Friday 8 Jestha, 2072 |
Menu

समाज

सदरुल मियाँको शव यात्रा

  • बुधबार ८ जेष्ठ, २०७०
  • रोहित राई
  • DISQUS_COMMENTS
(1 Vote)
धरान - पोष्टमार्टम गर्न धरान ल्याइएको पूर्वसभासद सदरुल मियाँ हकको शवयात्रा निकालिएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि धरानका मुश्लिम समुदायले शवयात्रा निकालेको हो। धरान-३ स्थित मस्जिदअघिबाट निकालिएको शवयात्राले नगर परिक्रमा गरेको थियो। शवयात्राको क्रममा मुश्लिम समुदायले छानबिन र हत्यारालाई कारबाहीको माग गरेका थिए। शवयात्रापछि शव गृहजिल्लातर्फ पठाइएको थियो।
शव यात्राअघि आयोजित श्रद्धाञ्जली सभामा मुश्लिम समुदायले हत्या गरिएका हक मुश्लिम समुदायका अगुवा भएकोले सरकारले शहीद घोषणा गर्न माग गरेका थिए। साथै उनीहरुले मुश्लिम अगुवाहरुको शृंखलावद्ध हत्या भइरहेकोले मुश्लिम अगुवाहरुको विशेष सुरक्षा दिन पनि माग गरे। 'नेपालमा कहिले अज्ञात समूह, कहिले भारत पाकिस्तानको नाममा मुश्लिम अगुवाहरुको हत्या भइरहेको छ, यो शृंखला अब रोकिनुपर्छ,’ मुश्लिम संघ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष महम्मद नजमुद्दिमले भने,'अब मुश्लिम अगुवाहरुलाई राष्ट्रले नै संरक्षण गर्नुपर्छ।’
चिकित्सक डा.खालिद हुसैन हकले यो घटनाले मुश्लिम अधिकारको लागि लड्ने अगुवा व्यक्ति सुरक्षित नरहेको पुष्टि गरेको बताए। मुश्लिम समुदायको अधिकारको लागि आवाज उठाएकै कारण पूर्वसभासद हकको हत्या गरिएको उनको भनाई थियो। 'उहाँ अधिकार र आफ्नो मुद्दाको लागि एक्लै संसद अवरुद्ध गर्नसक्ने क्षमताको व्यक्ति हुनुहुन्थ्यो,’ डा.हकले भने, 'सरकारले छानबीन गरी दोषीलाई कारबाही, उहाँलाई शहीद घोषणा गर्नुपर्छ र भविष्यमा यस्तो घटना हुन नदिन सरकारले सुरक्षा प्रबन्ध मिलाउनुपर्छ।’
राष्ट्रिय मुश्लिम संघर्ष गठबन्धनका धरान संयोजक अलिम अन्सारीले मुश्लिम मसिहाको हत्या भएको भन्दै उनलाई राष्टिय सम्मानका साथ अन्त्येष्टि गर्न सरकारसँग माग गरे। 'मुश्लिम अगुवाको हत्या शृंखला अब रोकिनुपर्छ,’उनले भने।

'भीरमा लाश देखिन्छ, निकाल्न सकिँदैन'

गोरखाबजार- वैशाख १२ मा गएको विनाशकारी भूकम्पमा परी गोरखाको विभिन्न भीरमा ज्यान गुमाएकाको शव अझै निकाल्न सकिएको छैन।

भूकम्प त्रास फैलाउनेहरू प्रहरी निगरानीमा

भूकम्प त्रास फैलाउनेहरू प्रहरी निगरानीमा

काठमाडौं- ठूलो भूकम्प आउने भविष्यवाणी गर्दा ज्योतिष ओजराज लोहनी प्रहरीको फन्दामा परे । भूगर्भविदहरूले नै भूकम्प आउने-नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ता क्रममा ठूलो भूकम्प...

अस्थायी केन्द्रमा रमाउँदै विद्यार्थी

अस्थायी केन्द्रमा रमाउँदै विद्यार्थी

देवीटार (काभ्रे)-वैशाख १२ को विनाशकारी भूकम्प र निरन्तर परकम्पले देवीटार–७, लामाटोलको देवीस्थान निमाविका चारवटा कक्षाकोठा पूर्ण क्षतिग्रस्त भए । यसै वर्षदेखि मावि तहसम्म स्वीकृति पाएको विद्यालयका बाँकी कक्षाकोठा पनि आंशिक...

घरभाडा मासिक छ रुपैयाँ !

काठमाडौं- उपत्यकाका असन, पाटन लगायतका व्यापारिक क्षेत्रमा घरको भाडा कति होला ? ५० हजारदेखि १ लाखसम्म । हाम्रो अनुमान यही हुन्छ । चल्तीको दर पनि यही हाराहारी छ ।

अठासी हजार विद्यार्थीको पढाइ अन्योलमा

अठासी हजार विद्यार्थीको पढाइ अन्योलमा

सिन्धुपाल्चोक- महाभूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका सबै शैक्षिक संस्था ध्वस्त भएकाले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने देखिएको छ । जिल्ला शिक्षा कार्यालय तथा शिक्षक राहत वितरणलगायत काममा अल्झिनुपर्दा महाभूकम्पपछि विद्यालय सञ्चालनबारे...

आरुघाटका भूकम्प पीडित भन्छन्- 'घरटहरा बनाउँ कि त्रिपालमै बसौँ'

आरुघाट (गोरखा)- आरुचनौटे गाविस आरुघाटका किरणकुमार चौहान भूकम्पले पक्की घर भत्किएपछि अब नयाँ घर टहरा बनाउने, नबनाउने भन्ने चिन्तामा छन्। भूकम्पले भत्काएको उनको घर गोरखा र धादिङको सीमाना भएर बन्ने...

अमेरिकी इन्जिनियरबाट दुई हजार भवन जाँच

काठमाडौँ- ग्लोबल फेयरनेस इनिसियटिभ एन्ड ब्रिक क्लिन ग्रुप नेपालले सहरी विकास मन्त्रालयको सहकार्य र अमेरिकी इन्जिनियरको सक्रियतामा दुई हजार भवनको प्राविधिक परीक्षण गरेको छ।

भूकम्पपछि बस्ती नै छाड्नु पर्ने भयो

भूकम्पपछि बस्ती नै छाड्नु पर्ने भयो

चितवन–भूकम्पले गर्दा चितवनको पहाडी गाविस काउलेका गुचीवाङवासी आफ्नो गाउँ सधैका लागि छाड्ने भएका छन्। पुस्तौदेखि बस्दै आएको ठाउँ छाडेर हिड्दा उनीहरु खुसी छैनन्।