Sunday 8 Bhadra, 2071 |
Menu

समाज

सिसियुका बिरामीजस्ता आइसियु

(0 votes)
काठमाडौं - गम्भीर अवस्थाका बिरामीको उपचार हुने सघन उपचार कक्ष (आइसियु) नेपालमा आफैं दीर्घरोगी छ। त्यहाँ न उपकरण छन्, न विशेषज्ञ। देशभरिका अस्पतालमा रहेका ५ सय शैयाका खटिने विशेषज्ञ डाक्टर जम्मा पाँचजना छन्। नेपालका अधिकांश अस्पतालका आइसियुमा उपचार प्रभावकारी भए–नभएको क्षणक्षणमा जाँच्ने अत्यावश्यक एबिजी मेसिनसमेत छैन।

'क' श्रेणीका आइसियुका लागि आवश्यक जनशक्ति र उपकरणलाई आधार मान्दा कुनै पनि अस्पतालका एउटै आइसियु मापदण्डअनुरुप छैनन्। 'वीर र शिक्षण अस्पतालका आइसियुमा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका उपकरण छैनन्,' वीर अस्पतालका आइसियु विशेषज्ञ (इन्टेन्सिभिस्ट) डा. रविमान श्रेष्ठले नागरिकसँग भने, 'सबैभन्दा भयावह अवस्था त जनशक्तिमा छ।'
विज्ञहरुका अनुसार आइसियु वा भेन्टिलेटरमा राखिएका बिरामीलाई विभिन्न परीक्षणका लागि धेरै टाढासम्म लैजान नमिल्ने र अधिकांश परीक्षण तत्काल चाहिने भएकाले सबै सेवा त्यहीँ उपलब्ध हुनुपर्छ। नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एएससिसिएम) का अध्यक्ष डा. मोदनाथ मरहठ्ठाका अनुसार २४ सै घन्टा इन्टेन्सिभिस्ट नभए पनि आइसियु कम्तीमा तालिमप्राप्त एनेस्थेसियोलोजिस्ट हुनैपर्छ। 
निजी अस्पतालका धेरै आइसियु नर्सको भरमा चलेका छन्। बिरामीको कुनै अंगले काम गर्न छाडेको अवस्थामा आइसियुमा राखिन्छ। विज्ञका अनुसार उचित इन्टेन्सिभ केयर पाए गम्भीर बिरामी पनि बाँच्ने सम्भावना अधिक रहन्छ
देशभरका ८० जति आइसियुमा ५ सयभन्दा बढी शऒ्ढया रहेको आँकडा छ। तर खास यही विषयका विशेषज्ञको संख्या भने जम्मा पाँचमात्र छ। सामान्यतः २४ घन्टा इन्टेन्सिभिस्टको मातहत सेवा दिनुपर्ने, सम्भव नभए एनेस्थेसियोलोजिस्ट अनिवार्य हुनुपर्ने आइसियुको न्यूनतम मापदण्ड नै मानिन्छ। कृत्रिम श्वासप्रश्वास गराउने उपकरण (भेन्टिलेटर) को सबैभन्दा बढी ज्ञान एनेस्थेसियोलोजिस्टलाई हुने भएकाले इन्टेन्सिभिस्ट र एनेस्थेसियोलोजिस्टका साथ अन्य विशेषज्ञ भएको आइसियु सेवामात्र जनशक्तिका हिसाबले अब्बल मानिन्छ। 
'विभिन्न अनुभव सँगालेका एनेस्थेसियोलोजिस्टलाई समेत गणना गर्दा पनि आइसियुलाई जनशक्ति पुग्दैन,' डा. मरहठ्ठाले भने। यस्तो विशेष सेवाका लागि पोस्ट ग्र्याजुएसनपछि आवश्यक कम्तीमा एकवर्षे तालिमको व्यवस्था नेपालमा छैन। नेपालका पाँच इन्टेन्सिभिस्टमध्ये चारजना डा. श्रेष्ठ, डा. प्रदीप वैद्य, डा. सुजिता मानन्धर र डा. बिन्दुलक्ष्मी शाही वीरमा कार्यरत छन्। डा. सुभाष आचार्य त्रिवि शिक्षण अस्पतालमा छन्। 
नेपालमा १ सय ४० एनेस्थेसियोलोजिस्ट काउन्सिलमा दर्ता रहे पनि आधाभन्दा बढी विदेश छन्। बाँकी अधिकांश सरकारी, त्यसमा पनि राजधानीकै अस्पतालमा छन्। दुई वर्ष राजधानीको आइसियु सेवाबारे विस्तृत अध्ययन गरेका डा. श्रेष्ठका अनुसार झन्डै अढाइ दर्जन बढी अस्पतालका आइसियु कक्षमा रेजिडेन्ट मेडिकल अफिसरसमेत भेटिँदैनन्।
अन्तर्राष्ट्रिय मान्यताअनुसार १५ शैया भन्दा माथिका आइसियु कक्षमा एकजना इन्टेन्सिभिस्ट अनिवार्य हुनुपर्छ। तर अधिकांश मेडिकल कलेजमा यसभन्दा बढी शैया भए पनि त्यहाँ इन्टेन्सिभिस्ट छैनन्। 'आइसियुमा एक बिरामीका लागि एक दक्ष नर्स, चार बिरामीका लागि एक तालिमप्राप्त हाउस अफिसर र १५ बिरामीका लागि एक इन्टेन्सिभिस्ट हुनुपर्छ। 
स्रोतका अनुसार ३६ शैयाको आइसियु भएको काठमाडौं सुन्धाराको लाइफकेयर अस्पतालमा इन्टेन्सिभिस्ट त के, एनेस्थोसियोलोजिस्ट पनि नाममात्रै भेटिन्छ, मान्छे हुँदैनन्। महँगो शुल्क लिए पनि धेरै अस्पतालले आइसियुका बिरामीलाई नर्सिङ स्टाफको निगरानीमा भर्ना लिने गरेका छन्। धेरै अस्पतालले आवश्यक पर्दा जनरल फिजिसियानलाई बोलाएर परामर्श लिने गरेका छन्।

