Friday 13 Chaitra, 2071 |
Menu

समाज

HUB

पूर्व सभासदको शव परिक्षणका लागि विपि लगियो, राजमार्ग अझै बन्द

(0 votes)
सप्तरी -पूर्व सभासद सदरुल मियाँ हक हत्या गरिएको शव परीक्षणका लागि मंगलवार राति ११ बजे विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। परिवारको सहमतिमा स्थानीय प्रशासनले शव परीक्षणका लागि लगेको हो । प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलका अनुसार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको हकको शव आज बिहान परीक्षण हुँदैछ ।
शव परीक्षणपछि घर ल्याएर श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्त्येष्ठि गरिने कार्यक्रम रहेको आफन्तले बताए।
यता, हक हत्याको विरोधमा मंगलवार बिहानैदेखि बन्द पूर्व-पश्चिम राजमार्ग फेरी बन्द गरिएको छ। १२ घण्टा भन्दा बढि समयसम्म अलपत्र यात्रुलाई गणतव्य पुर्यारउन बिहान ५ बजेसम्म अवरुद्ध राजमार्ग खोलिएपनि बिहान ५ बजेबाट पुनः बन्द गरिएको छ ।
लामो तथा छोटो दुरीका सवारीसाधन पश्चिममा सिरहाको लहान, कदमाहा, कल्याणपुर विसनपुर, र पूर्वमा कोशी व्यारेज, भारदह, बरमझियामा थन्किएका छन्।

एक लाख भन्दा बढी डलर सहित चिनियाँ नागरिक पक्राउ

काठमाडौ- त्रिभुवन विमानस्थलबाट चिन जान लागेकी एक चिनियाँ पर्यकटलाई १ लाख १३ हजार भन्दा बढी डलर सहित पक्राउ गरेको छ। चाइना साउथर्न एयरको सिजेड ३०६८ उडानबाट चिन जान लागे ५०...

अर्वौं रुपियाँको चिरु तस्करी गर्ने लामा पक्राउ

गोरखा- नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले २०६९ साल माघ महिनामा बरामद गरेको चिरुको रौँ तस्करीका मुख्य नाइके छेकम्पार-९ का रिजिन वाङ्दो लामालाई पक्राउ गरेको छ। लामालाई दुई वर्षभन्दा लामो...

तेस्रोपटक उच्च स्तरीय शिक्षा आयोग गठन

काठमाडौं- सरकारले उच्च स्तरीय शिक्षा आयोग गठन गरेको छ। बदलिँदो परिवेशअनुसार समग्र शिक्षा क्षेत्रलाई नयाँ ब्यवस्थापन गर्ने लक्ष्यसहित शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अयोग गठन गरेको हो।

पशु चिकित्सकको अनुगमन प्राविधिकले गर्ने प्रस्ताव

चितवन- आफूहरुभन्दा कम योग्यताका पशु स्वास्थ्य प्राविधिकलाई पशु चिकित्सा परिषद्मा राख्न सरकारले ऐन परिवर्तन गर्न लागेको भन्दै पशु चिकित्सकहरु आन्दोलित भएका छन्।

एसएलसी दिइरहेकी युवतीले छोरी जन्माइन्, हलमै नाम जुराइयो

जाजरकोट— एसएलसी परीक्षाको अन्तिम दिन जाजरकोटको एक परीक्षा केन्द्रमा एक छात्राले छोरी जन्माएकी छिन्। मालटाकुरा मावि तम्ती अर्छानीकी ०६४३५९३ ओ सिम्वोल नम्वरकी छात्रा विमलाकुमारी चलाउने (सिंह)ले शिक्षा विषयको परीक्षा दिँदै...

एसएलसी परीक्षार्थी युवतीको मृत्यु

उदयपुर—एसएलसी परीक्षार्थी एक युवतीको मृत्यु भएको छ। जिल्लाको मध्यवर्ती गाविस रौता ९ राजाबास घर भई त्रियुगा नगरपालिका १३ चुहाडेस्थित जनज्योति उमावि परीक्षा केन्द्रमा जाँच दिँदै गरेकी १८ वर्षीया तारा समाल...

केसीको अनसन छैटौं दिनमा, टिचिङको ओपिडी सेवा बन्द

केसीको अनसन छैटौं दिनमा, टिचिङको ओपिडी सेवा बन्द

काठमाडौं— मेडिकल माफियाविरुद्ध अनसनरत डाक्टर गोविन्द केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै चिकित्सकहरुले शिक्षण अस्पताल महारागञ्जको ओपिडी सेवा बन्द गरेका छन्। डा. केसी अनशन बसेको छैटौं दिनसम्म पनि सरकारले कुनै चासो नदेखाएपछि...

खेतमा जाँदै गर्दा चट्याङ लागेर मृत्यु

मोरङ (पथरी)-चट्याङ लागेर मोरङको थलाहामा आज बिहान एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार थलाहा–१ का १६ वर्षीय जितेन माझीको मृत्यु भएको हो।