Monday 21 Ashad, 2072 |
Menu

समाज

ist-cc

नागरिक लगायतका पत्रिका बोकेको गाडीले पत्रिका पुर्‍याउन पाएनन्

(0 votes)
सप्तरी - पूर्व सभासद सदरुल मियाँ हक हत्याको विरोधमा पूर्व-पश्चिम राजमार्ग बन्द गरि प्रर्दशनमा उत्रेका समर्थकहरुले प्रेसको गाडीलाई समेत रोक लगाएका छन्। आज बिहान विराटनगरबाट पत्रिका पुर्यागउन जनकपुर हिँडेका प्रेसका गाडीलाई बन्दकर्ताले सप्तरीको कठौनामै रोकेका छन्।
नेपाल रिपब्लिक मिडियाको नागरिक दैनिक र अंग्रेजी रिपब्लिका दैनिक पत्रिका पुर्याउन विराटनगरबाट जनकपुर हिँडेको गाडीलाई बन्दकर्ताले कठौनाभन्दा अगाडि जान नदिएका हुन्। यस्तै अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिक बोकेको गाडी पनि कठौनामै थन्केका छन्।
इलाका प्रहरी कार्यालय कठौनामा थन्केको प्रेसको गाडी गणतव्यमा पुर्या उन स्थानीय प्रशासनले वास्ता गरेको छैन। प्रहरी प्रशासनको विरोधमा प्रदर्शन जारी रहेकाले थन्किएको प्रेसको गाडी गन्तव्यमा पुर्याछउन केही गर्न नसकिएको स्थानीय प्रसाशनले जनाएको छ।
यसैबीच हक हत्याको विरोधमा सिरहाको लहानमा पनि मुस्लिम समुदायले प्रदर्शन गरेका छन्। हातमा लठ्ठि लिएर प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले लहान बजार बन्द गराएका छन्।
'बुझेर आए मलेसिया राम्रो'

'बुझेर आए मलेसिया राम्रो'

क्वालालम्पुर-मलेसियामा कार्यरत नेपालीले लहडमा भन्दा पनि काम, तलब र आफूले पाउने सेवासुविधाबारे राम्ररी बुझेर मात्र विदेश आउन आग्रह गरेका छन्। करिब ८ लाख नेपाली कार्यरत मलेसिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य...

पत्रकारलाई कम्तीमा २० हजार

काठमाडौं-न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजिवि पत्रकारको न्यूनतम पारिश्रमिक २० हजार पाँच सय रुपैयाँ निर्धारण गर्न सिफारिस गरेको छ। समितिले ६ महिना लामो अध्ययन र परामर्शपछि तयार पारिएको प्रतिवेदन आइतबार सुचना...

घरको अवस्था थाहा पाउन एक्सरे लिने कि ?

पोखरा–घर किन्दै हुनुहुन्छ ? पक्कै पनि जीवनमा एकपटक पूरा गरिने ठूलो सपना साकार पार्नुअघि धेरैपटक सोच्नुहुन्छ होला । अर्काले बनाएको घर कत्तिको बलियो छ भनेर छरछिमेक वा चिनेजानेकालाई सोध्नुहुँदो हो।

'कान्छी' र 'मोटी' पक्राउ

रत्ननगर (चितवन)—जिल्ला प्रहरी कार्यालय चितवनले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा भरतपुर–९ बस्ने वर्ष २८ का 'कान्छी' भनिने यमबहादुर कार्कीलाई पक्राउ गरेको छ।

पाँच सामुदायिक विद्यालयको अनुमति खारेज

कोहलपुर–विद्यालय सञ्चालनको अनुमति लिएर नियमित सञ्चालनमा नआएका जिल्लाका पाँच सामुदायिक विद्यालय खारेज गरिएको छ ।

६ वर्षअघि पनि अखाद्य चामल वितरण

काठमाडौं–विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले नेपालमा यसअघि पनि अखाद्य र गुणस्तरहीन खाद्यान्न उपलब्ध गराएको खुलेको छ।विश्व खाद्यले २०६६ सालमा जाजरकोटका भोकमरीपीडित जनतालाई बाँडेको चामल पनि अहिलेको जस्तै खान अयोग्य रहेको...

पत्रकारको पारिश्रमिकमा पुनरावलोकन गर्न सरकारलाई समितिको सिफारिस

काठमाडौँ-न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आइतबार सरकारलाई आफ्नो प्रतिवेदन पेस गरेको छ।

६० लाख ठगी गर्ने एक जना पक्राउ

काठमडौं–हर्बल उद्योगको स्तबृद्धि गर्ने भन्दै ६० लाख गठी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।