Friday 14 Kartik, 2071 |
Menu

समाज

रोल्पा कारागारबाट फरार कैदी पक्राउ

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
रोल्पा- गत वैशाख २८ गते मध्यराति सुरुङ खनेर फरार भएका आठजना कैदीमध्ये दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ। बलात्कार मुद्धामा अपराधी ठहरभई जेल चलान भएका ध्रुव डाँगी र डाँका चोरी मुद्दामा रहेका कृष्ण वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

पश्चिम उत्तर रोल्पाको जङकोट–६ गैराखुटी भन्ने स्थानबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज पौड्यालले जानकारी दिए। फरार भएका आठजनामध्ये सातजनालाई पक्राउ गरिसकेको र अब फरार मध्ये बलात्कारकै अपराधी राजबहादुर वलिमात्र गिरफ्तार हुन बाँकी रहेको निरीक्षक पौड्यालले जानकारी दिए। 
फरारमध्ये यसअघि रोल्पाको धबाङ–३ पेवाबाट चोरीका अभियोग लागेका राजु थापालाई शुक्रबार बिहान साढे ८ बजे पक्राउ गरेको थियो भने वैशाख ३० गते डाँकाचोरीका मुद्दामा सम्लग्न रहेका बसन्त रोकालाई राङ्कोट–८ जैपाबाट राति साढे ११ बजे पक्राउ गरेको थियो। 
प्रहरीले गैंडाको खाग तस्करीका अर्जुन सेन, डाँका चोरी मुद्दामा जेल परेका दीपक पुन र बलात्कारका चम्फे विकलगायतलाई पक्राउ गरिसकेको छ। प्रहरीको विशेष सुराकी र खोजतलासका क्रममा उनीहरु पक्राउमा परेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। 

नागरिकको फिचरका लागि पत्रकार बस्नेत पुरस्कृत

काठमाडौं— नागरिक दैनिकमा प्रकिशत 'फैलाउँदै आधा आकाश' फिचरका लागि पत्रकार वसन्त बस्नेतले 'सञ्चारिका समानता पुरस्कार २०७०' जितेका छन्। सञ्चारिका समूहले प्रदान गर्ने सो पुरस्कारको राशि १५ हजार रुपैयाँ छ। सो...

सेनामा जागिर लाइदिन्छु भनेर ठग्ने पक्राउ

काठमाडौं— सेनामा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम ठगी गर्ने एक जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कात्तिक १३ गते पक्राउ गरेको छ। चीनमा एमबीबीएस अध्ययनरत सञ्जय घिमिरेले सेनामा जागिर लगाइदिन्छु...

जीप खस्दा दुई जनाको मृत्यु, नौ गम्भीर घाइते

स्याङ्जा– पुतलीबजार ८ सतौ ठूलापँधेरामा बिहीबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। छहरीखोलाबाट स्याङ्जा सदरमुकाम आउँदै गरेको ग१ज ५०१७ नम्बरको जिप सडकबाट एक सय मिटर तल खसेको हो।...

बोक्सी भन्दै कुटपिट

नुवाकोट– बेतेनीमा एक महिलालाई बोक्सी भन्दै कपाल काटेर दुर्व्यवहार गरिएको छ। बेतेनी ५ की ३५ वर्षीया सुनिमाया तामाङ र ३१ वर्षीया मनुमाया तामाङले घरमा बसिरहेको अवस्थामा ती महिलालाई बोक्सी भन्दै...

गैंडा मुद्दाका फरार अभियुक्त समातिए

चितवन– गैंडा मारेर खाग बेचेको मुद्दामा सजाय सुनाइसकेपछि फरार अभियुक्तलाई चितवन निकुञ्जले समाएर बिहीबार भरतपुर कारागार चलान गरेको छ। मकवानपुर हाँडिखोला ४ ठाडोखोला बस्ने विजय लामा गोलेलाई निकुञ्ज टोलीले कात्तिक...

धार्मिक मोर्चा बनाउन राजधानीमा सम्मेलन

कठमाडौं– विभिन्न धार्मिक संघसस्थाले नेपालमा धार्मिक संस्थाहरुवीच एकता गर्न र मोर्चा तयार गर्ने उद्देश्यले कातिक १५ र १६ गते धार्मिक सम्मेलन गर्ने भएको छ। सनातन हिन्दू धर्मसंस्कारलाई नाश गर्ने षडयन्त्रविरुद्ध...

जीप खस्दा एकको मृत्यु, १४ घाईते

स्याङ्जा– छहरीखोलाबाट सदरमुकाम पुतलीबजार आउँदै गरेको ग१ज ५०१७ नम्बरको जिपमा पुतलीबजार–८ सतौँ ठूला पँधेरामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पुतलीबजार –८ सतौँका ५८ वर्षीय...

छठ पर्वको समापन

जनकपुरधाम-आस्थाको महापर्व छठअन्तर्गत श्रद्धालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरे। मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई...