Friday 4 Poush, 2071 |
Menu

समाज

भिरबाट खसेर युवतीको मृत्यु

  • बुधबार ८ जेष्ठ, २०७०
  • डिवी वुढा
  • DISQUS_COMMENTS
(0 votes)
जुम्ला — मालिकाठाटाँ गाविसमा भिरबाट खसेर एक जना युवतीको ज्यान गएको छ। घरबाट स्याउला लिन जंगल गएको अवस्थामा भिरबाट खसेर मालिकाठाटा-५ मालापानीकी ललिता बोहोराको मृत्यु भएको हो।
करिव १ सय २० मिटर उचाईमा रहेको भिरबाट खसेर उनको मृत्यु भएको मालापानी गाउँका स्थानिय मोतिराम बुढाले जानकारी दिए। उनको चारवटा हातखुट्टा भाच्चिएको र आँखा फुटेको अवस्थामा भेटिएकी हुन्। घरबाट करिब आधा घण्टाको दुरीमा रहेको जंगलमा स्याउला लिन गएकी थिइन्।

जंगली चराको गुड हेर्न भनेर गएकी उनी लामो समयसम्म पनि नफर्केपछि खोजी कार्य भएको थियो। उनका पिता बुदे बोहोराअनुसार सँगै गएका सबै साथी घर फर्के पनि उनी फर्किएपछि खोजी थालिएको थियो। शवलाइ बुधवार नै घरमा पुर्‍याइ दाहसंस्कार गरिएको छ।

सभासद् ओझाबाट १० लाख सहयोगको घोषणा

धनगढी- नेपाली कांग्रेसका युवा नेता एवम् सभासद् पुष्करनाथ ओझाले सेती अञ्चल अस्पताल धनगढीमा सघन उपचार कक्ष स्थापनाका लागि सांसद क्षेत्र विकास कार्यक्रममार्फत रु १० लाखको सहयोग गर्ने घोषणा गरेका छन्।...

'भारतमा हराइरहेका २२ नेपाली कारागारमा'

जनकपुरधाम- भारतको सतलोक आश्रममा हराइरहेका २२ नेपालीमध्ये एक जना भारतको हिसार (हरियाणा) चन्डिगढको कारागारमा रहेको परिवारजनले जनाएका छन्। गत कात्तिक २८ गतेदेखि मङ्सिर २ गतेसम्म सो आश्रममा भएको प्रहरी कारबाही...

बलात्कार आरोपीलाई अदालतद्वारा सफाइ

लहान-बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका दुईजनालाई बिहीबार जिल्ला अदालत सिरहाले सफाइ दिएको छ। जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिरहाको सिलोर्वा पछवारी गाविस-९ निवासी...

बहुविवाहका घटना बढ्दै

इलाम-इलाममा पछिल्लो समय बहुविवाहका घटना बढ्न थालेका छन्। पुस यता प्रहरीले तीन जोडीलाई बहुविवाह आरोपमा पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय पशुपतिनगरले पशुपतिनगर–६ मेहेलबोटेका मनबहादुर दर्जी र प्याङ-४ की गीता दर्जीलाई...

५० किलो गाँजा र चरेससहित एकजना पक्राउ

वीरगन्ज-पर्साको पटेर्वा सुगौलीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस र गाँजासहित एकजनालाई फक्राउ गरेको छ।

उच्च हिमपातले जुम्ला डोल्पा सडक ठप्प

डोल्पा (त्रिपुराकोट)-डोल्पामा गत सोमबारदेखि लगातार दुई दिनसम्म परेको हिमपातले गर्दा डोल्पा जुम्ला बाटो बन्द भएको छ।

मूल्य वृद्धि ७.२ प्रतिशत

काठमाडौं-चालु आर्थिक वर्षको पहिलो चार महिनामा मूल्य वृद्धि सामान्य दरले घटेको छ। राष्ट्र बैंकले तयार पारेको आर्थिक वर्ष २०७१/७२ को वर्तमान आर्थिक स्थितिअनुसार मूल्य वृद्धि ७.२ प्रतिशतमा अडेको हो। अघिल्लो...

‘ढुंगागिट्टी निकासी रोक्नु हुन्न'

काठमाडौं-अर्थमन्त्री रामशरण महतले ‘ढुंगागिट्टी निकासी गर्न दिँदा फरक नपर्ने' बताएका छन्। संसदीय विकास समितिको बिहीबार बैठकमा अर्थमन्त्री महतले पर्यावरणमा असर नपर्ने गरी ढुंगागिट्टी, बालुवा निकासीमा रोक लगाउन नहुने बताएका हुन्।...