उपकरणबिनाका आइसियु
धेरै निजी अस्पतालका आइसियुमा सामान्य रगत परीक्षण गर्ने मेसिन (बल्ड ग्यास एनालाइजर) समेत छैन। 'यतिको भए चल्छ भनेजस्ता आइसियु पनि एकतिहाइमात्र होलान्,' डा. मरहठ्ठाले भने, 'सरकारले अनुगमन गर्न नसक्दा बचाउन गरिने अन्तिम प्रयासमा पनि यस्तो लापरबाही छ।' 
गम्भीर अवस्थाका बिरामीलाई २४ सै घन्टा विशेषज्ञको हेरचाह र प्राविधिक रुपमा शरीरको अंगहरुका काम र गतिलाई सूक्ष्म अनुगमनका आधारमा उपचार थाल्न आइसियुको सहारा लिइन्छ। विभिन्न तथ्यांकअनुसार नेपालमा ८० आइसियुमा झन्डै ५ सयभन्दा बढी शऒ्ढया छुट्ट्याइएका छन्।
आइसियुका लागि अत्यावश्यकीय उपकरण मोनिटर, मेकानिकल भेन्टिलेटर, एबिजी ग्यास एनलाइजर, इकोकार्डियोग्राफी, अल्ट्रासेनोग्राफी, हेमोडायलसिस मेसिन, सेन्ट्रल अक्सिजन सिस्टम, पोर्टेबल एक्सरे, डिफिविलेटर, एबिजी (ग्यास एनालाइजर), इलेक्ट्रिकल बेड, छुट्टै ल्याबजस्ता सुविधा चाहिन्छ। 'बोर्ड झुन्ड्याउँदैमा कसरी आइसियु भन्ने?' श्रेष्ठले भने, 'राजधानीमै भेन्टिलेटर र एबिजी नभएका थुपै आइसियु छन्, एबिजी नै नहुनु अनुमानमा उपचार हुनु हो।' 
एबिजी मेसिनले परीक्षण रिपोर्ट तीन/चार सेकेन्डमै दिन्छ। यो उपकरणले रगतमा अक्सिजन, कार्बनडाइअक्साइड र एसिडको मात्रा जाँच गर्छ, भेन्टिलेटरले फोक्सोलाई काम गर्न सहयोग गरे–नगरेको देखाउँछ। 'वीरमा पनि छुट्टै डाइलसिस, छुट्टै ल्याबजस्ता मेसिन छैन,' डा. श्रेष्ठले भने, 'भेन्टिलेटर पनि फोक्सोलाई मात्रै सपोर्ट गर्ने खालको छ। 
भेन्टिलेटरमा राखेको बिरामीको मिर्गौलाले काम गर्न छाडे तत्काल डाइलसिस गर्नुपर्छ, तर आइसियुमा त्यस्तो सुविधा नहुँदा वीरमा समेत यस्ता बिरामी जोखिममा पर्छन्। झन्डै दुई वर्षअघि श्रेष्ठले नेपालका आइसियुको अवस्था अध्ययन गर्दा ७० प्रतिशत आइसियु राम्रा अस्पतालका जनरल बेडजस्ता भेटिएको जनाए।

