Thursday 19 Chaitra, 2071 |
Menu

समाज

गाविस रकम हिनामिनामा छानबिन

  • ११ जेष्ठ, २०७०
  • उपेन्द्र यादव
  • DISQUS_COMMENTS
(0 votes)
बारा- डुमरवाना गाविसको आम्दानी स्थानीय नेताले आफ्नो नाममा बैंक खाता खोली मनोमानी खर्च गरेकोबारे संघीय मामिला तथा स्थानीय विकास  मन्त्रालयले छानबिन थालेको छ। 



डुमरवाना गविसको आन्तरिक स्रोतको रकम राजनीतिक दलहरुले गैरकानुनी रुपमा वर्षौंदेखि सर्वदलीय समिति बनाई खर्च गर्दै आएका छन्। समितिका सदस्यले आफ्नै नाममा बैंक खाता खोली जथाभावी रकम खर्चेको सामाचार नागरिकमा छापिएपछि मन्त्रालयले छानविन सुरु गरेको हो। 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले कुन सचिवको पालामा गाविसको पैसा नेताको नाममा बैंकमा राखेर खर्च गरिएको होसोको विवरण तुरुन्त उपलब्ध गराउन निर्देशन दिएको बताए। 

जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी बद्रिकृष्ण संखदेवका अनुसार डुमरवानाका तत्कालीन सचिव श्यामचन्द्र प्रसाईको कार्यकालमा नेताको नाममा गाविसको पैसा राखेर खर्च गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

अर्थिक वर्ष २०६७/०६८ मा गाविसको खातामा जम्मा गर्नुपर्ने ३० लाख रुपैयाँ सर्वदलीय समितिका सदस्यहरुले आफ्नै नाउँमा खाता खोली खर्चेका थिए। डुमरवानास्थित साना किसान कृषि सहकारी संस्थामा तत्कालीन माओवादी प्रतिनिधि केशवप्रसाद थपलिया र फोरम प्रतिनिधि कृष्णबाबु चौधरीको नाउँमा बैंक खाता खोली गाविसको रकम जम्मा गर्ने र खर्चने गरिएको थियो। यसरीगाविसको ३० लाख रुपैयाँ खर्चिएको थियो। 

स्थानीय सर्वदलीय समिति विघटन भए पनि उक्त खाता एकीकृत माओवादीका टेकप्रसाद अधिकारीकांग्रेसका राजकुमार सेढाईं र एमालेका रुपलाल चौधरीको नाउँबाट सञ्चालन भइरहेको छ।

मन्त्रालयले छानबिन थालेपछि नेताहरु कारबाहीबाट बच्न जिल्ला र केन्द्रीय नेताकहाँ धाइरहेका छन्।

युवतीलाई बन्धक बनाई यौन शोषण गर्ने पक्राउ

गौशाला-महिनौंदेखि एक युवतीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको आरोपमा महोत्तरी प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर हरिणमरी गाविस–५ बस्ने ५५ वर्षीय भोगेन्द्र चौधरी रहेको...

८ महिनाकी गर्भवतीको विभत्स हत्या

दोलखा– जिल्लाको दक्षिणी भुषाफेदा गाउँकी एक गर्भवती महिला बिभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेकी छिन्। ८ महिनाको गर्भ बोकेकी उनको सुनियोजित हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

पचास हजार घुस सहित स्रोत व्यक्ति पक्राउ

मकवानपुर–पचारहजार घुससहित शिक्षा कार्यालय बाराका स्रोत व्यक्ति पक्राउ बुधबार पक्राउ परेका छन्। बरियारपुर स्रोत केन्द्रका स्रोत व्यक्ति जगदीश कुशवाहा ५० हजार घुस सहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल...

प्यूठान बम विष्फोट घटनाको छानविन गर्न समिति गठन

प्यूठान-दुई साता पहीले प्यूठानमा भएको बम विष्फोटको अनुसन्धानका लागि नेपाल सरकारले उच्चस्तरीय छानविन समिति गठन गरेको छ। गृहमन्त्रालयका उपसचिव केशव आचार्यको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी नायव उपरिक्षक प्रविणलाल चैत्य...

मुम्बईमा कोठी सञ्चालन गर्ने सोनु सत्र वर्षपछि पक्राउ

काठमाडौँ-जीउ मास्ने बेच्ने मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेर्को अभियुक्त सोनु भन्ने सरस्वती लामालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनले मुम्बईमा कोठीसमेत सञ्चालन गर्दैआएको...

त्रिशुलीमा पौडी खेल्दा बालकको मृत्यु

धादिङ-विद्यालयमा परीक्षा दिएर त्रिशुली नदीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ। धादिङको कल्लेरी गाविस–३ स्थित बाराही प्राविमा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय सुजन वि.क.को मृत्यु भएको...

पदाधिकारीको राजीनामा नआएसम्म अनशन तोड्दिन बरु प्राण त्याग्छु: डा. केसी

काठमाडौं– विभिन्न दश सुत्रीय माग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीले पदाधिकारीले राजीनामा नदिएसम्म अनशन कुनै पनि हालतमा नतोड्ने बताएका छन्।

आठ किलो सुनसहित दुई जना पक्राउ

सिन्धुपाल्चोक–आठ किलो अवैध सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ढाडेबाट काठमाडौं आउँदै गरेको बा२ख १२०६ नम्बरको याुत्रवहाक बस नियमित चेकजाँचका क्रममा आठ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ।