहिले पनि धेरैपटक बोक्सीको आरोप लगाएका थिए। कुट्ने प्रयास पनि गरेका थिए। त्यसैले प्रतिवाद गरेकी हुँ,' बिहे गरेर उदयपुर पुगेकी सुनिताले भनिन्, 'आमामाथिको आरोप सहन सकिनप्रतिवाद गर्दा पिटाइ खाएँ।

आमालाई पनि स्थानीयले २/४ झापड हानेको र असुरक्षा महसुस गरी प्रहरीमा निवेदन दिएको उनले जानकारी दिइन्।

स्थानीय शुक्र बोम्जनले कुटपिटबाट घाइते सुनिताको उपचार मेडिकलमै राखेर गराइरहेको बताए। उनले चार दिनदेखि मेडिकलमा उपचार गराइरहेकी सुनिताको स्वास्थ्यस्थिति सुध्रेको जानकारी दिए। फापरबारी गाविस सचिव राजेन्द्रकुमार श्रेष्ठले पनि बोक्सी आरोपमा झडप हुँदा दुवैपक्षबीच घाइते भएको जानकारी पाएको बताए।
विकटमा पुग्दैन आयोडिनयुक्त नुन

विकटमा पुग्दैन आयोडिनयुक्त नुन

चितवन- चितवनको पहाडी र विकट क्षेत्रका जनतामा अझै आयोडिनयुक्त नुन पुग्न सकेको छैन। चेतनाको अभावका कारण उनीहरू अझै पनि ढिकेनुनको भरमा रहेको साल्ट टे्रडिङ कर्पोरेसन, चितवनले जनाएको छ। सहरी क्षेत्रमा...

उच्च भेगमा लगातार हिमपात

उच्च भेगमा लगातार हिमपात

सोलुखुम्बु- बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित बनेको छ। २४ घन्टादेखि लगातार परिरहेको झरीसँगै नाम्चेमाथिको बस्तीमा ६ फिट हाराहारी हिउँ जमेको छ। हिमपातका कारण खुम्बु क्षेत्र घुम्न आउने पर्यटकलाई कठिनाइ...

तेजाब आक्रमण : 'अपराधीको निकै नजिक' प्रहरी

तेजाब आक्रमण : 'अपराधीको निकै नजिक' प्रहरी

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले एक साताअघि राजधानीको वसन्तपुरस्थित ट्युसन सेन्टरमा तीन छात्रामाथि भएको तेजाब हमलामा प्रहरी '९५ प्रतिशत अपराधीको नजिक पुगेको' दाबी गरेका छन्। उक्त घटनामा 'चिनिएका' व्यक्तिले...

सुराकीलाई ट्राफिकले रिचार्ज कार्ड दिने

काठमाडौं- • 'सार्कपछि धेरै ठाँउमा डिभाइडर हटाइयो। विशेष गरी पुतलीसडक र थापाथलीमा जहाँ पायो त्यहीँबाट सवारी साधन दायाँबायाँ मोड्ने गरेको पाइन्छ। त्यसले गर्दा हामी नियम पालना गरेर हिँड्नेहरुलाई समस्या हुने...

नब्बे वर्षपछि ऐच्छिक महादान

नब्बे वर्षपछि ऐच्छिक महादान

ललितपुर- एकातिर नेपाली सेनाको पहरा, अर्कातिर भक्तजनको लाम। ब्यारेकभित्र सेना, छेवैको चौरमा बुद्धका मूर्ति। पूजा गर्न आएका सर्वसाधारणलाई लाइन मिलाएर बुद्धमूर्तिसम्म पुर्याकइरहेका नेपाली सेनाका जवान।

भाडा नघटाए कारबाही

काठमाडौं- सार्वजनिक सवारीको भाडा घटाउन यातायात व्यवसायीले अटेर गरेपछि सरकारले कारबाही प्रक्रिया अघि बढाउने भएको छ। पेट्रोलियम पदार्थमा आएको गिरावटसँगै सवारी भाडा घटाएको तीन साता बितिसक्दा पनि व्यवसायीले पुरानै दरमा...

शिक्षा सुधार्न समता रणनीति

काठमाडौं- शिक्षा मन्त्रालयले विद्यालय शिक्षा सुधार्न समता रणनीति ल्याएको छ। शिक्षा विभागले विद्यालय शिक्षामा बालबालिकाको समतामूलक पहुँच पुर्यााउन तयार पारेको समता रणनीति कार्यान्वयनका लागि माघ अन्तिम साता शिक्षा विभागमा पठाएको...

इन्जिनियर यादवलाई सफाइ

काठमाडौं- सर्वोच्च अदालतले भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिव तनुकलाल यादवलाई अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सफाइ दिएको छ। प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र गोपाल पराजुलीको संयुक्त इजलासले सहसचिव यादवले सार्वजनिक पदमा...