प्राविधिक एआइजीमा राणा सिफारिस

काठमाडौं- नेपाल प्रहरीको प्राविधिकतर्फ रिक्त एआइजी पदमा डा सुमनशमशेर जबराको सिफारिस भएको छ। शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले डिआइजी राणालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

उदघाटन नहुँदै बग्यो झोलुंगे पुल

उदघाटन नहुँदै बग्यो झोलुंगे पुल

कुुसुम्बाघाट (बर्दिया)– वर्षौंको प्रतीक्षापछि झोलुंगे पुल बन्दा जिल्लाको कुसुम्बाघाट गाविसका स्थानीयलाई ठूलो त्राण मिलेको थियो। सदरमुकाम गुलरिया नजिकिएको थियो। तर, जिल्लाकै लामो मानिएको यो झोलुंगे पुल जडान भएको एक महिनामै...

भैंसी पाल्न दिँदैन नगरपालिका

पोखरा-कृषिप्रधान भनिएको मुलुकमा दूधसमेत भारतबाट आयात हुन्छ। खाद्यान्न र तरकारीको हालत उस्तै छ। सरकारले कृषिलाई बढावा दिन यही वर्षको बजेटमा कृषि ऋण ६ प्रतिशतमा दिने नीति घोषणा गर्योत। तर पोखरा...

लालबकैयाको बाँध फुट्ने खतरा, पाँच गाउँ जोखिममा

लालबकैयाको बाँध फुट्ने खतरा, पाँच गाउँ जोखिममा

रौतहट– लालबकैया नदीमा आएको बाढीले देवाही–८ स्थित झन्डै दुई सय मिटरभन्दा बढी तटबन्ध कटान गरेपछि आसपासका पाँच गाउँका बासिन्दा सम्भावित खतराबाट त्रसित छन्।

के हुँदैछ सुनकोसी तलाउ ? (फोटो फिचर)

के हुँदैछ सुनकोसी तलाउ ? (फोटो फिचर)

ड्याससाइट् (सिन्धुपाल्चोक)– शुक्रबार सुनकोसी थुनिएर कृत्रिम तलाउ बनेको २१ औं दिन। गन्तव्य थियो, कान्ले पहिरो र सुनकोसी तलाउले नाकाबन्दीमा परेको पूरानो व्यापारिक केन्द्र बाह्रविसे बजार पुग्नु। लामोसाँघुस्थित सुनकोसी पीडित आश्रयस्थलबाट...

नागरिककर्मी बस्याल सम्मानित

नागरिककर्मी बस्याल सम्मानित

कोहलपुर– कोहलपुर क्षेत्रमा रही सञ्चारजगतमा उल्लेखनीय काम गरेको भन्दै नागरिककर्मी टेकेन्द्र बस्याल सम्मानित भएका छन्।

धम्क्याएर रकम असुलेको आरोपमा पाँच पक्राउ

महेन्द्रनगर– फोनबाट धम्क्याई सर्वसाधारणबाट रकम असुल्दै आएको समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको अनुसन्धन एवं नियन्त्रण सहयोग टोलीले फोनबाट धम्क्याएर रकम असुल्ने उनीहरूलाई...

यसरी बन्यो टुँडिखेलमा मानव झण्डा (फोटो फिचर)

यसरी बन्यो टुँडिखेलमा मानव झण्डा (फोटो फिचर)

काठमाडौं-नेपाली जो जहाँ जसरी भए पनि चन्द्रसूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौँ भन्ने भावनालाई स्थापित गराउने उद्देश्यले हजारौँ मानिस सहभागी भई चन्द्र सूर्य अङ्कित नेपाली झण्डा तयार गरिएको छ।