8 Kartik, 2071 |
Menu

समाज

स्ववियु चुनावका लागि फर्जी भर्ना गराएको विद्यार्थी संगठनले स्वीकारे

  • बुधबार ८ जेष्ठ, २०७०
  • रोशन सिल्पकार
  • DISQUS_COMMENTS
(0 votes)
भक्तपुर – विद्यार्थी संगठनका पदाधिकारीहरुले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी विद्यार्थी भर्ना गरिएको स्वीकार गरेका छन्। फर्जी विद्यार्थी भर्ना भए पनि त्रिभुवन विश्वविद्यालयले जेठ २३ गतेका लागि घोषणा गरिसकेको स्ववियू निर्वाचन भने स्थगित नहुने ती संगठनका पदाधिकारीहरुले बताएका छन्।
रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा विद्यार्थी संगठनका नेताहरुले फर्जी विद्यार्थी भर्ना गरिएको स्वीकार गर्दै स्ववियु निर्वाचन फर्जि विद्यार्थी र सक्कली विद्यार्थीबीच प्रतिस्पर्धा हुने बताए।

नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले सबै विद्यार्थी संगठनले फर्जी विद्यार्थी भर्ना गरिएको बताउँदै फर्जी विद्यार्थी भर्ना भए पनि निर्वाचन भने स्थगित नहुने बताए। 'फर्जी विद्यार्थी सबै भन्दा बढी एमाओवादी निकट अखिल क्रान्तिकारीले गरेको छ तर पनि नेविसंघ फर्जी विद्यार्थी भर्ना भएकै कारणले निर्वाचन बिथोल्ने पक्षमा छैन।'

नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइलीले पनि सबै संगठनले फर्जी विद्यार्थी भर्ना गरेको स्वीकार गरे। फर्जी विद्यार्थी भर्ना गर्नेमा एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी सघ र अनेरास्ववियू रहेको आरोप लगाउँदै ती संगठनको तुलनामा भने आफ्नो संगठनले नगण्य मात्रामा फर्जी विद्यार्थी भर्ना गरेको बताए।

केही क्याम्पसमा भने चरम विवाद रहेको भन्दै त्यस्ता विवाद भएको क्याम्पसमा भने अखिल क्रान्तिकारीले निर्वाचन गर्न नदिने रसाइलीले दाबी गरे।

एमाओवादी निकट अखिल क्रान्तिकारीका सचिवालय सदस्य गंगाराम तिमिल्सिनाले पनि आफ्नो संगठनले फर्जी विद्यार्थी भर्ना गराएको स्वीकार गरे। आफ्नो संगठनलाई मात्र फर्जी विद्यार्थी भर्ना भएको आरोप लगाए सबै विद्यार्थी संगठनहरुले त्यस्तो भर्ना गराएको उनको भनाइ थियो।

युवा जोडीद्वारा एउटै डोरीमा झुन्डिएर 'आत्महत्या'

सोलुखुम्बु– वाकु–४ सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष प्राप्त भएको छ।

बियरको बोतलले हानेर सशस्त्र प्रहरी जवानको हत्या

सुर्खेत— बीरेन्द्रनगर नगरपालिका–११ चनौटे घर भई सशस्त्र प्रहरी गण मुख्य कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान ईन्द्र बहादुर बुढाको कुटपिटबाट मृत्यु भएको छ।

डाँकाले हानेको गोली खुट्टामा लाग्यो, दुई पक्राउ

धनुषा—लवटोली–९ बस्ने बद्री अधिकारी र हेम कुँवरको घरमा डकैत गर्न आज शुक्रबार आएका डाँकाहरुले घर भित्र प्रबेश गरी डकैत गर्न खोज्दा स्थानीय बासिन्दाले प्रतिकार गरेपछि झडप भएको छ। झडपका क्रममा...

जुवा खालमा पेस्तोल राख्ने सहित १६ जना पक्राउ

स्याङजा—अवैध जुवातास खेलिरहेको स्थानबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सोमा लाग्ने टोटा १ थान सहित १ जनालाई पक्राउ गरेको छ। साथै जुवा खेलिरहेका अन्य १५ जना पनि पक्राउ परेका छन्।...

तास खेल्नेहरु दुई सय रुपैयाँ जरिवाना तिरेर छुटे

उदयपुर— चारदिनअघि ताल र नगदसहित पक्राउ परेका यहाँका आधादर्जन स्थानीयलाई जरिवाना तिराएर प्रहरीले छाडेको छ। सदरमुकाम गाईघाटकै एक घरमा तास खेल्दै गरेका त्रियुगा नगरपालिका जिल्लाको दक्षिणभेगको गाविस सुन्दरपुर ५ का...

दिपावली गर्ने क्रममा आगलागी हुँदा घर जल्यो

उदयपुर— तिहारमा दिपावली गर्ने क्रममा आगलागी भएर यहाँको एक घर बिहीबार राति जलेर नष्ट भएको छ। जिल्लाको पूर्वी गाविस रामपुर ठोक्सिला ८ स्थित धोदन सदाको घर जलेर नष्ट भएको प्रहरीले...

आजदेखि नेपाल सम्वत् ११३५ सुरु

आजदेखि नेपाल सम्वत् ११३५ सुरु

काठमाडौँ-नेपाल सम्वत् ११३५ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

चारदिन देखि हराएका बालकको शव फेला

कार्तिक- चारदिन देखि हराइरहेका एक बालकको गएराति नालीमा डुवेको अबस्थामा शव भेटिएको छ। रौतहटको नरकटिया गाविसका राम एकवाल महतोको ४ बर्षीय छोरा रवि महतोको बसन्तपटि गाविस स्थीत नालामा डुवेर मरेको...