7 Bhadra, 2071 |
Menu

समाज

एक करोड ५५ लाख ठगी

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- नेपालमा मानिसमा काम गरेर खानेभन्दा पनि अरुको सम्पत्ति ठगेर खाने प्रवृत्ति बढ्दै गएको छ। यसरी ठगको सामूहिक मिलोमतोको पछिल्लो सिकार काठमाडौंको खड्का भद्रकाली गाविस–२ का राजन श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र सजना श्रेष्ठ भएका छन्। आफूलाई लुम्बिनी अञ्चल रुपन्देही जिल्ला आनन्दवन नगरपालिका–१का बताउने ऋषभ धिताल, लोकबहादुर तामाङ तथा चाबहिलमा पब्लिक ल फर्म सञ्चालन गरी बस्ने गोरखा घर भएका अधिवक्ता हरिनारायण श्रेष्ठ र मालपोत कार्यालय चाबहिलका कर्मचारी नक्कली जग्गा भिडाई राजन श्रेष्ठबाट रु एक करोड ५५ लाख ठग्न सफल भएका छन्।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालयभित्र हुने यो अहिलेसम्मकै सबैभन्दा ठूलो ठगी प्रकरण भएको पीडित राजनले बताए। उनले आफूलाई धिताल भनी चिनाउने ती व्यक्ति तथा तामाङ फरार रहेको र उनीहरूसहित नक्कली जग्गाधनी लालपुर्जा बनाउन सहयोग गर्ने मालपोत कार्यालय चाबहिलका सम्बन्धित कर्मचारीलाई पक्राउ गरी कारबाही गर्न माग गरे। 
अभियुक्तले नक्कली लालपुर्जा र नक्कली नागरिकताको प्रमाणपत्र तयार गरी काठमाडौं जिल्ला विष्णु गाविस–५ ख को कित्ता नं ४०८ को दुई रोपनी आठ आना जग्गा राजन, लक्ष्मी र सजनाका नाममा राजीनामा पास गरिदिएका थिए। पछि आफ्ना नाममा रहेको दुई रोपनी आठ आना जग्गामध्ये १३ आना दुई पैसा जग्गा जग्गाधनी राजनले पार्वती भण्डारीलाई बिक्री गरेपछि भण्डारी र उनका पति उमेशले घर बनाउन सुरु गरेपछि सक्कली धिताल आई विरोध गरेपछि उनीहरू ठगीमा परेको पत्ता लागेको थियो।

यसरी राजनसँग १३ आना दुई पैसा जग्गा खरिद गर्ने पार्वती र उनका श्रीमान् उमेश पनि ठगीमा परेका छन्।

उडान नहुँदा पर्यटक पाँच दिनदेखि अलपत्र

सोलुखुम्बु- पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा गएको पाँच दिनदेखि उडान हुन नसक्दा पर्यटक अलपत्र परेका छन्। 

पहिरोले घर पुरिँदा वृद्धाको मृत्यु

 चौतारा- अविरल वर्षासँगै गएराति घरमाथिबाट आएको पहिरोले घर पुरिँदा सिन्धुपाल्चोकको ठूलो सिरुबारी गाविसमा एक वृद्धाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

 वीरगन्ज (पर्सा)- वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको छातापिपरा चोकमा गएराति भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

बाढीले खेतीयोग्य जमिन कटान

नेपालगन्ज- जिल्लाका विभिन्न खोलामा आएको बाढीले २ हजार बिघाभन्दा बढी खेतीयोग्य र सरकारी जमिन कटान गरेको छ। राप्ती नदीले मात्रै एक हजार बिघा जमिन कटान गरेको जनताको तटबन्ध कार्यालय लमहीले...

प्रतिबन्ध खोला खोतल्दै भारतीय ठेकेदार

झापा- सरकारले साउन र भदौभरिलाई खोलानाला उत्खननमा प्रतिबन्ध लगाए पनि सीमावर्ती मेची खोलामा भारतीय ठेकेदारले निर्धक्क निर्माण सामग्री उठाइरहेका छन्। 

रहेन टेपरी गाउँ

रहेन टेपरी गाउँ

होलिया, (बाँके)- साताअघिसम्म यो गाउँमा छुट्टै रौनक थियो। झुरुप्प घरहरूमा जीवन चलमलाउँथ्यो। लम्मेतान फाँटहरूमा आशा र सपना उम्रन्थे। जिन्दगी सपार्ने अनेकौं योजना फक्रन्थे, घरैपिच्छे। दुःख पनि थियो। दुःखमा साथ दिने...

बाढीपीडितलाई एनसेलद्वारा २० करोड नगद सहयोग

बाढीपीडितलाई एनसेलद्वारा २० करोड नगद सहयोग

काठमाडौं– एनसेलले देशका विभिन्न भागमा आएको बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिले पीडित परिवारका लागि २० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।  आफ्नो व्यवसायिक सामाजिक दायित्वअन्तर्गत एनसेलले राहत तथा उद्धारका...

सुधिर बस्नेतलाई तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौं-सर्वसाधारणको निक्षेप रकम लिएर फिर्ता नदिएको आरोपमा ठगीको मुद्दा खेपिरहेका ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतलाई सर्वोच्च अदालतले तत्तकाल पक्राउ गरी थुनामा राख्न आदेश दिएको छ।