Friday 7 Kartik, 2071 |
Menu

समाज

फेसबुक र एसएमएसले सम्बन्धविच्छेद बढायो

  • बुधबार ८ जेष्ठ, २०७०
  • अन्जली रम्तेल/रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - नेपालमा महिलाले पतिसँग सम्बन्धविच्छेद गर्न चाहेमा सिधै अदालत जानसक्ने व्यवस्था भए पनि पुरुषले चाहेमा भने एक वर्षको समय पर्खनैपर्ने प्रावधान छ। यसका लागि पुरुषले पहिले स्थानीय निकाय गाविस वा नगरपालिकामा निवेदन दिनुपर्ने व्यवस्था छ।
काठमाडौँ महानगरपालिकाभित्रका स्थायी बसोबास गर्ने तथा काठमाडौँका सरकारी कार्यालयमा कार्यरत पुरुषले सम्बन्धविच्छेदका लागि महानगरपालिकामा निवेदन दिनुपर्ने व्यवस्थाअनुरुप विगतका वर्षको तुलनामा यस्ता निवेदनको सङ्ख्या बढ्न थालेको छ।

केही समयअघि मात्र एक पुरुष महानगरपालिकामा सम्बन्धविच्छेदका लागि निवेदन दिन आए। सम्बन्धविच्छेदको कारण थियो, श्रीमतीको परपुरुषसँगको सम्बन्ध। श्रीमतीको मोबाइलमा अर्कै पुरुषको सन्देश र लामो समय 'कल डिटेल' देखेपछि सम्बन्धविच्छेद गर्न चाहेका थिए। जसको कारण उनले १७ वर्षीय आफ्नो छोराको डिएनएसमेत जाँच गराउन माग गरे।

यस्ता घटना दिनप्रतिदिन बढिरहेको महानगरपालिकास्थित कानुनी महाशाखाका वरिष्ठ कानुन अधिकृत वसन्त आचार्यले बताए। 'विशेष गरी प्रेमविवाह गरेका जोडीमा सम्बन्धविच्छेदका घटना बढिरहेको छ,' उनले भने, 'विवाहपछि महिलाको अपेक्षा ठूलो हुन सक्छ। परिवारको सहमति बेगर गरिएको विवाह अन्त्यमा सम्बन्धविच्छेदमा टंुगिएको देखिन्छ।'

यहाँ आउने निवेदनमा श्रीमती परिवारमा मिलेर बस्न नसकेका कारण दिनहुँजसो झैं झगडा हुने, परिवारले जबर्जस्ती गराईदिएको विवाह, जहाँ केटा र केटीको शैक्षिक योग्यतामा ठूलै भिन्नता, उनीहरूको वैचारिकस्तरमा फरकपनलगायतका कारण हुने गरेको उनको भनाई छ।

अधिकृत आचार्य भन्छन्, 'विवाहपछि केटाले चाहन्छ कि केटीले बाहिर काम गर्न नजाओस्, पाइन्ट नलगाओस्, आफूसँग बाहिर कतै हिँड्दापनि लवाईखवाईको स्तर मिलोस्, जब त्यो चाहना पूरा हुँदैन तब सम्बन्धबिच्छेदको प्रक्रियामा लाग्ने गर्छ।'

उनका अनुसार महानगरपालिकामा आउने मध्ये करिब ५० प्रतिशत मुद्दा परिवारमा सासु र नन्दसँग सम्बन्ध नमिल्नुका कारणसहितको आउँछ। केटाले परिवार र केटीबीच सम्बन्ध सन्तुलन बनाउन नसक्दा वैवाहिक सम्बन्ध टुंगिने अवस्थामा पुग्छ। 'यसरी आएका निवेदनको अध्ययनपछि करिब एक वर्षसम्म मेलमिलाप गराउने कोसिस गरिन्छ,' उनले भने, 'सकेसम्म सम्बन्ध नतोडियोस् भनेर मिलाउने प्रयास गर्छौ।'

एक वर्षसम्म पनि श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो हुन सकेन र सम्बन्धबिच्छेद गर्न चाहेमा मेलमिलाप हुन नसक्ने व्यहोरा लेखेर अदालतमा पेस गर्ने गरिएको उनले बताए। त्यसपछि अदालतले सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढाउने गर्छ। सम्बन्धविच्छेदका लागि महिला सिधै अदालतमा जान पाउने भएकाले पनि स्थानीय निकायमा आउने पुरुषको संख्या कम देखिएको छ। प्रत्येक वर्ष महानगरपालिकामा आउने संख्या बढिरहेको उनले जनाए। हाल वर्षको करिब सयको संख्यामा यस्ता निवेदन आउने गरेको छ। 

श्रीमान्–श्रीमतीबीच आपसी विश्वासको कमी हुँदा मोबाइलमा एसएमएस, सामाजिक सञ्जाल फेसबुकलगायतमा आउने आपत्तिजनक सन्देशका कारण पनि सम्बन्धविच्छेदका घटना बढिरहेको पाइएको छ।
आजदेखि नेपाल सम्वत् ११३५ सुरु

आजदेखि नेपाल सम्वत् ११३५ सुरु

काठमाडौँ-नेपाल सम्वत् ११३५ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

चारदिन देखि हराएका बालकको शव फेला

कार्तिक- चारदिन देखि हराइरहेका एक बालकको गएराति नालीमा डुवेको अबस्थामा शव भेटिएको छ। रौतहटको नरकटिया गाविसका राम एकवाल महतोको ४ बर्षीय छोरा रवि महतोको बसन्तपटि गाविस स्थीत नालामा डुवेर मरेको...

खुकुरी हानाहानमा तीन घाइते

सुरुङगा-झापाको गरामनी–२ स्थित खोपबारीमा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीनजना गम्भीर घाइते भएका छन्।

एमपिए स्तानोकोत्तर द्वितीय वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत वर्ष सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तह जनप्रशासन (एमपिए–द्वितीय) द्वितीय वर्षको परीक्षाफल आज प्रकाशित गरिएको छ।

बसको ठक्करबाट एकको मृत्यु

डडेल्धुरा-परिगाउँ देखि डडेल्धुरा आउँदै गरेको उग्रतारा यातायातको ना ४ ख ४३३६ नम्बरको बसले ठक्कर दिदाँ ४५ गाँखेतका बीरबहादुर सार्कीको मृत्यु भएको छ।

'नेपाली भाषाका लागि देवकोटाको योगदान अतुलनीय'

काठमाडौं— राष्ट्रपति रामवरण यादवले नेपाली भाषा र साहित्यको विकासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अतुलनीय योगदान रहेको बताएका छन्।

५९ वर्षीया श्रीमतीको हत्या

पाँचथर—पञ्चमी–१ गोपेटारका एक व्यक्तिले कुटपिट गरी आफ्नी श्रीमतीको आज हत्या गरेका छन्।

तस्करको १५ राउन्डविरुद्ध रक्षकद्वारा २१ राउन्ड गोली प्रहार

रौतहट— रौतहटको विश्रामपुर नम्बर–९ स्थित बृन्दावन रामलाल राष्ट्रिय वनमा सशस्त्र वन रक्षक र काठ तस्करबीच गोली हनाहान भएको छ। वन रक्षकहरुको तर्फबाट २१ र तस्करहरुले १५ राउन्ड गरी कूल ३६...