Wednesday 15 Ashwin, 2071 |
Menu

समाज

softworica

पैसा दोब्बर गरिदिने भन्दै ठगी गर्ने पक्राउ

  • बुधबार ८ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
गौशाला - पैसा दोब्बर गरिदिन्छु भन्दै हजारौँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी जिल्लाको भवनगामाकट्टी गाविस–६ बस्ने वर्ष ३७ को रामबहादुर रजक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। जिल्लाको गैँढाभेटपुर गाविस–३ बाट मङ्गलबार पक्राउ परेका रजकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब निरीक्षक विजय भण्डारीले बताए ।
रजकले साँढा गाविस–६ बस्ने धीरेन्द्र राउतलाई पैसा डबल बनाइदिन्छु भन्दै रु ६९ हजार ठगी गरेको थियो।
रजकले राउतलाई मसँग पैसा बनाउने मेसिन र केमिकल रहेको भन्दै मेसिन तथा २/४ किसिमको रङ देखाएर फकाएर पैसा ठगी गरेको र निजलाई दुई बण्डल एक हजारको नोट जस्तै कागजको कटिङ दिएर यही हो पैसा भन्दै ठगी गरेको पीडित राउतलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।
जुम्लामा फूलपाती भित्र्याइयो (फोटो फिचर)

जुम्लामा फूलपाती भित्र्याइयो (फोटो फिचर)

जुम्ला- वडा दसैंको सातौं दिनअन्तर्गत् आज फूलपाती जुम्लामा पनि भित्र्याइएको छ। दूर्गा भवानीको प्रतिमा राखिएको दसैंघरमा फूलपातीको शुभसाइतका रुपमा उँखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल...

किरात जनबादी वर्कर्स पार्टीको नाममा चन्दा आतंक

खोटाङ- खोटाङमा किरात जनबादी वर्कर्स पार्टीको नाममा चन्दा आतंक सुरु भएको छ। किरात स्वयत्त राज्यको माग गर्दै पुर्वी पहाडी जिल्लामा भूमीगतरुपमा सशस्त्र संघर्ष गर्दै आएको किरात जनबादी वर्कर्स पार्टीको नाममा...

सर्लाहीमा बस पल्टियो, १३ जना घाइते

सर्लाही- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकमा यात्रुबाहक बस पल्टिँदा १३ जना यात्रु घाइते भएका छन्। कालिन्जोर-७ मा आज बिहान घाइते बस पल्टदाँ १३ जना यात्रु घाइते भएको हो। तीन जनाको अवस्था भने...

बाढीपीडितलाई त्रासैत्रास

दाङ- साउन अन्तिम साता बबईको बाढीले ज्यानबाहेक सबै बगायो। तैपनि पुरन्धारा–९ का ओमबहादुर घर्तीले हार मानेनन्। फेरि बास जुटाउने प्रयासमा लागे। छँदाखाँदाको घर बगेपछि बस्तीपारिको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा...

अझै खुलेन जानकी अस्पताल

जनकपुर- जानकी मेडिकल शिक्षण अस्पतालको जनकपुरस्थित सिटी अस्पताल तीन हप्तादेखि बन्द छ। लामो समयदेखि तलब नदिएको भन्दै डाक्टर–कर्मचारी आन्दोलनमा उत्रेपछि अस्पताल बन्द भएको हो। 

आज फूलपाती

काठमाडौं-नेपालीको महान चाड बडा दसैंअन्तर्गत आज (बुधबार) सप्तमी तिथिमा नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ। फूलपातीको दिन काठमाडौं हनुमानढोकास्थित दुर्गाभवानीको प्रतिमा राखिएको दसैंघरमा पनि शुभसाइतका रुपमा विधिवत फूलपाती भित्र्याइन्छ। शुभसाइतका रुपमा...

तीनवर्षे बिबिए चारवर्षे सरह

काठमाडौं-शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनबाट नेपालमा सञ्चालित निजी कलेजको तीनवर्षे बिबिए कोर्सलाई चारवार्षे स्नातक तहको कोर्ससरह मान्यता दिने निर्णय गरेको छ।

लमजुङमा एकै परिवारका ४ जनाको शव फेला

लमजुङ-यहाँको भोटेओडार गाविस-४ पिप्लेमा एकै परिवारका ४ जनाको शव भेटिएको छ। बेसीसहर-डुम्रे सडकखण्ड अर्न्तगत भोटेओडारको अकलामन्दिर नजिकै बस्दै आएका ६० वर्षीय अर्जुनप्रसाद रेग्मी, उनकी धर्मछोरी वर्ष ३५ की रीना घिमिरे, नाती...